भर्खरै :

प्राकृतिक सम्पदामा बारुद पड्काएर ढुङ्गा फोड्ने सरकारी तयारी गलत

प्राकृतिक सम्पदामा बारुद पड्काएर ढुङ्गा फोड्ने सरकारी तयारी गलत

काठमाडौँ, २३ असार । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा देश र जनतासँग सम्बन्धित महत्वपूर्ण विषयमा बोल्नुभयो । उक्त बैठकमा सांसद सुवालले राख्नुभएको मन्तव्यको सार :
काठमाडौँ चोभार क्वयेनाको गल्छी न्हसिकाप प्राकृतिक सम्पदा हो । यो गल्छी काठमाडौँ उपत्यकाको पानीको निकास पनि हो । सरकारहरूले काठमाडौँ उपत्यकाको १८ वटा नदीनाला वाग्मती, विष्णुमती, मनोहरा, इच्छुमती, बल्खुलगायत साँघुरो हुने गरी कोरिडोर निर्माणसँगै निजी प्लटिङ गराई घर–भवन निर्माण गराएको अहिले गलत सावित हुँदै छ ।
बाग्मती, विष्णुमतीलगायत नदी बनारसको गङ्गा नदीजस्तै ठाउँठाउँमा निर्माण गरिएको खुड्किला र घाट चौडा छ ।
बाग्मती सभ्यता बचाउने भन्ने संस्थाहरूले नदीलाई साबिक आकारमा चौडा गर्नुपर्ने हो तर कोरिडोर निर्माण गरी बाग्मती, विष्णुमतीलगायत १८ वटा नदीनाला साँघुरो बनाइएको हुँदा उपत्यकाका पुराना बस्तीसमेत डुबानमा परे । बाँधको रूपमा रहेको चोभार न्हसिकापको ढुङ्गाले काठमाडौँ उपत्यकालाई ब

वाग्मती नदीको ५० वर्षअघिको तस्बिर

चाएको हो । यसर्थ, यो प्राकृतिक सम्पदामा बारुद पड्काएर ढुङ्गा फोड्ने सरकारी तयारी गलत हो । उपत्यकाका नदीहरूलाई साबिकबमोजिम चौडा र इनारजस्तो स्पर (ढुङ्गाको किल्ला) पुनःस्थापना गर्नु आवश्यक छ । चोभार गल्छी बिगारिए वातावरणीय सन्तुलन, जैविक विविधता र सांस्कृतिक सम्पदामा समेत क्षति पुग्ने र ठुलो वर्षामा काठमाडौँ उपत्यकाको माटो बग्ने सम्भावना हुन्छ । यसकारण, चोभार न्हसीकापको ढुङ्गा फोड्नु हुँदैन । यसतर्फ सरकार सचेत हुनु जरुरी छ ।

बिरामी उपचार सेवासँग सम्बन्धित विषय उपभोक्ता अदालतमा मुद्दा चल्ने गरिएको हुँदा मेडिकल डाक्टरहरू सडकमा आन्दोलनरत छन् । मेडिकल शिक्षालाई गुणस्तरीय बनाई डाक्टरलाई ढुक्क भएर बिरामीको सेवा गर्ने वातावरण बनाउनु जरुरी छ ।
केही समयअघि विपक्षीमा हुनुहुँदा प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायालयमा पार्टी कार्यकर्ता नियुक्ति गरिएको भनी आपत्ति जनाउनुभएको थियो । अहिले सर्वोच्च अदालतबाट संसदीय सुनवाइबिनाका संवैधानिक परिषद्बाट भएको नियुक्तिलाई सदर गरिनु पार्टी कार्यकर्ता न्यायालयमा नियुक्ति हुनुको परिणाम हो कि ?
सर्वसाधारण जनतालाई उच्च शिक्षा पढाउने भक्तपुर नगरपालिकाको ख्वप विश्वविद्यालय विधेयक अहिलेसम्म पारित भएको छैन । किसानलाई रोपाइँमा मल पनि छैन । प्रधानमन्त्री र मन्त्रीहरू करोडौँ युवालाई वैदेशिक रोजगारीमा पठाएर नेपालको कृषिमा समेत विदेशी लगानी मागिरहनु देशको हितमा छैन । कुवेतको जेलमा ५ महिलासहित ४८ युवा बन्दी अवस्थामा छन् । सरकारले ध्यान दिएको छैन ।
सरकारले कोकाकोला कम्पनीलाई अर्बौँ कर छुट दिने तयारी गर्दै छ । जनताको उपचार गर्ने अस्पतालले स्वास्थ्य बिमाको रकम नपाउने किन ? ठुल्ठुला शोषकहरूले कर छुट पाउने किन ? यो कर छुटमा क–कसले कमिसन पाउने हो, सार्वजनिक हुनु जरुरी छ ।
डेङ्गुले ६० हजार नेपाली बिरामी हुन सक्ने सम्भावना भएको सार्वजनिक भयो । यसलाई रोक्न सरकारले के कस्तो तयारी गर्दै छ ? यसबारे सरकारलाई संसदमा स्पष्ट गराउनु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *