समाचार शीर्षकले आधा समाचारको आशय प्रस्ट !
- कार्तिक १८, २०८२
 

कुनै देशको आर्थिक सम्पन्नतामा भूगोल र सामाजिक कारणहरू हुन्थे । उर्वर भूमि, उपयुक्त ठाउँमा नदी–नाला र कृषि बाली, अनुकूल हावापानीले सभ्यता र संस्कृतिको विकासमा सकारात्मक प्रभाव पार्दछन् । यी नै कारणहरूले प्राचीन सभ्यता र देशहरूले प्रगति गरेका उदाहरणहरू छन् । स्थानीय लडाइँ र दास प्रथाको कारण श्रमशक्तिको सघन उपयोग एवं पुस्तौँपुस्ता एउटै पेसामा लाग्दा शिल्पको विकास भएको देखिन्छ । शिलाकार, शिलापत्र, ढुङ्गाका मूर्ति र कलात्मक वस्तुहरू, ताम्रपत्र, नकर्मी, तमोट, सुनार चित्रकार तथा सङ्गीत, बाजा–गाना र अन्य क्षेत्रका सूचिकार आदिको विकास भयो ।
 देशको स्वाभाविक अर्थतन्त्रले व्यापारीदेखि वैज्ञानिकहरूसमेत विकास गर्छ । राज्य सत्ताको विकासले व्यापार र उद्योगधन्दाको विकास ग¥यो । औद्योगिक क्रान्तिले पश्चिमी देशहरूको पुँजीवादको चरम अवस्था साम्राज्यवादमा पु¥यायो । मेसोपोटामिया, भारत र चीनजस्ता प्राचीन सभ्यता र संस्कृतिमाथि पश्चिमी साम्राज्यवादको निर्मम शोषण र दमनले संसार साम्राज्यवादी र उपनिवेशवादी देशहरू एवं उत्पीडित देशहरूमा विभक्त गर्यो । आजको भाषामा उपनिवेशवादी वा विकसित देशहरू र विकासशील – अल्पविकसित देशहरूमा विभाजित भयो । संरा अमेरिकाले संसारको कच्चामालको प्राकृतिक सोत, बजार नियन्त्रण गर्ने, हतियारको एकलौटी व्यापार गर्ने, सबै कमजोर देशमाथि धम्की दिने र आणविक लडाइँको त्रासबाट संसारमा पुनः उपनिवेशवाद लाद्न खोज्दै छ ।
 तर, रुस, चीन र भारतजस्तो विकासशील देशहरूको एक आर्थिक सङ्गठन ‘ब्रिक्स’ ले विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्रा कोष र एसियाली विकास बैङ्कजस्ता साम्राज्यवादी आर्थिक हतियारको विकल्प प्रस्तुत गरेको छ, जसमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सामेल छन् । सन् २०२५, जुलाई ६–७ मा ब्राजिलको रियो डे जेनेरियोमा ब्रिक्सको १७ औँ शिखर सम्मेलन भएको थियो । त्यस बैठकमा ब्रिक्समा झन्डै २० नयाँ राष्ट्र सामेल भएको बताइन्छ । ब्रिक्स देशहरूले अमेरिकी राष्ट्रपति ट्रम्पको भन्सार युद्धको विरोधमा पनि एकजुट भएर जवाफ दिने प्रयत्न गर्दै छन् ।
 यसरी आजको परिवर्तित विश्व राजनीतिले बताउँंदै छ कि संसारलाई डर, धम्की र त्रासले होइन ‘आपसी हित’ को माग र ‘सबैको हित’ को भावनाबाट काम गर्ने एक प्रेरक प्रसङ्ग देखिँंदै छ ।
 तर, के असत्य साबित भयो भने आर्थिक र चरम भौतिक विकास भएको देशको राजनैतिक नेतृत्व पनि एक सभ्य, सुसंस्कृत, सन्तुलित र संवेदनशील व्यक्तिकै हातमा जान्छ भन्ने कुनै सुनिश्चितता छैन । संरा अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायलका प्रधानमन्त्री नेतन्याहुसमेत विश्व मानव जातिप्रति संवेदनशील देखिँदैनन् । किनभने, नेतन्याहुलाई हेगस्थित अन्तर्राष्ट्रिय अदालतबाट प्यालिस्टिनीहरूको जातीय संहार आरोपमा वारेन्ट पुर्जी जारी गर्दै छ ।
 अफसोचको विषय के हो भने संसारको धनाढ्य देश संरा अमेरिकी राष्ट्रपति ट्रम्पले हालै भेनेजुयलाका राष्ट्रपति पक्राउ गर्नेलाई ‘५ करोड डलर पुरस्कार’ को घोषणा गरे । (अन्नपूर्ण पोस्ट – २४ साउन, शनिबार २०८२)
 आफ्नो देश र जनताको हितमा वषौँदेखि प्रजातान्त्रिक ढङ्गले जनताको सेवामा निरन्तर लागिरहेका राष्ट्रपति माडुरो र अन्य उच्च पदाधिकारीहरूलाई ट्रम्पको पहिलो कार्यकालमै लागुपदार्थ, आतङ्कवाद, भ्रष्टाचार र लागुपदार्थको ओसारपसारको अपराधको आरोप लगाइएको थियो । राज्य सत्ताको चरम दुरूपयोगको यो एक प्रमाण हो ।
 सन् १९९० जनवरी ३ मा पनामाका राष्ट्रपति नोरियेगा (ल्यचष्भनब) लाई पनि यस्तै आरोपमा संरा अमेरिकी प्रशासनले पनामाबाटै अपहरण गरी लगेको थियो । अमेरिकी प्रशासनले उनीमाथि विभिन्न १० वटा मुद्दा लगाएको थियो । त्यसमा ८ वटा मुद्दामा राष्ट्रपति नोरियेगालाई अमेरिकी अदालतले हटाइदियो । ५–७ वर्ष अगाडि पनामाका अर्को राष्ट्रपतिको हत्या भइसकेको समाचार आएको थियो । तर, त्यसबारे अमेरिकी प्रशासन मौन रह्यो । यसबाट थाहा हुन्छ, अमेरिकी प्रशासनको आँखामा आतङ्कवाद, भ्रष्टाचार र लागुपदार्थको ओसारपसारको आरोप अमेरिकी शासनको अन्यायको विरोध गर्नेहरूमाथि नै लगाउने हो, वास्तविक लागुपदार्थका कारोबारीमाथि होइन ।
Leave a Reply