कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
भक्तपुर, १७ असार । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा ख्वप अस्पतालको प्रतिनिधिमण्डलले मङ्गलबार धुलिखेल अस्पतालको स्थलगत अवलोकन ग¥यो ।
भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व, ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्ल, स्त्री रोग विशेषज्ञ डा. युजिन श्रेष्ठ, एमडीजीपी डा. निर्जना बजिक्व, जिन्सी शाखा प्रमुख विनोद दनेखूसहितको टोलीलाई धुलिखेल अस्पतालका कार्यकारी निर्देशक डा. रामकण्ठ माकजुले अस्पतालमा स्वागत गर्नुभयो ।
अवलोकनपश्चात् भएको छलफलमा नगर प्रमुख प्रजापतिले ख्वप अस्पताल सञ्चालनको उद्देश्यमाथि प्रकाश पार्दै अस्पतालले दैनिक १ हजारभन्दा बढी बिरामीलाई उपचार सेवा प्रदान गर्दैै आएको बताउनुभयो ।
ख्वप विश्वविद्यालय सञ्चालन गरी मेडिकल कलेज खोल्ने उद्देश्यसहित भक्तपुर नपाले आवश्यक भौतिक पूर्वाधार निर्माणमा जोड दिँदै आएको बताउनुभयो ।
भक्तपुर नपाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखी काम गर्दै आइरहेको र अस्पतालको सेवा सुविधालाई अझ परिष्कृत गर्दै लाने तयारीमा रहेको उल्लेख गर्दै उहाँले यसै वर्षबाट अस्पतालले सीटी स्क्यान सेवा सञ्चालनको लागि आवश्यक प्रक्रिया पूरा गरिसकेको बताउनुभयो ।
धुलिखेल अस्पतालका कार्यकारी निर्देशक माकजुले अस्पतालमा उपलब्ध उपचार सेवा र स्वास्थ्य क्षेत्रमा धुलिखेल अस्पतालले निर्वाह गरिरहेको भूमिकाबारे जानकारी गराउँदै धुलिखेल अस्पतालले आवश्यकताको आधारमा सरकारी अस्पतालहरूसँग समन्वय र सहकार्य गर्दै विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको बताउनुभयो ।
उहाँले काठमाडौँ विश्वविद्यालयमार्फत अस्पतालले २२ हजारभन्दा धेरै जनशक्ति उत्पादन गरिसकेको बताउनुभयो ।
कार्यकारी निर्देशक माकजुले गरिब जनतालाई सुलभ रूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले अस्पतालको स्थापना भएको बताउँदै धुलिखेल र ख्वप अस्पतालबिच जनस्तरको सम्बन्ध स्थापना गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
छलफलपश्चात् नगर प्रमुख प्रजापतिले अस्पतालका विभिन्न सेवाहरूको अवलोकन गर्नुभयो । सोही क्रममा उहाँहरूबिच उपहार आदानप्रदान भयो ।
Leave a Reply