भर्खरै :

कानुन अध्ययन समाजद्वारा चर्को उम्मेदवारी शुल्कको विरोध

कानुन अध्ययन समाजद्वारा चर्को उम्मेदवारी शुल्कको विरोध

भक्तपुर, २३ असार । कानुन अध्ययन समाज भक्तपुर जिल्ला समितिका अध्यक्ष अधिवक्ता राजु कैतीले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल बार एसोसियसनको भक्तपुर जिल्ला अदालत एकाइ कार्य समितिको निर्वाचनमा चर्को उम्मेदवारी शुल्कको विरोध गर्नुभएको छ ।
विज्ञप्तिमा भनिएको छ – कानुन व्यवसाय निःस्वार्थरूपमा गरिने सेवा व्यवसाय हो । कानुन व्यवसायीहरूलाई सामाजिक अभियन्ता पनि भनिन्छ । कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एसोसियसनको निर्वाचनमा चर्को उम्मेदवारी दर्ता शुल्क तोकिएकोमा सुरूदेखि नै कानुन अध्ययन समाज नेपालले विरोध एवं भत्र्सना गर्दै आएको सर्वविदित्तै छ ।
यसै सन्दर्भमा भक्तपुर जिल्ला अदालत बार एकाइ कार्य समितिको लागि २०८२ साल साउन १० गते हुने बार निर्वाचनमा एउटा पूरै प्यानलको उम्मेदवारी दिन रू. २,२०,०००।– शुल्क लाग्ने गरी तोकिएको चर्को उम्मेदवारी दर्ता शुल्कको यस समाज कडा विरोध एवं भत्र्सना गर्दछ ।
निर्वाचन समितिले तत्काल उक्त उम्मेदवारी दर्ता शुल्कलाई पुनः विचार गरी न्यूनतम उम्मेदवारी दर्ता शुल्क निर्धारण गर्न यस समाज जोडदार माग गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *