भर्खरै :

भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा प्रवचन कार्यक्रम

भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा प्रवचन कार्यक्रम

भक्तपुर, ३० असार । नेपाल मजदुर किसान पार्टी काठमाडौँ – रामेछाप सम्पर्क समितिको आयोजनामा २०२५ साल साउन २ र २०२६ साल असार १९ को ऐतिहासिक भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिका उपाध्यक्ष न्हुछेभक्त फोजूले भूमिसुधार ऐन २०२१ कार्यान्वयनको लागि नेपाल मजदुर किसान पार्टीका अग्रजहरूको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
भ्रष्टाचारविरुद्ध भएका ऐतिहासिक आन्दोलनले सुशासन, पारदर्शिता र जवाफदेहिताको पक्षमा महत्वपूर्ण सन्देश दिएको र भ्रष्टाचार नियन्त्रणका लागि कानुनी व्यवस्था मात्र पर्याप्त नहुने, नागरिक सचेतना, नैतिक नेतृत्व र संस्थागत सुधार पनि उत्तिकै आवश्यक रहेको उहाँले बताउनुभयो ।
उहाँले भ्रष्टाचारमुक्त समाज निर्माणका लागि सबै पक्षको साझा प्रतिबद्धता आवश्यक रहेको धारणा राख्नुभयो । कार्यक्रममा सहभागीहरूले ऐतिहासिक आन्दोलनमा अग्रजहरूले पु¥याएको योगदानको स्मरण गर्दै कार्यक्रमले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल मजदुर किसान पार्टी काठमाडौँ रामेछाप सम्पर्क समितिका संयोजक धनबहादुर श्रेष्ठको सभापतित्वमा उक्त कार्यक्रम भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *