भर्खरै :

भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा अध्ययन गोष्ठी

भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा अध्ययन गोष्ठी

काठमाडौँ, ४ साउन । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ कैलाली–काठमाडौँ सम्पर्क समितिको आयोजनामा ‘भ्रष्टाचारविरोधी आन्दोलन असार १९ र साउन २’ को स्मरणमा अध्ययन गोष्ठी भयो ।
नेक्राविसङ्घ १४ औँ राष्ट्रिय सम्मेलन तयारी समिति संयोजक प्रकाश गुरुङले व्यक्तिगत स्वार्थ राख्नेहरूले भ्रष्टाचार गर्छन्† पार्टीको नाम कम्युनिस्ट तर पुँजीवादी सरकारमा गएर देश र जनताको हितविपरीत काम गर्नेहरू कम्युनिस्ट हुनसक्दैनन् भन्नुभयो ।
उहाँले भन्नुभयो, किसानले आफ्नो छाकबाट बचाएर नवदुर्गा बहुमुखी संस्थामा बचत गरेका थिए । पदधिकारीहरूले धान बेचेको पैसाले रासायनिक मल ल्याउनुको साटो निजी व्यापारमा लगाए । उनीहरूलाई २०२५ साउन २ गते जनकारबाही गरिएको थियो । २०२६ सालमा मलको माग गर्दा असार १९ गते ल्याउने सहमतिविपरीत गुण्डा र प्रहरी प्रशासनको बलमा किसानहरू तर्साउने काम गरे । फलस्वरुप कृष्णभक्त चौगुठीलाई उल्टो टोपी लगाएर नगर परिक्रमा गरियो ।
समितिका अध्यक्ष राजकुमार पुनको अध्यक्षतामा भएको अध्ययन गोष्ठीमा तृष्णा पुनले पतञ्जली जग्गा प्रकरण, राजकुमार पुनले भिजिट भिसा, दिनेश मगरले बालुटारको जग्गा प्रकरण, पूर्णिमा पुनले साउन ३ को ‘मजदुर’ दैनिकको सम्पादकीय, वर्षा घर्ती मगरले भूपी शेरचनको जीवनीबारे आ–आफ्नो अध्ययन प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *