समस्याग्रस्त सहकारीबारे श्वेतपत्र जारी ४० अर्बभन्दा बढी रकम फिर्ता अनिश्चित
- फाल्गुन १९, २०८२
दसकौँदेखिको ‘मेलम्ची हल्ला’ भक्तपुर नपाको हाम्रो वडामा पनि यथार्थमा परिणत हुने छनक देखिएको छ । केही हप्ताअघि नयाँ पाइप बिछ्याउन थालेकोमा त्यसमा पानी पनि पठाएर जाँचिसकेको जानकारी दिइएको छ । अब घर–घरमा पाइप जोड्ने काम दसैँ अगाडि सम्पन्न हुने भनी विश्वास दिएको छ । ङा..ल..ल.. ब्याँ (माछा माछा भ्यागुतो) नहुने आशा छ ।
पुरानो पाइपले नदिई नयाँ पाइपले पानी दिने कुराले धेरैलाई फाइदा हुने नै छ । तर, धाराको धनी फरक हुने घरकालाई भने मेलम्चीको पानी भ्mयाउलोको खानी हुने देखिएको छ ।
धाराको मिटर घरभन्दा महँगो छैन । कुनै घरको धाराको मिटर कुनै टेबल वा मेच सारेजस्तो सार्न सकिँदैन र आप्mनो मिटर अर्काको घरमा राख्न कसैले दिँदैन । तर, नयाँ धारा जडान गर्न वा धाराको मिटर नामसारी गर्न संलग्न गर्नुपर्ने आवश्यक कागजात हेर्दा कसैको घर राजीनामा पास गरी लिन वा किन्नभन्दा पनि झन्झटिलो या भ्mयाउलो देखिन्छ ।
नयाँ धारा जडान गर्न लालपुर्जा, नापी नक्सा ब्लुप्रिन्ट, नक्सापास प्रमाणपत्रका साथै घर धनीको नागरिकता, फोटो, घर कर तिरेको रसिद चाहिन्छ । पुरानो घर भए वडाको सिफारिस संलग्न गर्नुपर्नेछ । यति धेरै कागजात भए घर किन्न यथेष्ट होला जस्तो लाग्छ । के धाराको मिटर राख्न यति धेरै कागजात आवश्यक भएकै हो ?
धाराको नामसारी गर्न पनि लालपुर्जा, लिने र दिने दुवैको नागरिकता, फोटो, महसुल तिरेको रसिद, दिनेको मञ्जुरीनामा, मृत्यु भएकोमा मृत्यु दर्ता प्रमाणपत्र र नाता प्रमाणित, रजिस्ट्रेसन पासको कागजात र धाराको कार्डमा नाम फरक भएमा वडाको सिफारिस, लालपुर्जा एकभन्दा बढीको नाममा भए अन्यको मञ्जुरीनामा वा सबैको नाम र फोटो, संलग्न गर्नुपर्छ । धाराको नामसारी गर्न त नयाँ जडान गर्नभन्दा बढी भ्mयाउलो देखिन्छ ।
यी विवरण काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको वेबसाइटबाट लिइएको हो । त्यसमा धाराको नामसारीको लागि दर्खास्त फाराम पनि छ । त्यस फाराममा दिनेका विवरण र लिनेको तीनपुस्ते विवरण भर्नुपर्छ । व्यहोरामा मेरो नामको फलानालाई दिन मञ्जुरी पनि गर्नुपर्छ । साथै मञ्जुरी दिनेको नागरिकता, नामसारी गर्न चाहनेले लालपुर्जा र मालपोत कार्यालयको लिखितसमेत पेस गर्नुपर्दछ ।
उक्त बन्दोबस्तले हाम्रो देशको प्रशासनिक कार्य प्रणाली राणाकालीन अवस्थाबाट अगाडि बढ्न नसकेको देखियो । २१ औँ शताब्दीका हामी अझै सराद्धमा बिरालो बाँध्न छोड्न सकेका रहेनछौँ भन्ने लाग्यो ।
हिजो नयाँ धारा जडान गर्दा मञ्जुरीनामा दिनेले नागरिकता पक्कै राखेको हुनुपर्छ । कि राखेको थिएन ? राखेको थियो भने फेरि किन ? त्यसबेला पनि लालपुर्जा राखेकै हुनुपर्छ – फेरि किन ?
जाने–बुझेअनुसार धाराको मिटर, बिजुलीको मिटर व्यक्तिलाई होइन घरलाई दिइन्छ । कुन कित्ता नं.को घरमा जडान गरेको हो त्यो कित्ता नं. उल्लेख गरे ग्राहकहरूलाई धेरै राहत हुन्थ्यो र नयाँ जमानाअनुसार काम छिटो छरितो ढङ्गमा हुने देखिन्छ । कम्प्युटरमा एउटा क्लिक गर्दा अल्याख थरीका काम हुने युगमा बिरालो बाँध्नतिर नलाग्ने हो कि ?
लालपुर्जा भएपछि फेरि रजिस्ट्रेसन पासको कागज, मालपोतको लिखित चाहिने कुराले अनावश्यक भ्mयाउलो दिने काम भएको छ । के एउटा धारा वा बिजुलीको मिटरको कारण घर नै अर्काको हुन्छ ?
यस्तै भ्mयाउलोको कारण घर किनेर बस्ने धेरैले नामसारी नगरी बसिरहेका छन् ।
उक्त नानाथरीका कागजात सम्भवतः महसुल नतिर्ने ग्राहकहरूलाई नियन्त्रण गर्न बनाइएको होला । तर, यदि ‘क’ नामको ग्राहकले धारा– बिजुलीको महसुल लामो समय नतिरी घर बेचेर गयो भने नयाँ घर धनीले पुरानो बक्यौता तिर्नुभन्दा नयाँ धारा जडान गर्न निवेदन दिए के हुन्छ ? खानेपानी र विद्युत् कार्यालयले पुरानो ग्राहक खोज्दैन बरु यो ‘घर’को महसुल बाँकी भनी जडान गर्दैन । लालपुर्जामा नाम–व्यक्ति सबै फरक भए पनि ‘घर’ लाई चिनेर नमानेको स्पष्ट छ । त्यसैले ग्राहक कार्ड नं. मा घरको कित्ता नं. पनि लेख्ने गरे अझ काम पक्की हुन्थ्यो । धारा र बिजुली व्यक्तिलाई होइन घर वा कित्ता नं. को घरलाई दिएको यसबाट पनि स्पष्ट हुन्छ । त्यसैले ग्राहक नं. मा घरको कित्ता नं. लेख्ने गरे कार्यालय र व्यक्ति दुवैलाई सहज हुने देखिन्छ ।
त्यसैले महसुल चुक्ता गरेको रसिद अनिवार्य गरी ग्राहकलाई सहज र सरल हुने तरिका अवलम्बन गर्नेतर्पm सम्बन्धितको गम्भीर ध्यानाकर्षण हुने अपेक्षा छ ।
Leave a Reply