भर्खरै :

एसईईको नतिजा सार्वजनिक : ६१.८१ प्रतिशत ग्रेडेड

एसईईको नतिजा सार्वजनिक : ६१.८१ प्रतिशत ग्रेडेड

काठमाडौँ, १३ असार । माध्यमिक परीक्षा (एसइई)–२०८१ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले शुक्रबार साँझ नतिजा सार्वजनिक गरेको हो ।
नियमित परीक्षामा ४ लाख ३८ हजार ८ सय ९६ जना विद्यार्थीमध्ये ४८ हजार १ सय ७७ ले ३.६ देखि ४ जीपीए ल्याएका छन् । ३.२ देखि ३.६ जीपीए ल्याउने परीक्षार्थीको सङ्ख्या ८१ हजार ३ सय ८५ जना रहेको परीक्षा बोर्डले जनाएको छ ।
यस्तै, ८९ हजार १ सय २४ जनाले २.८ देखि ३.२ जीपीए ल्याएका छन् भने २.४ देखि २.८ जीपीए ल्याउने परीक्षार्थीको सङ्ख्या ४८ हजार ४ सय ७९ रहेको बोर्डका अध्यक्ष महाश्रम शर्माले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभएको हो ।
२ देखि २.४ जीपीए ४ हजार १ सय २६ जना परीक्षार्थीले ल्याएका छन् । त्यसैगरी ८ जनाले १.६ देखि २ जीपीए ल्याएका छन् । १ सय २६ परीक्षार्थीको परीक्षा रद्द गरिएको छ ।
एसइई नतिजामा ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका उहाँले बताउनुभयो ।
यो पोहोरभन्दा झन्डै १४ प्रतिशत बढी हो । पोहोर ४८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *