नाजुक युद्धविरामबिच अनिश्चित शान्ति प्रयास
- बैशाख ४, २०८३
भक्तपुर, ३ साउन । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा जिल्लास्तरीय विद्यार्थी भेला शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले विद्यार्थी जीवनमा विद्यार्थीहरूले अध्ययनलाई जोड दिनुपर्ने बताउँदै वैज्ञानिक सोच राख्नुपर्ने कुरामा जोड दिनुभयो । उहाँले पठन संस्कृतिको विकास गर्न विद्यार्थीहरूले दैनिक पढ्नुपर्ने र यसको लागि नेक्राविसङ्घले भूमिका खेल्दै आएको र यसलाई निरन्तरता दिँदै जानुपर्ने बताउनुभयो । सामूहिक भावनाको महत्वबारे स्पष्ट पार्दै उहाँले समाजकै निम्ति अध्ययन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेक्राविसङ्घ १४ औँ राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजक प्रकाश गुरुङले पाठ्यपुस्तक सँगसँगै समाज र प्रकृति पनि पढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका विद्यार्थीहरू अन्य विद्यार्थीभन्दा धेरै मानेमा फरक र अगाडि रहेको बताउनुभयो ।
नेक्राविसङ्घ भक्तपुर जिल्ला समितिका पूर्वअध्यक्ष मिलन गणेजूले नेक्राविसङ्घका अनुभवहरू बताउनुभयो ।
नेक्राविसङ्घ भक्तपुर जिल्ला समितिको मातहतका समितिहरूको प्रतिवेदन वाचन भयो । विद्यार्थी भेलाबाट बिलम सुवालको अध्यक्षतामा रहेको नेक्राविसङ्घ भक्तपुर जिल्ला समिति विघटन भई बिलम सुवालकै संयाजकत्वमा नेक्राविसङ्घ २४ औँ भक्तपुर जिल्ला सम्मेलन तयारी समिति गठन गरियो । कार्यक्रममा तेजस्वी मानन्धर, सुजल दुवाल, मनिष गोरा, सगुन धन्छा, प्रनिशा दुवाल, प्रज्ज्वल खत्री र सुजी ह्योंगोजुले पनि बोल्नुभएको थियो ।
Leave a Reply