२५० वर्षमा अमेरिका विवादित विगतबाट फासीवादी भविष्यतर्फ ? – २
- असार ३०, २०८३
जिल्ला प्रशासन कार्यालय सुनसरी :
२०८२।०५।२३ गते अन्दाजी १०ः४० बजे जुलुसमा सहभागीहरूको अनुमानित सङ्ख्या ४०००÷४५०० सय रहेको देखिन्छ । प्रदर्शनमा घुसपैठ गरेका केही व्यक्तिले उत्तेजित शैलीमा सरकारविरोधी नारा लगाउन थाले । प्रदर्शनकारीहरूले सुरक्षाकर्मीमाथि ढुङ्गामुढा, पेट्रोल भरेको बोतल, गुलेलीलगायतले प्रहार गरे । केही प्रदर्शनकारीले उपमहानगरपालिका कार्यालयभित्र छिरेर तोडफोड गरी क्षति पु¥याए । विरोध प्रदर्शनको सम्बन्धमा जेनजी पुस्ताका प्रतिनिधिहरूलाई घुसपैठ हुनसक्ने भएकोले तोडफोड तथा आगजनी नगरी सचेत रहन अनुरोध गरिएको थियो ।
अन्दाजी ५,००० को सङ्ख्यामा रहेका प्रदर्शनकारीको समूहले हातहातमा ढुङ्गा, ग्याटिस, फलामे रड, घरेलु हातहतियार, पेट्रोल भरिएको बोतल बोकेर इलाका प्रहरी कार्यालय इटहरीमाथि आक्रमण गरेको थियो । हिरासत कक्षमा समेत ढुङ्गामुढा, तोडफोड तथा आगजनीको प्रयास भएको थियो । नेपाली सेनाको टोली भदौ २३ गते राति नै फर्केर भोलिपल्ट अर्थात् भदौ २४ गते राति १०ः०० बजेपश्चात् मात्र खटिएको थियो ।
जेनजी नेतृत्वकर्ताले जुलुसमा सहभागीहरूको भिडलाई आफ्नो नियन्त्रणमा राख्न सकेनन् । जेनजी आन्दोलनलाई अझ उत्तेजित हुन सघाउने विभिन्न भ्रामक र तथ्यहीन फोटो तथा भिडियोहरू (जस्तैः संसद् भवन नयाँ बानेश्वरभित्र मानिसहरूको लास रहेको आदि) विभिन्न सामाजिक सञ्जालमा व्यापक पोस्ट तथा शेयर गरी सर्वसाधारणहरूलाई दिग्भ्रमित बनाउने प्रवृत्ति देखिएको थियो । जुलुसमा घुसपैठ गरेका व्यक्तिहरूले दिएको उत्तेजित अभिव्यक्तिको कारण जुलुसमा सहभागी अन्य व्यक्ति पनि उत्तेजित बन्दै गएको देखिन्छ । तोडफोड, लुटपाट र आगजनीमा रास्वपा, नेकपा माओवादी केन्द्रलगायतका प्रमुख राजनैतिक दलहरूमा आबद्ध व्यक्तिहरू, विभिन्न हिन्दू धार्मिक अतिवादी सोच रहेका व्यक्ति तथा दुर्गा प्रसाईलगायतका स्वार्थ समूहहरूको संलग्नता रहेको देखिन्छ ।
सुरक्षा निकायहरूको परिचालन र समन्वय :
२०८२।०५।२३ गते १० बजेदेखि सुरक्षाकर्मी परिचालन गरिएको थियो । अन्दाजी १५ः२० बजेको समयमा भिडले इटहरी उपमहानगरपालिकाको कार्यालयमा आगजनी, तोडफोड गर्नुका साथै कार्यालयका सामग्री लुटपाट, चोरी तथा अति आवश्यक सवारी साधन दमकलसमेतमा तोडफोड गरे । अन्दाजी १६ः५० बजेको समयमा इलाका प्रहरी कार्यालय इटहरीमा ढुङ्गामुढा, तोडफोड, गुलेली प्रहारजस्ता अराजक गतिविधि हुन थालेपछि सुरक्षाकर्मीहरूले न्यूनतम बल प्रयोगको सिद्धान्तबमोजिम टियर ग्याँस प्रहार, ब्लाङ्क राउन्ड हवाई फायर र लात् राउन्ड हवाई फायर गरेका थिए । मुठभेडमा केही प्रदर्शनकारी घाइते हुनुका साथै उपचारको क्रममा दुई जनाको मृत्यु भएको हो ।
२०८२।०५।२४ गते बिहानैदेखि मानवीय क्षति हुन नदिन भरमग्दुर प्रयास गरिएको थियो । आन्दोलनरत विद्यार्थी तथा जेनजी पुस्तालाई कार्यक्रम स्थलको मुख्य बिन्दुबाटै स्कर्टिङ गरी सुरक्षा प्रदान गरिएको थियो ।
Leave a Reply