भर्खरै :

थोमस मोरको कल्पनालोक (युटोपिया) – ८

थोमस मोरको कल्पनालोक (युटोपिया) – ८

प्रकृतिले मानिसलाई अर्को मानिसको मद्दत गर्न प्रेरित गर्छ भने (प्रकृतिले यसो गर्नुको कारण छ । कुनै एक मानिस धेरै मानिसको अवस्थाभन्दा पृथक रहँदैन† प्रकृतिले पनि उसैको हेरचाह गर्छ जसले एउटै रूप र शैलीको जीवनलाई मन पराउँछ) प्रकृतिले नै आफ्नो सुविधाको लागि अरुलाई असजिलो नपार्ने आदेश दिएको छ । व्यक्ति व्यक्तिबिच बनेको सहमति र कानुनलाई विश्वासपूर्वक मान्नुपर्दछ तथा तानाशाहीरहित, बिनाछलकपट ध्यान राख्ने कानुनको पालना हुनुपर्छ भने युटोपियालीहरूको धारणा छ । यी कानुनहरूको उल्लङ्घन नभएसम्म आफ्नो सम्पत्तिको आफै हेरचाह गर्नु बुद्धिमानी हो । आफ्नो देशप्रति माया र स्नेह छ भने राज्यको लागि पनि यस्तै गर्नु कर्तव्य हो । तर, अरुको खुसी छिनेर आफूले खुसी प्राप्त गर्नु गलत हो । यसको विपरीत तपाईँले आफूसँग भएको केही कुरा अरुलाई दिनुहुन्छ भने त्यो मानवता र दया हो । यसबाट आफूलाई हुने फाइदा दिइएको फाइदाभन्दा धेरै बढी छ । यसबाट बदलामा हुने फाइदा, राम्रो काम गरेको भावना, जसलाई तपाईँले राम्रो काम गर्नुभयो तिनीहरूले तपाईँलाई दिएको धन्यवाद र स्नेहले तपाईँसँग भएको सम्पत्तिबाट पाउने खुसीभन्दा बढी खुसी दिनेछ । भगवान्ले पनि सानो खुसीको बदलामा ठुलो र चिरस्थायी खुसी प्रदान गर्नुहुनेछ ।
यसप्रकार तिनीहरू हाम्रा सबै काम, नैतिकताले अन्तमा हामीलाई खुसी दिन्छ भन्ने कुरामा विश्वास गर्छन् । मानिसले प्राकृतिकरूपमा मनोरञ्जन प्राप्त गर्ने शरीर र दिमागको हरेक अवस्थालाई तिनीहरू खुसी भन्छन् । आफ्नो भौतिक खुसीको साथै तिनीहरू स्वस्थ चाहना राख्छन् । कुनै नोक्सानी वा खराबी नगरिकन ठुलो खुसीलाई नरोकिकन, पीडादायी श्रमबाट टाढा रहेर प्राकृतिकरूपमा खुसीको चाहना तिनीहरू राख्छन् । प्रकृतिको विरुद्ध गएर खुसी प्राप्त गरे तापनि यस्तो खुसीले वास्तविक खुसी नदिने, यो ठुलो अवरोध भएको तिनीहरू सोच्छन् । खुसीसम्बन्धी झूटो धारणा एकपटक दिमागमा बसेपछि त्यहाँ सच्चा र प्राकृतिक खुसीको लागि कुनै ठाउँ रहँदैन । यस्ता धेरै कुरा छन्, जुन प्रकृतिवश नै सुखद छैन, पीडा र दुःखले भरिएको छ तथापि केही खुसी पाउन, जीवनको प्रमुख उद्देश्य बनाउन केही घृणित र बेइमान चाहना राख्छन् ।
यस्तै झूटो खुसी पाउने क्रममा तिनीहरू राम्रा लुगाहरू लगाएर आफूलाई राम्रो मान्छे ठान्छन् । आफूलाई त्यो लुगा सुहाउँछ कि त्यो लुगा भन्नेमा तिनीहरू ठगिन्छन् । लुगाको सही उपयोग गर्नु नै छ भने नरम धागोले लुगा खस्रो धागोको धुन्दा किन राम्रो मान्ने ? तथापि तिनीहरू एउटालाई अर्कोभन्दा राम्रो मान्छन्† लुगाबाट आफ्नो मूल्य बढ्ने सोच्छन् । खराब लुगा लगाउँदा नचाहेको सम्मान तिनीहरू आफ्नो राम्रो लुगाको लागि चाहन्छन् । यदि तिनीहरूले कुनै सम्मान पाएनन् भने तिनीहरू त्यसलाई अपमानको रूपमा लिन्छन् । व्यर्थ र नाफाबिनाको सम्मानमा गौरव अनुभव गर्नु के पालगपन होइन ? अर्को व्यक्तिको नाङ्गो टाउको वा निहुरिएको घुँडाबाट कसैले कसरी खुसी पाउनसक्छ ? के यसले तिनीहरूको समस्या सुल्झाउनेछ । झूटो खुसीको यो छविमा उन्मत्त हुँदै तिनीहरू घमण्ड गर्छन्, आपना पूर्वजहरू धनी भएकोमा । आफ्ना पूर्वजहरूले उनीहरूको लागि एक फुट जमीन नछोडे तापनि वा तिनीहरूले जथाभावी खर्च गरेर उडाए पनि तिनीहरू आफूलाई कुलीन सम्झन्छन् ।
तिनीहरू रत्न र मूल्यवान पत्थरहरूमा आफ्नो खुसी देख्छन् तथा आफ्नो समुदायमाझ कसैले धेरै मान्यता दिएको कुनै चीज पाउनुलाई आफ्नो भाग्य ठान्छन् । तर, कुनै पनि एउटा रत्नको मूल्य सबै देशमा, सबै समयमा एउटै हुँदैन । तिनीहरू ती रत्नहरू किन्दैनन्, बिक्रेताले त्यसलाई नक्कली नभई सक्कली रत्न हो नभनेसम्म तिनीहरू त्यो रत्न किन्दैनन् । सक्कली रत्नको सट्टामा नक्कली रत्नले आफ्नो आँखा नठगियोस् भनेर तिनीहरू यति धेरै सावधानी अपनाउँछन् । आफ्नो आँखाले असली छुट्याउन नसक्नेहरूले नक्कली रत्न राखेर किन खुसी नपाउने ? एक अन्धो व्यक्तिको लागि जस्तै तिनीहरूलाई पनि दुवै एउटै हुनेछ । आवश्यकभन्दा बढी सम्पत्ति राख्ने, त्यसलाई थुपार्नेमा आनन्द अनुभव गर्ने तर प्रयोग नगर्नेहरूलाई म के भनाँै ? के तिनीहरू साँचो खुसी पाउँछन् वा तिनीहरू झूटो खुसीबाट ठगिन्छन् ? तिनीहरू सुन लुकाउँछन्, त्यसको हेरचाह गर्छन् र हराउँछन् । यसबाहेक तिनीहरू सुनलाई जमीनमा लुकाउँछन्, आफ्नो र अरुको प्रयोगमा आउन नसक्ने गरी एकपटक सम्पत्ति लुकाएपछि तिनीहरू खुसी हुन्छन् । त्यो सम्पत्ति संयोगवश चोरियो तथा सो चोरीप्रति अनभिज्ञ रही १० वर्षपछि कसैको मृत्यु भए त्यो १० वर्षको समयअवधिमा तपाईँको सम्पत्ति चोरी भयो वा सुरक्षित रह्यो भन्ने कुराको के अर्थ हुन्छ । दुवै तर्फबाट फाइदा छ ।
यस्तै झूटा खुसी पाउन मानिसहरू जुवा खेल्छन्, शिकार खेल्छन् । जुवाको गोटी चाल्नमा के खुसी ? कुकुरहरूको भुकाइमा के खुसी ? कुकुरले खरायो पीछा गर्दा वा कुकुरको पीछा गरेको दृश्यत्राट के खुसी पाउन सकिन्छ ? दुवैमा एउटा कुरा समान छ, त्यो हो भाग्नु, यदि तपाईँलाई टुक्रा टुक्रा पार्नुमा तपाईँलाई आनन्द आउँछ भने कुकुरद्वारा निर्दोष खरायोको हत्या, बलियोद्वारा निर्धाेको, हिंस्रकबाट त्रसितको, क्रूर र निर्दयीबाट निर्दोषको हत्यामा तपाईँलाई दया लाग्नुपर्ने हो ।
तसर्थ, युटोपियालीहरू सिकार स्वतन्त्र व्यक्तिको लागि उचित नभएको सोच्छन् तथा यो काम आफ्ना कमाइ र बँधुवा मजदुरहरूलाई सुम्पेका हुन् । जनावर मार्ने काममध्ये सिकार सबभन्दा नीच ठानिन्छ । जनावरलाई मार्नु नाफादायी र इमानदार छ । यसले सुविधा उपलब्ध गराउँछ । त्यसबाहेक आवश्यकता परेको बेलामात्र जनावरहरू मारिन्छन् तर सिकारीहरूले आफ्नो आनन्दको लागि निर्दोष र स–साना जनावरहरूको हत्या गर्छन् । जनावरहरूलाई मार्ने काममा आनन्द अनुभव गर्नेहरू लामो समयदेखि आफ्नो क्रूर व्यवहारको कारण क्रुरताका आनन्द अनुभव गर्छन् ।
यस्ता र यस्ता अन्य धेरै क्रियाकलाप, सामान्य मानिसले आनन्द अनुभव गर्ने क्रियाकलापमा युटोपियालीहरू प्राकृतिक खुसी भेटाउँदैनन् तथा सही खुसी नभएको बताउँछन् । मनोरञ्जनको साधन भए तापनि यसबाट तिनीहरूको विचारमा परिवर्तन आउँदैन । कुनै पनि चिजको प्रकृति नभई तिनीहरूको हठ र परम्पराले गुलियो चीजको सट्टा नमिठो वा तीतोले स्वीकार्न लगाउँछन्, गर्भवती महिलालाइ महभन्दा अमिलो बढी मिठो लागेजस्तै । कुनै पनि चीजको प्रकृतिलाई परिवर्तन गर्न नसकिए जस्तै खुसीले प्रवृत्तिलाई पनि कसैको निर्णयले बदल्न सक्दैन ।
तिनीहरू विभिन्न प्रकारको वास्तविक खुसी मनाउँछन् । केही शारीरिक र केही मानसिक आत्मिक सुखको लागि तिनीहरू सत्यबाट आफ्नो ज्ञान र मनोरञ्जनको लागि छान्छन्† विगतको राम्रो जीवनको सम्झना गर्छन् । शारीरिक खुसीलाई उनीहरू दुई भागमा बाँड्छन् । पहिलो, जब आनन्द वा खुसीलाई अनुभव गरिन्छ, जुन आफूलाई स्वच्छ र नवीकरण गरेर प्राप्त हुन्छ । जस्तैः– मीठो खानेकुरा खाएर तथा कहिलेकाहीँ बढी भएको चीज प्राकृतिक रूपमा फालेर तथा शारीरिक सम्बन्ध बनाएर । कहिलेकाहीँ खुसी चाहेको कुराबाट, पीडा हटेबाट वा चेतनाबाट नभई सङ्गीतबाट पनि प्राप्त हुन्छ । दोस्रो भागमा शरीर राम्रो अवस्थामा रहनु हो । हरेक मानिसको दुःखबिनाको राम्रो स्वास्थ्य पनि खुसी छ । कुनै पनि दुःख नहुनु पनि आफैमा एउटा खुसी हो तर पनि धेरैजसो खानु र पिउनुलाई नै प्रमुख खुसी मान्छन् । सबै युटोपियालीहरू राम्रो स्वास्थ्यलाई सही र सार्वभौम खुसी ठान्छन्, सबै खुसीहरूको आधार, यही एउटा खुसीले जीवनलाई मनोरञ्जक र आनन्ददायी बनाउन सक्ने अनुभव गर्छन् तथा एक पटक यो खोसिएपछि अर्को कुनै खुसीको लागि ठाउँ हुनेछैन । शरीर स्वस्थ नभए दुःख नहुनु पनि खुसी नभएको तिनीहरू मान्छन् ।
स्थिर र शान्त स्वास्थ्य खुसी नभएको भन्ने आफ्नो पुरानो धारणालाई युटोपियालीहरूले लामो समय अगाडिदेखि नै अस्वीकार गरेका छन् । अहिले तिनीहरू स्वास्थ्यलाई सार्वभौम खुसी ठान्छन् । बिरामी र दुःख खुसीको शत्रु हो भने स्थिर स्वास्थ्य किन खुसी होइन ? बिरामी पीडा हो वा बिरामीमा पीडा छ भन्नुमा कुनै फरक नभएको तिनीहरू सोच्छन् । स्वास्थ्य आफैमा खुसी भए वा स्वास्थ्य खुसीले एउटा आवश्यक कारण भए, दुवै अवस्थामा एउटा कुरा सही छ । पूर्ण स्वास्थ्यबिना खुसी हुन सकिँदैन । जब हामी खाना खान्छौँ, तब हाम्रो बिग्रिएको स्वास्थ्यले खानाको मद्दत पाएर भोकसँग लड्छ । त्यो लडाइँमा स्वास्थ्यले विस्तारै विजय पाउँछ । यही स्वास्थ्यको कारण हामी खुसी हुन्छौँ र स्वच्छ अनुभव गर्दछौँ । भोकसँग भिडन्त जारी रहँदा स्वास्थ्य रमाइलो छ भने यसले पूर्णतः विजय पाउनु के धेरै खुसीको कुरा होइन ? स्वास्थ्यले आफ्नो पुरानो शक्ति प्राप्त गर्नु के आश्चर्य होइन ? के यसले आफ्नो सम्पत्ति र असलपनालाई अँगाल्दैन । स्वास्थ्यलाई अनुभव गर्न सकिँदैन भन्ने भनाइलाई तिनीहरू झूट ठान्छन् । के त्यस्तो कुनै मानिस छ जसले स्वास्थ्यलाई स्वीकार गर्दैन ?
खुसीबाहेक मनोरञ्जन भनेको अर्को के चीज हो ? तिनीहरू मानसिक खुसीलाई मान्छन्, त्यही खुसी सबभन्दा प्रमुख भएको तिनीहरूको विचार छ । शारीरिक र मानसिक दुवै खुसी सदाचार र राम्रो जीवनको चेतनाबाट आउने तिनीहरूको विचार छ । शारीरिक खुसीमध्ये तिनीहरू स्वास्थ्यलाई धेरै महत्व दिन्छन् । खानु, पिउनु र यस्तै अरु खुसीलाई पनि तिनीहरू रुचाउँछन् तर स्वास्थ्यलाई धेरै महत्व दिन्छन् । आफ्नो लागि रुचिकर नभए तापनि रोगहरूलाई रोक्ने चीजहरू तिनीहरू रुचाउँछन् । तसर्थ, बुद्धिमान मानिसले औषधि खानुभन्दा रोगलाई पन्छाउने तथा आरामको चाहना राख्नभन्दा पीडाहरूलाई धपाउने काम गरेजस्तै तिनीहरू पीडाबाट छुट्कारा पाउनुभन्दा त्यस्तो खुसी नचाहनु नै बढी राम्रो हुने सोच्छन् । कसैले भोक, तिर्खा, खाने, पिउने आदिले भरिएको जीवन बिताएको छ भने उसले सुखको लागि रोजेका खुसीबाट खुसी हुनुपर्दछ । त्यस्तो जीवन बेइमान र दुःखद भएको कुरा कसले बुझेको छैन ? यो सबैभन्दा आधारभूत खुसी हो ।
क्षण खानमा आउने खुसी भोकसँग जोडिएर आएजस्तै यो पनि पीडाहरूलाई सँगै लिएर आउँछ । यी दुईमध्ये दुःख बढी तीक्ष्ण र लामो समयसम्मको हुन्छ, यो खुसीभन्दा पहिले सुरु हुन्छ र खुसी नमरेसम्म अन्त्य हुँदैन ।
यस्ता खुसीहरू धेरै नभए पनि आवश्यक भएको तिनीहरूको विचार छ । तिनीहरू त्यसप्रति खुसी छन् तथा प्रकृतिप्रति कृतज्ञ छन् । प्रकृतिले आफ्नो बालबच्चाहरूलाई आवश्यक भएमात्र कुनै पनि चीजको प्रयोग गर्न प्रेरित गरेको छ । कहिलेकाहीं लाग्ने रोगलाई निको पार्न तीतो औषधि खानु परेजस्तै दिनहुँको भोक र प्यासको पीडा हटाउन औषधि खानुपरे हाम्रो जीवन कस्तो त्रासदीपूर्ण हुन्थ्यो । तर, प्रकृतिले सुन्दरता, शक्ति, छरितोपनालाई उपहारस्वरूप दिएको छ । कान, आँखा र नाकबाट दिन सकिने सुख (यो गुण प्रकृतिले मानिसलाई मात्रै दिएको छ, अन्य कुनै पनि जनावर विश्वको सुन्दरता, निष्छलताबाट स्वाद र सङ्गीतबाट प्रभावित हुनसक्दैनन्) लाई तिनीहरू जीवनलाई सुखी पार्ने खुसीको रूपमा लिन्छन् । तर, तिनीहरू एउटा सावधानी अपनाउँछन्, सानो सुखको ठुलो सुखलाई नरोकोस्† सुख–दुःखको कारण नबनोस्† सुख बेइमानीपूर्ण भए आवश्यकताअनुसारमात्र लिनुपर्दछ । तर, सुन्दरतालाई घृणा गर्नु, शारीरिक शक्ति खेर पठाउनु, छरितोपनालाई अल्छीपनामा परिणत गर्नु, व्रत बसेर शरीरलाई कमजोर पार्नु, स्वास्थ्यलाई नोक्सान पु¥याउनु, प्रकृतिको उपहारलाई अस्वीकार गर्नु (साझा हितको लागि वा अरुको सम्पत्ति प्राप्त गर्न ती सामग्रीहरूलाई उपेक्षा नगरेसम्म वा मोक्ष प्राप्तिको लागि बाहेक) सदाचारको निम्ति आफैलाई सजाय दिन यस्तो काम गर्नु पागलपन हो । आफूप्रति क्रूर प्रकृतिप्रति निर्दयी हुनुको सङ्केत हो भन्ने तिनीहरू सोच्छन् । प्रकृतिको फाइदालाई अस्वीकार गर्नु प्रकृतिलाई खतरामा पार्नु हो ।
यही तिनीहरूको सदाचार र सुखप्रतिको विचार हो तथा भगवान्ले कसैलाई प्रेरित नगरेसम्म कुनै पनि मानिस योभन्दा सच्चा हुनसक्दैन । तिनीहरू विश्वास गर्छन् वा गर्दैनन् भन्ने विषयमा छलफल गर्नु आवश्यक छैन । हामीले तिनीहरूको नियम कानुनलाई बताउने जिम्मा लिएका छौँ, तिनीहरूको वकालत गर्ने होइन । यी कानुनहरू जस्तोसुकै भए तापनि विश्वमा तिनीहरूभन्दा राम्रा जनता र समृद्ध राज्य कहीँ छैन भन्ने कुरामा म विश्वस्त छु । तिनीहरूको शरीर जस्तोसुकै देखिए तापनि तिनीहरूको जीउ हलुका छ, तिनीहरू छरिता र शक्तिशाली छन् । तिनीहरूको माटो धेरै उर्वर नभए तापनि, तिनीहरूको हावा राम्रो नभए तापनि तिनीहरू त्यसलाई राम्ररी उपयोग गर्छन्† आफ्नो जमिनमा होशियारीपूर्वक खेती गर्छन् । त्यहाँभन्दा बढी अन्न उत्पादन हुने, गाईवस्तु धेरै हुने, रोगरहित लामो जीवन भएको देश अन्यत्र कहीँ छैन । तसर्थ, त्यहाँ कुनै पनि मानिसले ती कुरा सजिलै उपलब्ध भएको देख्नसक्छन्, जुन पाउन अन्य देशमा किसानहरूले जमीनको बाँझोपन हटाउन धेरै काम गर्नुपर्छ । मानिसले आफ्नो हातबाट रुखहरू एक ठाउँबाट अर्को ठाउँमा सारेर जङ्गल बनाएको देख्न सक्छन् । त्यहाँ तिनीहरू धेरै ढुवानी नभए सुविधाजनक ढुवानीमा जोड दिन्छन्† काठहरूको ढुवानी समुद्र, नदी वा सहरबाट सजिलो हुन्छ किनभने काठ र अन्न जमीनबाट ढुवानी गर्न सजिलो हुन्छ । जनता शालीन, सुखी, छरिता र चलाख छन्, शान्त छन् तथा आवश्यक परेको बेला शारीरिक श्रम गर्न सक्षम छन् । तैपनि, तिनीहरू शारीरिक श्रमप्रति धेरै इच्छुक छैनन् तर बौद्धिक अभ्यासबाट तिनीहरू थाक्दैनन् ।
जब मैले ग्रीसेली साहित्य वा शिक्षाको बारेमा बोल्छु तिनीहरू ध्यान दिएर सुन्छन् । तिनीहरूले त्यसबाट केही फाइदा पाऊन् भन्ने म चाहन्छु । तर, जब मैले बोल्न सुरु गरँे तिनीहरूको ध्यानाकर्षण देखेर मलाई मेरो श्रम व्यर्थ गएको जस्तो लागेन । तिनीहरूले चाँडै ती कुरा सिके, शब्दहरू उच्चारण गरे । सिक्नेहरूमध्ये धेरैजसो वयस्क थिए तथा आफ्नो इच्छाका साथै परिषद्को आदेशबाट ग्रीसेली भाषा सिक्न आएका थिए । तसर्थ, ३ वर्षको अवधिमा नै तिनीहरूले ग्रीसेली भाषा बोल्न सिके । बिनाकुनै सङ्कोच तिनीहरूले राम्रा लेखकहरूको पुस्तक पढ्न सिके । तिनीहरूले ग्रीसेली भाषा चाँडै सिक्नुको कारण सोप्रतिको घनिष्ठता हो । युटोपियाले आफ्नो शुरुआत ग्रीसेलीहरूबाट गरेको मेरो विचार छ किनभने तिनीहरूको भाषा पर्सियाली भाषासँग समान भए तापनि आफ्नो सहर र म्याजिस्ट्रेटहरूको नाममा ग्रीसेली भाषाका सङ्केतहरू प्रयोग भएका छन् ।
जब म मेरो चौथो भ्रमणमा जान तयारी गरिरहेको थिएँ, मैले जहाजमा विभिन्न सामानको सट्टा पढ्नलायक पुस्तकहरू राखेको थिएँ । तिनीहरूसँग मसँग जस्तै प्लेटो र अरस्तु, थियोफ्रास्टस (Theophrastus) का पुस्तकहरू छन् । एक पटक जहाजमा छँदा एउटा बाँदरले खेल्दाखेल्दै पुस्तकका केहीं पानाहरू च्यातिदियो । तिनीहरूमा व्याकरणको नियम थियो । तिनीहरूसँग लास्कारिस (Lascaris) थियो, मसँग थियोडोरस (Theodourus) थिएन तर हिसिचियस (Hisychius) र डीयोस्कोरिड्स (Dioscorides) थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *