भर्खरै :

कम्युनिस्ट पार्टीको उद्देश्य आमूल परिवर्तन

कम्युनिस्ट पार्टीको उद्देश्य आमूल परिवर्तन

कम्युनिस्ट पार्टीको उद्देश्य आमूल परिवर्तन हो । संसदीय पुँजीवादी व्यवस्थामा निर्वाचनमा जितेर सरकारको नेतृत्व गरे पनि आमूल परिवर्तन सम्भव छैन । कम्युनिस्ट भनिने पार्टीहरू पटक–पटक सरकारमा गए† सरकारको नेतृत्व गरे तर, यहाँ मौलिक परिवर्तनको कुनै अनुभूति भएन; बहुमत जनताको कुनै हित भएन । दलको सिद्धान्त र विचार राम्रो भए पनि कार्यनीति गलत भयो । सिद्धान्त र विचारअनुसार राजनीति भएन भने आफ्नो उद्देश्य फत्ते हुँदैन । पार्टीले लिएको सिद्धान्त र विचारलाई सही ढङ्गले परिचालन गर्नुपर्छ; परिचालन गर्ने नेतृत्व सही हुनुपर्छ । विचार नै सही भएन भने प्राप्त भएको उपलब्धि पनि गुम्छ । अतः गलत विचार छोड्नुपर्छ† सही विचार अँगाल्नुपर्छ । विचार गलत भएकै कारण पहिलो संविधानसभामा प्रत्यक्षतर्फ २४० मध्ये १२० सीट जितेको नेकपा माओवादी पछि २६ सीटमा झ¥यो । एउटा निर्वाचनको अवधिमा यति धेरै सीट किन झ¥यो ? नेकमा माओवादीले राम्रो काम गरेको भए† सिद्धान्त र विचारअनुसार बहुमत जनताको पक्षमा काम गरेको भए यसरी धेरै सीट गुम्ने थिएन ।
सिद्धान्त र विचार छोडेकैले जनताको विश्वास गुम्यो । क्रान्तिकारी विचार छोडेर नेकपा माओवादी केन्द्र सत्तामुखी राजनीतिमा भुल्यो; अझ पदको राजनीतिमा भुल्यो । भागबन्डा गरेर भए पनि सरकारको नेतृत्व गर्नैपर्ने बाटो अँगाल्यो । माओवादी अध्यक्ष दाहालले कहिले नेकाको समर्थनमा त कहिले एमालेको समर्थनमा सरकारको नेतृत्व गरेको सबैलाई अवगतै छ । वर्ग शत्रुसँग घाँटी जोडेर वर्ग मित्रको विरोध गर्न माओवादी पछि परेन । कम्युनिस्ट भएर कम्युनिस्टको खुट्टा तान्ने, भड्काउने, पार्टी फोड्ने, लोभलालच देखाएर नेता कार्यकर्ता भित्याउने र विरोध गर्ने काम सच्चा कम्युनिस्ट पार्टीले गर्दैन । सच्चा कम्युनिस्ट पार्टीले गलत राजनीतिको विरोध गर्छ; कमी कमजोरी औँल्याएर खबरदारी गर्छ† सुधार्ने बाटो देखाएर ठाउँमा ल्याउने काम गर्छ । नेमकिपाले २०२८ सालमा घटेको ‘व्यक्तिहत्या’ राजनीतिको विरोध गरेको थियो† व्यक्तिहत्याले आमूल परिवर्तन हुँदैन भनी सुझाएको थियो । बहुदलीय जनवाद पनि आमूल परिवर्तनको बाटो होइन; त्यो संशोधनवादी बाटो हो भनी नेमकिपाले तत्कालै विरोध गरेको थियो । प्रतिक्रियावादी र पुँजीवादी पार्टीले बिगार्न नसकेको ठाउँमा कम्युनिस्ट भनिने दलले कहिले एउटै पार्टी हो† कहिले एउटै उद्देश्य हो भनी भ्रम छरेर बिगार्याे भने कहिले अरुलाई कमजोर बनाएपछि आफू बलियो हुन्छ भनेर पार्टी भड्काउने काम ग¥यो ।
हाल देशमा रहेका कम्युनिस्ट भनिने दलहरू नेमकिपाझैँ सिद्धान्तनिष्ठ भए, देश र जनताको इमानदारीपूर्वक सेवा गर्न अघि सरेका भए कम्युनिस्टको विचार गाउँ–गाउँ र बस्ती बस्तीमा पुग्थ्यो; जनता सचेत र सङ्गठित भइसक्थे । कम्युनिस्ट भनिने दलका नेता कार्यकर्ताहरूले सिद्धान्तको राजनीति नगरी पैसाको राजनीति गरे; निर्वाचनमा मत पाउन पैसाको खोला बगाए† सामान बाँडे† भोज खुवाए† जागिरको लाभ देखाए अर्थात् साम, दाम, दण्ड र भेदको नीति अपनाए । बढीभन्दा बढी सीट जितेर पुँजीवादी सरकारमा जाने या सरकारको नेतृत्व गर्नु नै उनीहरूले आफ्नो लक्ष्य ठाने । पुँजीवादी सरकारको नेतृत्व गर्न उनीहरूले चुनावमा प्रतिक्रियावादी र पुँजीवादी पार्टीहरूसँग साँठगाँठ गरे; भागबन्डा गरेर सरकारमा गए । कम्युनिस्ट पार्टीले जनतामाझ कम्युनिस्टको परिचय दिनुपर्ने हो; पुँजीवादी र प्रतिक्रियावादीको विरोध गर्नुपर्ने हो† उनीहरूलाई हराउन प्रयत्न गर्नुपर्ने हो । यहाँ त उनीहरूले कम्युनिस्टहरूलाई हराउन प्रतिक्रियावादी र पुँजीवादी पार्टीहरूसँग साँठगाँठ गरे । के यो कम्युनिस्टहरूको धर्म हो ? सरकार पुगेका र नेतृत्व गरेका कम्युनिस्टहरूले पुँजीपतिवर्गको पक्षपोषण गरेर के आमूल परिवर्तन हुन्छ ? के बहुमत जनताको सेवा हुन्छ ?
देशमा रहेका सबै कम्युनिस्ट भनिने दलहरू सच्चा कम्युनिस्ट भएका भए; तद्नुसार आ–आफ्नो स्थानमा इमानदारीपूर्वक राजनीति गरेका भए विकासमा धेरै अघि बढ्थ्यो; आर्थिक अनुशासन कायम हुन्थ्यो† भ्रष्टाचार, अनियमितता धेरै हट्थ्यो† कार्यालयमा घुस खाँदैनथ्यो; सुशासनको अनुभूति हुन्थ्यो; पक्षपात हुँदैनथ्यो; सन्तुलित विकास हुन्थ्यो र जनताको विश्वास बढ्थ्यो । पाएसम्म सत्ता खोज्ने, पाएसम्म हसुर्ने अनि सत्तामा नभएपछि जनतामाझ भिज्ने, जनताको निम्ति लड्ने भनी सत्तामा रहँदा एकथरी विचार र नहुँदा अर्को थरीको विचार बोकेर सही नेतृत्व कसरी गर्न सकिन्छ ? सही दिशा निर्देश कसरी गर्न सकिन्छ ? ती दलका नेताहरू छिनछिनमा एकताको कुरा गर्छन्; छिनछिनमा हाल एकता हुँदैन भनी फुक्छन् । एउटै दलका कम्युनिस्ट भनिने नेताहरू एकथरी कम्युनिस्ट एकता आजको आवश्यकता भनी फलाक्छन् भने अर्को थरीले हतारमा एकता गरेर पछुताउनु छैन भन्छन् । सबै कम्युनिस्ट पार्टीले माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारअनुसार इमानदारीपूर्वक राजनीति गरे पछि उनीहरू मिल्न पनि सक्छन् ।
वर्गसङ्घर्षको बाटो छोडेर गर्व गर्ने कम्युनिस्टहरू के परिवर्तनको बाटोमा लाग्लान् ? आमूल परिवर्तन गर्ने हो भने देशका सबै कम्युनिस्ट पार्टीहरूको नीति वर्गसङ्घर्ष हुनुपर्छ । वर्गसङ्घर्ष नीति लियो भन्दैमा अहिल्यै वर्गसङ्घर्ष गर्नुपर्छे भन्ने होइन । तर, वर्गसङ्घर्षको निम्ति बाटो तयार गर्नुपर्छ । वर्गसङघर्ष कुनै दलका नेतालाई हतार भएर हुने होइन; नेपाली जनता तयार नभए वर्ग सङ्घर्ष गरे पनि त्यो सफल हुनेछैन । माओवादी केन्द्रको ‘जनयुद्ध’ असफल हुनुको कारण आन्तरिक परिस्थिति तयार नहुनु हो । माओवादी ‘जनयुद्ध’ गरेर आखिर सरकारसमक्ष झुक्नु प¥यो; शान्ति बाटो अपनाउने नाउँमा क्रान्तिकारी विचार नै छोड्नुप¥यो । अतः समाजवादी क्रान्ति गर्ने हो भने समाजवादी क्रान्तिको निम्ति पूर्वाधार तयार गर्नुपर्छ; त्यो नै कम्युनिस्ट पार्टीको अहिलेको उपाय हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *