भर्खरै :

भनपाको टोलीले शाननान नपा प्रमुखसँग भेटवार्ता

भनपाको टोलीले शाननान नपा प्रमुखसँग भेटवार्ता

शाननान, तिब्बत, ११ असार । जनवादी गणतन्त्र चीनको सिचाङ स्वशासित क्षेत्र (तिब्बत) को शाननान नगरपालिकाका प्रमुख शान्झु सिरेनसँग भक्तपुर नगरपालिकाका जनप्रतिनिधिको टोलीले असार ११ गते (जून २५, २०२५) शाननान नगरस्थित एक कार्यालयमा भेटवार्ता ग¥यो । नेपाल र जनवादी गणतन्त्र चीनबिच दौत्य सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठको अवसरमा चीनको सिचाङ स्वशासित क्षेत्र र नेपालबिच भगिनी सम्बन्ध स्थापना भएका नगरपालिकाहरूको बैठकमा सहभागी हुने क्रममा वडाध्यक्ष रवीन्द्र ज्याख्व र प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईको टोलीले नगर प्रमुखसँग भेट गरेको थियो ।
भेटको क्रममा शान नान नगर प्रमुख शान्झु सिरेनले भगिनी नगर भक्तपुरका प्रतिनिधिहरूलाई आप्mनो नगरमा स्वागत गर्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले एउटा छिमेकीले सदैव अर्को छिमेकीको भलो चाहने स्पष्ट पार्दै दुई पालिकाबिचको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटन र व्यापारिक सम्बन्ध थप सुमधुर पार्न आपसी भ्रमणले योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले शाननान नगरपालिकाको परिचय दिँदै ल्हासाको दक्षिण पूर्वमा अवस्थित यस नगरको क्षेत्रफल ७९ हजार ३०० वर्ग किमि र जनसङ्ख्या ३ लाख ७५ हजार ३०० रहेको बताउनुभयो । तिब्बती संस्कृति र सभ्यताको उद्गमस्थल मानिने शाननान नगर एउटा जिल्ला र ११ वटा काउन्टीमा विभाजित गरिएको उहाँको भनाइ थियो ।
प्रमुख शान्झु सिरेनले तिब्बती नागरिकलाई १२ वर्षे शिक्षा र आधारभूत स्वास्थ्य उपचार सेवा सरकारले निःशुल्क प्रदान गरिरहेको चर्चा गर्दै नयाँ पुस्तालाई चिनियाँ क्रान्तिको इतिहास एवम् कम्युनिस्ट आदर्श र चरित्रबारे प्रशिक्षित गरिरहेको बताउनुभयो । युवा पुस्ता १८ वर्ष पुगेपछि चिनिया कम्युनिस्ट पार्टीको सदस्य बनी देश र समाजको सेवा गर्न लालायित हुने गरेको उहाँको भनाइ थियो ।
शाननानका उपमेयरको टोलीले केही समयअघि भक्तपुर नगरपालिकाको औपचारिक भ्रमण गरेको स्मरण गर्दै भक्तपुर नगरपालिकाका मेयरको नेतृत्वमा एउटा टोलीलाई यही सेप्टेम्बर, अक्टोबरमा हुने यार्लुङ सांस्कृतिक तथा पर्यटन महोत्सवमा सहभागी बन्न निमन्त्रणा ग¥यो ।
छलफलमा भक्तपुर नगरपालिकाका रवीन्द्र ज्याख्वले दुई देशबिचको भाइचारा सम्बन्ध इतिहासजतिकै पुरानो र सुमधुर रहेको उल्लेख गर्दै नेपालमा २०७२ को विनाशकारी भूकम्प र कोभिड १९ महामारीको समयमा चिनियाँ सरकार र शाननान नगरले दिएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो । उहाँले प्राकृतिक संरक्षणलाई विशेष प्राथमिकता दिएर चीन सरकारले गरेको आधुनिक विकास, हरियाली प्रवद्र्धन, राजमार्ग र सुरुङमार्गको विस्तार, सहरी विद्युतीकरण तथा शिक्षा र स्वास्थ्य क्षेत्रमा सरकारी लगानीबाट प्रभावित भएको बताउनुभयो ।
वडाध्यक्ष ज्याख्वले भक्तपुर नगरपालिकाले भक्तपुरवासी जनताको सेवाका लागि शिशु स्याहार केन्द्रदेखि कलेजहरू सञ्चालन र ख्वप अस्पतालमार्फत बिरामीको उपचार गरिरहेकोबारे जानकारी दिनुभयो । उहाँले भक्तपुर नगरपालिकाका मेयरको तर्फबाट शान नानका मेयरलाई भक्तपुर भ्रमणको लागि आमन्त्रण गर्नुभयो ।
भेटमा भक्तपुर नगरपालिकाको तर्फबाट काष्ठकला, हस्तकला र नगरपालिकाका प्रकाशनहरू उपहार दिइएको थियो भने शान नान नगरपालिकाको तर्फबाट पनि नक्सा अङ्कित कपडा र उपहार प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *