नाजुक युद्धविरामबिच अनिश्चित शान्ति प्रयास
- बैशाख ४, २०८३
भक्तपुर, ३ साउन । नेमकिपा, चानपा–४ को आयोजनामा २०२५ साउन २ र २०२६ असार १९ को भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा समसामयिक विषयमा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका सचिव प्रेम सुवालले भन्नुभयो, “नेपाल मजदुर किसान पार्टीका अग्रजहरूले २०१९ सालदेखि नै भ्रष्टाचारविरोधी आन्दोलनलाई अघि बढाउनुभएको हो । बहुदलीय व्यवस्थाको पुनःस्थापना र गणतन्त्र स्थापनाको ३५ वर्षको अवधिमा भ्रष्टाचार बढ्दो छ । वाइडबडी जहाज खरिद, ललिता निवासको सरकारी जग्गा बिक्री, टेरामक्स उपकरण खरिद, बाँसबारीको सहकारी जग्गा व्यक्तिले कब्जा, बाल मन्दिरको सरकारी जग्गा व्यक्तिले कब्जा, भारतीय कम्पनी पतञ्जलीको नाममा जग्गा खरिद बिक्री, भिजिट भिसाको नाममा वैदेशिक रोजगारी, कर्मचारी सरूवा, भूमि आयोगमा नियुक्तिलगायत काण्ड भ्रष्टाचारका केही उदाहरण हुन् ।”
भ्रष्टाचारका यी काण्डहरूमा सरकारमा गएका पार्टी र तिनका नेताहरू नै जिम्मेवार भएको स्पष्ट गर्दै सचिव सुवालले भन्नुभयो, “आर्थिक र वैदेशिक मामिला फरक नभएका सरकारमा गएका दलहरूको नाम फरक भए पनि काम एउटै हुन् । नेपाली जनताले सरकारमा गएका पार्टीहरूलाई नयाँ र पुरानो पार्टी भनी भिन्न ठान्नु हुँदैन । यी सरकारी दलहरू गाँसेगुसे एकैनासे हुन् ।”
उहाँले भन्नुभयो, “भक्तपुर नगरपालिकाले ख्वप कलेज र इन्जिनियरिङ कलेजहरू सञ्चालन गरी देशभरिका जनताको सेवा गर्दै आएको छ । भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालयअन्तर्गत मेडिकल कलेज र शिक्षण अस्पताल सञ्चालन गर्न नेपाल ट्रस्टको जिम्मामा रहेको जग्गा भक्तपुरका जनताले मागेको पनि १०–१५ वर्ष भयो तर, सरकारले जनताका छोराछोरीलाई पढाउन सो जग्गा भक्तपुर नगरपालिकालाई दिएको छैन, दिनु आवश्यक छ ।”
कार्यक्रममा नेमकिपा भक्तपुरका उपाध्यक्ष न्हुछेभक्त फोजुले २०२५ साल साउन २ र २०२६ असार १९ को भ्रष्टाचारविरोधी आन्दोलनको घटनाबारे चर्चा गर्नुभयो ।
उहाँले पुँजीवादी व्यवस्था भ्रष्टाचार, अनियमितता र बेथितिको छाया भएकोले समाजवादी व्यवस्था स्थापनाको लागि समाजवादी गणतन्त्र प्रचार अभियानमा लाग्नुपर्ने आवश्यकता भएको बताउनुभयो ।
चाँगुनारायण नगरपालिकामा भएका अनियमितता, बेथिति र विसङ्गतिको विरोधमा नगरवासीहरू सङ्गठित हुनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले आत्मनिर्भर हुनेखालका कार्यक्रमहरू ल्याउन नसकेको बताउनुभयो ।
श्रीभक्त भडेलको सभापतित्वमा भएको कार्यक्रममा नेक्रकिसङ्घ चाँगु नगर समितिका अध्यक्ष नारायणभक्त न्हेम्हाफुकी र रमेश श्रेष्ठले पनि बोल्नुभएको थियो ।
Leave a Reply