विश्वव्यापीकरणले ल्याउने अकाल
- कार्तिक १८, २०८२
 

२०७२ सालको संविधान घोषणाको त्यो ऐतिहासिक क्षणमा भारतले हाल्न खोजेका भाँजो अझै धेरै नेपालीका हृदयमा पुरानो घाउझैँ बसिरहेको छ । नेपाली जनता उत्सव मनाउँदै थिए । तर भारतको असन्तुष्टि र त्यसपछिको अघोषित नाकाबन्दीले हाम्रो हर्षलाई निराशाको कालो बादलले छोप्यो । सडकमा इन्धनको गन्धभन्दा बढी पीडाको गन्ध फैलियो । धेरैको घरमा चुलो निभ्यो र एउटा सानो राष्ट्रको सम्मानमाथि ठुलो राष्ट्रको दबाब परेको अनुभव सबै नेपालीले गरे ।
 ठुलो रुखको जराल स–साना बिरुवालाई दबाएझैँ भारतको छायाँ हाम्रो सिमानामा मात्र होइन, हाम्रो व्यापार, सुरक्षा र राजनीतिका गल्ली–गल्लीमा पसिरहेको छ । मोदीको चरित्र —बलियोसित बोल्दा जिब्रो सुक्छ तर कमजोरसित बोल्दा जिब्रोमा आगो सल्किन्छ । पाकिस्तानलाई ‘घरमै पसेर मार्ने’ धम्की दिने उनी, नेपालजस्तो सानो छिमेकीलाई कहिले तेलको धार रोक्दै, कहिले सीमाको रेखा तानेर दबाउने खेल खेलिरहन्छन् ।
 तर विडम्बना, हालैको विश्व राजनीतिक रङ्गमञ्चमा विपरीत दृश्य पनि देखियो—जहाँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मोदीलाई सार्वजनिक रूपमा अपमान गर्नसम्म गरे, गाउँका ठालुले निमुखा जनतालाई अपमानित गरेझैँ शक्ति–श्रृङ्खलाको अर्को पाटो प्रकट भयो । बलियोले कमजोरलाई दबाउने यो शक्ति–श्रृङ्खला जङ्गलको नियमजस्तै भएको छ । हामी, त्यो जङ्गलका स–साना प्राणीहरू ¤ विश्व राजनीतिमा शक्तिशाली राष्ट्रहरू सधैँ नै आफ्नो स्वार्थका लागि नियम बनाउँछन्, अनि ती नियमहरू साना मुलुकमाथि लागु गर्छन् । शक्तिशाली राष्ट्रहरू भने ती नियमहरू तोड्न सक्ने ‘विशेषाधिकार प्राप्त’ मुलुकझैँ व्यवहार गर्छन् । यसको सबैभन्दा उदाहरणीय पात्र शक्तिशाली राष्ट्र संरा अमेरिकाकी राष्ट्रपति डोनाल्ड ट्रम्प बनेका छन् । उनले विश्व राजनीतिलाई व्यापारिक सौदाबाजीजस्तो हेरे, अनि जसले मानेन त्यसलाई धम्क्याएर चुप बनाउने रणनीति अपनाए ।
 अहिले ट्रम्पले भारतलाई चेतावनी दिएका छन् – “यदि भारतले रूसबाट तेल आयात जारी गरेमा अमेरिका भारतबाट आयात हुने वस्तुमा उच्च भन्सार शुल्क लगाउनेछौँ ।” यति भनिसकेपछि पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मौन छन् । उनले खुला प्रतिक्रिया दिएका छैनन् । किन ? मोदीको मौनताका पछाडिको कारण भनेको मोदीको चरित्र । उनको स्वभाव आफूभन्दा कमजोरलाई भित्तैसम्म पु¥याउने र आफूभन्दा बलियो परे भने खुट्टामै लम्पसार पर्ने । यस्तो भयमूलक नीतिले भारतलाई आत्मनिर्भर नभई परनिर्भर बनाइरहेको छ ।
 भारतले चीनको दबाब कम गर्न अमेरिकाजस्तो देश आफ्नो साथमा रहेको देखाउने रणनीति बनाएको छ । यस्तो अवस्थामा ट्रम्पलाई कडा जवाफ दिनु भनेको आफ्नै अर्थतन्त्रमा चोट पु¥याउनु हो । यसैले मोदीको ‘राष्ट्रवादी भाषण’ भित्र अमेरिकाविरुद्ध बोल्ने साहस हुँदैन । भारतले ट्रम्पको रूससँग व्यापार नीतिको आलोचना गरेपछि भोलिपल्टै भारतमाथि २५ प्रतिशतबाट ५० प्रतिशतसम्म भन्सार बढायो । यो अवस्थामा नेपालले भारतमाथि ‘खुचिङ’ भन्नु पर्ने हो तर त्यसो भन्नु उचित हुँदैन । हामी भन्छौँे, के अन्य राष्ट्रलाई असहमति व्यक्त गर्ने अधिकार छैन ? यो सामन्ती सोच हो, जहाँ शक्तिशालीले आलोचना सहँदैन । लोकतन्त्रमा सबै राष्ट्रको आवाज सुन्ने संस्कार हुनुपर्छ ।
 ट्रम्पको कार्यशैली अमेरिकी सत्ता संरचनाको एउटा कुरूप रूप हो, जसमा नैतिकता होइन, स्वार्थ बोल्छ† सहयोग होइन, सर्त लगाइन्छ† अनि न्याय होइन, व्यापारको चस्माबाट अन्तर्राष्ट्रिय सम्बन्ध हेरिन्छ ।
 युक्रेन र गाजामाथि दोहोरो दृष्टिकोण
 रूस र भारतलाई युक्रेनीहरू मर्दा कुनै पर्वाह छैन । रूसले भारतलाई तेल बेचेर कमाएको पैसाले युक्रेनी जनतालाई हत्या गरिरहेको छ र युद्ध लम्ब्याएर उनीहरूको पीडालाई बेवास्ता गरिरहेको भनाइ डोनाल्ड ट्रम्पको थियो । तर, यहाँ ट्रम्पको नैतिक पतन भएको प्रकट हुन्छ, किनकि त्यही अमेरिका इजरायललाई दिनरात बम, गोली, गोला बारुद, ड्रोन्स दिइरहेको छ, जसले गाजामा हजारौँ निर्दोष नागरिकहरूको ज्यान लिएको छ ।
 युक्रेनमा अमेरिकाले दिएको हतियारले रूसीहरू मर्छन्, गाजामा दिएको हतियारले प्यालेस्टिनीहरू । तर, दुवै अवस्थामा अमेरिका आफ्ना हितको लागि हत्यारालाई समर्थन गरिरहेको छ । यसलाई कस्तो नीतिगत स्थिरता भन्न सकिन्छ ?
 युक्रेनको खनिज भण्डार कब्जा भएपछि ट्रम्पको यु–टर्न
 सुरूमा ट्रम्प युक्रेन मामिलामा चासो नदिने देखिए र जेलेन्स्कीलाई युद्धको कारण बताए । तर जब रूसले पूर्वी युक्रेनका Lithium, Palladium, Uranium जस्ता खनिज सम्पन्न क्षेत्रहरू कब्जा ग¥यो; त्यतिबेला ट्रम्पले युक्रेन मामिलामा चासो दिन थाले । किन ? किनभने त्यो क्षेत्र अमेरिका र युरोपका लागि rare earth minerals को स्रोतको निम्ति युक्रेनसँग सम्झौता भइसकेको थियो । रेयर अर्थ खनिजहरू ईभी, मिसाइल, औद्योगिक प्रविधिमा अत्यन्तै आवश्यक छन् । त्यही बेला ट्रम्पको भनाइले लय फे¥यो । मतलब स्पष्ट छ – यो युद्ध जनताको पीडाबाट होइन, खनिज सम्पत्तिको स्वार्थबाट प्रेरित थियो ।
 रुससँग व्यापार गर्ने देशलाई दण्ड दिने अमेरिका आफैँ के गर्दै छ ?
 सार्वजनिक रूपमा रूसलाई आर्थिक रूपमा अलग गर्न विश्वलाई आग्रह गर्ने अमेरिका, निजी रूपमा भने आफैँ रूसबाट वस्तुहरू आयात गर्दै छ । अमेरिका आफ्नो २० प्रतिशत परमाणु ऊर्जा रूसकै युरेनियममा निर्भर छ । विद्युतीय गाडी, सेमिकन्डक्टर, औद्योगिक प्रविधिमा प्रयोग हुने Palladium धातु सबैभन्दा बढी रूसबाट आयात हुन्छ । अमेरिकी कृषि क्षेत्रमा प्रयोग हुने रासायनिक मलको एक हिस्सा रूसबाट आउँछ । तर, उही अमेरिका भारत, चीन, ब्राजिल, इरानजस्ता देशहरूलाई चेतावनी दिन्छ, “रूससँग किन व्यापार ग¥यौ ?” के यो नैतिकतासँग मेल खाने नीति हो ? होइन — यो शक्तिको दम्भ हो ।
 ट्रम्पः ‘ठग’ राजनीतिक नेता
 ट्रम्प कुनै कूटनीतिक नेता होइनन् । ठगी र धम्कीबिच सानो राष्ट्रलाई दबाबमा राख्ने ट्रम्प ‘deal–maker’ शैलीका नेता हुन् । ट्रम्पले गरेका केही निकृष्ट व्यवहार यस्ता छन् । आफ्नै मित्र राष्ट्र नाटो सदस्यहरूलाई अमेरिकी हतियार किनेनौ भने अमेरिका नाटोबाट हट्ने धम्की दिए । ट्रम्प रुसको डर देखाएर युरोपसँग पैसा असुली धन्दामा लागेका छन् । विश्व व्यापार नीतिविपरीत चीनमाथि व्यापार युद्ध छेडे । विश्व स्वास्थ्य सङ्गठनलाई दिनुपर्ने कोष रोके ।
 जसरी समाजमा गरिब भएर बाँच्न गा¥हो छ त्यसरी नै वर्तमान समयमा सानो देशको लागि यो दुनियाँ कति कठोर छ भन्ने देखिन्छ । सानो देशले तेल किन्ने निर्णय गर्न पनि ठुला देशको अनुमति चाहिन्छ । सानो देशको खनिजमा कसैको नजर प¥यो भने, त्यो युद्धको बहाना बन्छ । सानो देशको सार्वभौमिकता पनि अब बजारको सर्तमा निर्धारण हुन्छ ।
 आज रूसले युद्ध ग¥यो भनेर गम्भीर निन्दा हुन्छ, तर इजरायलले हजारौँ बच्चा मारे पनि अमेरिका चुप हुन्छ । आज भारतले रुससँग तेल किन्यो भनेर दण्ड दिइन्छ, तर अमेरिका उस्तै वस्तु जोसँग पनि किन्न सक्छ । यो दुनियाँमा न्याय होइन, शक्ति बोल्छ । ट्रम्पजस्ता नेताले संसारलाई स्पष्ट बताइदिएका छन् — नियमहरू केवल कमजोरका लागि हुन्, बलियाको लागि होइन ।
 ट्रम्प कुनै अपवाद होइनन् । उनी त अमेरिकी प्रणालीको वास्तविक अनुहार हुन्, जसले आत्म–संवेदनशीलता नभएर केवल स्वार्थ हेर्छ । उनले साना देशहरूलाई गिज्याउँछन्, धम्क्याउँछन्, तर आफू त्यही काम गर्छन् जुन अरूलाई निषेध गर्छन् । साना मुलुकहरूले अब संयुक्त आवाज उठाउनुपर्छ, आफ्नो नीति स्वतन्त्र बनाउने प्रयास गर्नुपर्छ, अनि यस्तो दुईमुखे शासकहरूको दबाबलाई अस्वीकार गर्नसक्ने आँट गर्नुपर्छ ।
Leave a Reply