इजरायली हवाई आक्रमणमा ३५ यमनी नागरिकको मृत्यु : हुथी
- भाद्र २६, २०८२
वीरेन्द्रनगर, २९ साउन । क्युवाली क्रान्ति नायक फिडेल क्यास्ट्रोको ९९ औँ जन्म दिनको अवसरमा सुर्खेतको वीरेन्द्रनगरमा बुधबार प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य तुल्सी खड्काले क्युवाली समाजमा भइरहेको शोषण र अमेरिकी कठपुतली सरकारले देश र जनताको हितभन्दा अमेरीकाको इच्छाअनुसार सरकार सञ्चालन गरेका कारण तानाशाही सरकारविरुद्ध क्रान्ति गरेको चर्चा गर्नुभयो ।
नेपाल मजदुर किसान पार्टी कर्णाली प्रदेश समिति सदस्य एवम् जिल्ला समिति सुर्खेतका अध्यक्ष हरिबहादुर बोहराले क्युवाको समाजवादी व्यवस्थाले जनताको सम्पूर्ण आवश्यकता पूर्णरूपमा पूरा गरेको उल्लेख गर्दै साम्राज्यवादी अमेरिकाले हरप्रकारले असफल पार्न खोजे पनि जनताको एकता र कुशल नेतृत्वका कारण सफल भएको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी कर्णाली प्रदेश समिति सदस्य धनेन्द्र विकले विभिन्न देशका क्रान्तिको शिक्षाले इमानदार र देशभक्त पार्टी कार्यकर्ता तयार गरी देश र जनताको सेवा गर्नुपर्ने बताउनुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घका उपाध्यक्ष लालबहादुर थापा, नेपाल मजदुर किसान पार्टी जिल्ला समिति सुर्खेतका सदस्य चेतन पौडेल, नेपाल मजदुर किसान पार्टी जिल्ला समिति बाँकेका सदस्य अन्जिरबहादुर शाही, नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय सदस्य प्रेम थापा, कुस्माखर खनाल, गणेश खड्का, महेन्द्र सिजापती, अम्मर भण्डारी, मनबहादुर विकलगायत वक्ताले फिडेल क्यास्ट्रोको योगदानबारे चर्चा गर्नुभएको थियो ।
नेपाल मजदुर किसान पार्टी वीरेन्द्रनगर नगर समितिका अध्यक्ष शेरबहादुर शाहीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Leave a Reply