यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
जून ८ लाई ब्रेन ट्युमर दिवसको रूपमा मनाउने गरिन्छ । दिमागमा खराब प्रकारका कोषिकाहरू बढ्दै जानुलाई ब्रेन ट्युमर भनिन्छ । यो भर्खरै जन्मेको बच्चादेखि बुढाबुढीमा समेत हुनसक्छ । नेपालमा ब्रेन ट्युमरका बिरामीहरू बढ्दै गएको पाइन्छ । ब्रेन ट्युमरका अधिकांश केशहरू आकस्मिक रूपमा देखिँदैनन् । यसको सुरुवाती अवस्थामा नै उपचार हुन सके बिरामी पूर्ण रूपमा निको हुनसक्छ । ब्रेन ट्युमर दिवस, ब्रेन ट्युमरका उपचारको विधि,यसका लक्षणलगायतका विषयमा केन्द्रित भएर स्नायु, नसा तथा मेरुदण्ड रोग शल्यचिकित्सक प्राडा राजीव झासँग स्वास्थ्य खबरका लागि लक्ष्मी चौलागाईंले गरेको कुराकानी :
ब्रेन ट्युमर भन्नाले के बुझिन्छ ?
दिमागमा खराब प्रकारका कोषिकाहरू बढ्दै जानुलाई ब्रेन ट्युमर भनिन्छ । कतिपय ब्रेन ट्युमर क्यान्सर पनि हुनसक्छ । भर्खरै जन्मेको बच्चादेखि वृद्ध मानिसहरूमा पनि ब्रेन ट्युमर हुनसक्छ । हालसम्म पनि ब्रेन ट्युमर हुने धेरै कारण पत्ता लागिसकेको छैन ।
ब्रेन ट्युमरका धेरै कारण थाहा नभए पनि विभिन्न प्रकारका विकिरणहरू जस्तै एक्सरेको समयमा प्रयोग हुने विकिरण, सिटीस्क्यान, घाम तथा विभिन्न वातावरणीय कारण, गहिरो प्रकारको चोटलगायतका कारणले ब्रेन ट्युमर हुनसक्छ भन्ने पत्ता लागेको छ ।
ब्रेन ट्युमरको समस्या बढी कुन उमेरका मानिसहरूमा धेरै हुन्छ ?
सामान्यतया यो उमेर ढल्किदै जाँदा देखापर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरूमा यो समस्या बढी देखिन्छ । यद्यपि, यो बालबालिकामा ब्रेन ट्युमर नहुने भन्ने चाहिँ होइन ।
यसका उपचारका विधिहरू के के होलान् ?
ब्रेन ट्युमरलाई सामान्यतया चार चरणमा विभाजन गरिएको छ । यसको चरणअनुसारको उपचार विधि प्रयोग गरिन्छ । कतिपय अवस्थामा बिनाशल्यक्रिया ब्रेन ट्युमर गरिन्छ ।
यस्तो अवस्थामा बिरामीलाई निश्चित समयमा अस्पताल बोलाउने गरिन्छ । समय–समयमा सिटीस्क्यान, एमआरआई गरेर हेर्दा बढ्ने खालको ब्रेन ट्युमरलाई मात्रै शल्यक्रिया गरिन्छ ।
शल्यक्रिया ब्रेन ट्युमरको प्रमुख उपचार विधि हो । ब्रेन ट्युमर बढिरहेको अवस्थामा त्यसलाई सिटीस्क्यान तथा एमआरआईबाट पत्ता लगाई निकालेर फालिन्छ । यो पूर्ण उपचार पनि हो । त्यस्तै ब्रेन ट्युमरको तेस्रो र चौथो उपचार विधि किमोथेरापी र रेडियोथेरापी हुन् । पछिल्लो समय रेडियोसर्जरी पनि ब्रेन ट्युमरको उपचारमा विकसित भएको उपचार विधि हो ।
ब्रेन ट्युमरका लक्षणहरू के के हुनसक्छन् ?
ब्रेन ट्युमरका अधिकांश केशहरू आकस्मिक रूपमा देखिने होइनन् । यसका लक्षण धेरै समय अगाडि नै देखिने गर्छन् । ट्युमर दिमागको कुन भागमा देखिएको छ, सोहीअनुसार लक्षण देखिने गर्छन् । धेरैमा अत्यधिक टाउको दुख्ने, शरीरका कुनै भाग कमजोर हुने,कतिपयमा आँखा नदेख्ने,कान कम सुन्ने, दिसा पिसाब नियन्त्रण नहुने तथा जुनसुकै अङ्गले राम्रोसँग काम नगर्ने हुनसक्छ । तर, यी लक्षण गम्भीर रूपमा लिँइदैन । यसले गम्भीर अवस्थामा पु¥याउँछ ।
ब्रेन ट्युमर भएका मानिसहरूको दैनिक क्रियाकलापसमेत असामान्य प्रकारका हुन्छन् । कतिपय बिरामीहरू रोग पत्ता लाग्न नसक्दा लामो समयसम्म मनोचिकित्सकसँगको उपचारमा गएको पनि पाइन्छ ।
सहनै नसक्ने अवस्थामा मात्रै बिरामी अस्पताल आइपुग्छन् । सुरुवाती अवस्थामा लक्षणहरू बेवास्ता गर्ने गर्छन् । अन्तिम अवस्थामा मात्रै बिरामी अस्पताल आइपुग्ने गर्छन् ।
ब्रेन ट्युमरलाई रोकथाम गर्न सकिन्छ ?
ब्रेन ट्युमरलाई रोकथाम नै गर्नसक्ने अवस्था हुँदैन । यद्यपि अनावश्यक विकिरणबाट टाढा राख्ने, खानपानमा विशेष ध्यान दिने, दिमागमा लागेको चोटपटकको सही रूपमा उपचार गरेको खण्डमा यसबाट केही मात्रामा बच्न सकिन्छ ।
वीर अस्पतालमा स्थापना भएको राष्ट्रिय ब्रेन ट्युमर केन्द्र के हो, यसले के कस्ता सेवा दिन्छ ?
समयअनुसार न्युरोसर्जरीमा नेपालमा गर्नुपर्ने कामहरू सम्पन्न गर्नका लागि वीर अस्पतालमा राष्ट्रिय ब्रेन ट्युमर केन्द्रको स्थापना गरिएको हो । नेपालमा ब्रेन ट्युमरसम्बन्धी अनुसन्धानहरू भए नभएको, ब्रेन ट्युमरसम्बन्धी राष्ट्रिय तथ्याङ्क तथा उपलब्धि राख्नका लागि पनि यो केन्द्रको स्थापना गरिएको हो ।
उक्त केन्द्रको स्थापनासँगै देशभर रहेको २०– २५ वटा न्युरो उपचार केन्द्रले तथ्याङ्क उपलब्ध गराएको छ । उक्त केन्द्रबाट हामीले सर्जरीपश्चात् करिब १५ –१६ शय ब्रेन ट्युमरका बिरामीहरूको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी पाउन सकेका छौँ ।
यसले ब्रेन ट्युमर प्रभावितहरूको वास्तविक तथ्याङ्क पाइने र आगामी कार्ययोजनालाई दिशानिर्देश गर्न सहज हुन्छ ।
Leave a Reply