भर्खरै :

सही राजनीति गर्नु आवश्यक

सही राजनीति गर्नु आवश्यक

राजनीति देश र जनताको सेवा गर्न हो । हरेक राजनीतिक दल देश र जनताको सेवा गर्न नै खोलिएको हुन्छ । राजनीतिक दलका नेताहरू देश र जनताप्रति समर्पित हुन्छन् । देश र जनताको सेवा छोडेर राजनीति गर्ने दलका नेता तथा कार्यकर्ताहरूको राजनीति सच्चा राजनीति हुनेछैन । सही राजनीति नगर्ने दलका नेता र कार्यकर्ताहरू देश र जनताप्रति जवाफदेही हुँदैनन् । सत्तासीन दलका नेता तथा कार्यकर्ताहरू राजनीतिलाई कमाउने माध्यम ठान्छन्; पदको निम्ति राजनीति गर्ने आधार मान्छन् । सिद्धान्त र विचार बन्धक राखेर पद र पैसाको निम्ति राजनीति गरेपछि त्यहाँ सच्चा राजनीति कसरी हुन्छ ? शासकहरूले सच्चा राजनीति नगरेकै कारण देशमा बेथिति बढेको हो; भ्रष्टाचार र अनियमितता बढेको हो† राजनीतिलाई कमाइ खाने भाँडो बनाएको कारण जनतामा राजनीतिप्रति वितृष्णा बढेको हो ।
सत्तासीन दलका नेता, मन्त्री र सांसदहरू कमाउनकै निम्ति राजनीति गर्न हौसिए । भ्रष्टाचार, अनियमितता, घुस प्रकरणमा परेका सार्वजनिक घटनालाई फर्केर हेर्दा सत्तासीन दलका नेता, मन्त्री, सांसद र जनप्रतिनिधिहरू नै बढी छन् । सङ्घीय मामिलामन्त्री राजकुमार गुप्ताको ७८ लाख घुस ‘डिल’ प्रकरण यसको पछिल्लो उदाहरण हो । विपक्षी दल, नागरिक समाजले मात्र होइन सत्तारुढ एमाले र नेकाका नेता र सांसदहरूले पनि मन्त्री गुप्तालाई कारबाही र छानबिनको माग गरेका छन् । घुस ‘डिल’ को अडियो सार्वजनिक भएको चार दिन बिते पनि प्रधानमन्त्री केपी ओली मौन रहेको र त्यसबारे सरकारको धारणा सार्वजनिक नभएकोमा जनता पनि असन्तुष्ट छन् । स्मरणीय छ, कास्की मालपोतका तत्कालीन प्रमुखलाई सरुवा थमौती र भूमि समस्या समाधान आयोगको जिल्ला अध्यक्ष नियुक्ति गरिदिन भन्दै मन्त्री गुप्ताले बिचौलियासँग ७८ लाख घूस ‘डिल’ गरेको अडियो सार्वजनिक भएको थियो । २०७९ पुस २९ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ७० जिल्लामा आयोगका अध्यक्ष नियुक्त गरेका थिए । असार ३१ गतेको ‘कान्तिपुर’ दैनिकमा छापियो, ‘मन्त्रीलाई टुलुटुलु हेरिरहेको पोखराको १३४ रोपनी ।’ सोही दिनको नयाँ पत्रिकामा छापियो, ‘प्रधानमन्त्री ओलीको ‘रहस्यमय’ मौनता ।’ सडक र सदनमा चर्चाको विषय बनिसकेपछि पनि सरकारको स्पष्ट धारणा नआएको हुँदा सांसदहरूले प्रश्न गर्न थालेका छन् – सत्ता संरचना के भ्रष्टाचार र मानव तस्करीमा संलग्नहरूलाई उन्मुक्ति दिने रक्षाकवच हो वा सुनियोजित षड्यन्त्र ? के दुईतिहाइको बलमा मन्त्रीहरूलाई कानुनभन्दा माथि राख्न मिल्छ ? राज्यको स्रोत र साधन दोहन गर्न पाइरहेका सीमित दलाल पुँजीपति र बिचौलियाबाहेक तपाईँसँग को खुसी छ ?
भ्रष्ट, स्वार्थी, अवसरवादी शासकहरूको कारण राजनीति दुर्गन्धित भएको हो† राजनीति फोहरको खेलजस्तै हुन गएको हो । राजनीति सही भएमा या शुद्ध राजनीति गरेमा देश विकास गर्न गा¥हो छैन । हरेक राजनीतिक दलका नेताहरू इमानदार र दूरदर्शी भएका भए राजनीतिप्रति जनताको आस्था र विश्वास बढ्छ । जनता राजनीतिमा लाग्छन् । तर, सरकारमा पुगेका नेता र मन्त्रीहरू छलको राजनीतिमा लागे । देश र जनताको सेवा गर्न खोलेका दलका नेता कार्यकर्तालाई भाँड्ने, फोड्ने, लोभलालच देखाएर खुट्टा तान्ने, फसाउने दलका नेताहरूको राजनीति कसरी शुद्ध र सही हुन्छ ? देशका सबै कम्युनिस्ट भनिने दलका नेता तथा कार्यकर्ताले समाजमा आमूल परिवर्तनको निम्ति जनतालाई कम्युनिस्टको सिद्धान्त र विचार बुझाएर सचेत र सङ्गठित गर्नुपर्ने हो । कम्युनिस्टको सिद्धान्त र विचार प्रचार नगरिकन जनता कसरी सचेत हुन्छन् ? कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरूले सामन्तवाद, पुँजीवाद र समाजवादको भेदबारे जनतालाई बुझाउनुपर्छ । सत्तामा रहेका र गइसकेका कुन कम्युनिस्ट पार्टीले कम्युनिस्टको सिद्धान्त र विचार प्रचार गरेर समाजवादी अभियान चलाइरहेको छ ? कम्युनिस्ट पार्टीको काम संसद्मा गर्जने मात्र होइन† व्यापक जनतालाई परिवर्तनको निम्ति तयार गर्नुपर्ने हो । नेपाल मजदुर किसान पार्टीले झैँ अरु दलले सिद्धान्त र विचारको राजनीति गरेका भए, कम्युनिस्टको सिद्धान्त र विचार जनताको घर आँगनमा पु¥याएका भए; इमानदारी र निःस्वार्थपूर्वक जनताको सेवा गर्न प्रशिक्षित गरेका भए देशमा सुशासन हुन्थ्यो; विधिको शासन हुन्थ्यो; भ्रष्टाचार र अनियमितता नियन्त्रण हुन्थ्यो; पद र पैसाको निम्ति तँछाडमछाड हुँदैनथ्यो; पदको दुरूपयोग गरेर अकुत सम्पत्ति कमाउँदैनथ्यो† आदर्श समाज बन्थ्यो र आमूल परिवर्तनको निम्ति वातावरण बन्दै जान्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *