कला : जीवन–दर्शन र यथार्थ – ५
- आश्विन ११, २०८२
हलिउडमा असफल प्रयास
ब्रेख्त सम्भवतः युरोपको चारैतिर मडारिएको युद्धको खतराबाट बच्न चाहन्थे । प्रतिबद्ध माक्र्सवादी विचारक र कम्युनिस्ट समर्थक हुँदाहुँदै पनि यही कारण उनले सोभियत सङ्घमा बस्न उचित मानेनन् । यद्यपि, सन् १९३६ देखि सन् १९३९ सम्म मस्कोबाट प्रकाशित भएको एक जर्मन साहित्यिक पत्रिकाका उनी सहायक सम्पादकका रूपमा कार्यरत थिए ।
अतः अमेरिकी भिसा प्राप्त गरे पनि मे १९४१ मा उनी सोभियत सङ्घको यात्रामा निस्किए र सोभियत सङ्घको सम्पूर्ण यात्राको अन्त्यमा भ्लादिभोस्तक पुगे र त्यहाँबाट पानीजहाजमा बसेर अमेरिका गए । उनी अमेरिका पुगेको लगत्तै जर्मनीले सोभियत सङ्घमाथि आक्रमण ग¥यो ।
अमेरिकामा पुगेपछि ब्रेख्त सान्ता मोनिका, क्यालिफोर्नियामा बसे । तर, बिचबिचमा लामो समयसम्म बस्ने गरी उनी न्युयोर्क पनि गइरहे । हलिउड फिल्म इन्डस्ट्रीमा काम गर्ने प्रयास पनि उनले गरे, तर यस दिशामा उनी धेरै सफल हुन सकेनन् । उनले एउटामात्र पटकथा सिनेमा–निर्मातालाई बेचे, यसको शीर्षक ‘ह्याङमेलन अस्लो दि’ थियो । सन् १९४२ मा यस फिल्मको निर्देशन प्रसिद्ध निर्देशक फ्रित्स लाङले गरेका थिए ।
अमेरिका प्रवासमा ब्रेख्तले आफ्नो अन्तिम महान् नाटक ‘दि ककेसियन चक सर्कल’ पूरा गरे । यस नाटकमा पनि असलपनको समस्यालाई ज्वलन्त रूपमा चित्रण गरिएको छ र एक आततायी समाजमा न्याय पाउने बाटोमा के कस्ता अप्ठेरा आउन सक्छन् भन्ने देखाइएको छ ।
नमिठो अनुभव
हलिउडमा ब्रेख्तले ब्रिटिस अभिनेता चाल्र्स लागटनलाई भेटे । ‘दि लाइफ अफ ग्यालिलियो’ को अङ्ग्रेजी रूपान्तरण उनले लागटनसित मिलेर गरे । लागटनले ग्यालिलियोको अङ्ग्रेजी संस्करणको सफल मञ्चन जुलाई १९४७ मा लस एन्लसमा गरे । हुन त अमेरिकामा एक समर्थ नाटककार र कविका रूपमा ब्रेख्तलाई पर्याप्त प्रसिद्धि र मान्यतामा प्राप्त हुन थालेको थियो । तर, यसैबिच ३० अक्टोबर १९४७ मा उनले अमेरिकाविरोधी गतिविधिको जाँच गर्न गठन गरिएको म्याकार्थी कमिटीसामु साक्षीका रूपमा उपस्थित हुनुप¥यो ।
यस कमिटीले हलिउडको सिनेमा जगतमा कम्युनिस्ट समर्थकहरूबारे जाँचबुझ गर्दै थियो । म्याकार्थी कमिटीसामु ब्रेख्तले आफ्नो हाजिरीजवाफी र तीक्ष्ण बुद्धिमत्ताको अद्भूत परिचय दिए । तर, समग्रमा यो अनुभव उनलाई अत्यन्त अप्रिय लाग्यो । त्यसैको भोलिपल्ट उनले अमेरिका छाडे र युरोपका लागि प्रस्थान गरे ।
अमेरिकाबाट फर्किएपछि ब्रेख्त सर्वप्रथम स्विट्जरल्यान्ड गएर बसे । यहाँ बस्दाबस्दै उनले आफ्नो विचारधाराका नाटकहरूको मञ्चन राम्ररी कहाँ गर्न सकिएला भनेर सम्भावनाको खोजी पनि गरे । यसका लागि उनी अस्ट्रियालाई उपयुक्त मान्दथे किनभने त्यहाँको भाषा पनि जर्मन थियो र त्यहाँबाट उनी पूर्वी तथा पश्चिमी दुवै जर्मनीमा आउन जान सक्दथे ।
जर्मनीमा फीर्ति
यसबिच एउटा त्यस्तो मौका पनि आयो, जतिखेर उनलाई साल्सबर्ग महोत्सवमा कला निर्देशकको पद पाइने सम्भावना छ भन्ने लाग्यो । फलस्वरूप उनले अस्ट्रियाली नागरिकताका लागि अनुरोधपत्र पनि दिए । तर, यतिखेरै अक्टोबर १९४८ मा ‘मदर करेज’ को मञ्चनका लागि उनले पूर्वी बर्लिनको निम्तो पाए । पूर्वी बर्लिनमा यो नाटक अति सफल भयो । नाटकको मञ्चनपछि ब्रेख्त पुनः ११ जनवरी १९४९ मा ज्युरिख फर्किए । ज्युरिख पुगेर उनले फेरि अस्ट्रियाको नागरिकता प्राप्त गर्न नयाँ रूपले दबाब दिन मात्र के थालेका थिए, पूर्वी जर्मनीबाट त्यहाँ रहेर उनले आफ्नै नाट्यमण्डलीको सञ्चालन गर्न सक्दछन् भन्ने आशयको प्रस्ताव आयो ।
यो प्रस्ताव उनलाई मन प¥यो र अन्ततः उनले पूर्वी जर्मनी जाने निधो गरे । त्यहाँ पुगेर उनी ‘बर्लिनर इनसेम्बले’को स्थापनामा लागिपरे । १२ नोभेम्बरमा ‘पुन्तीला’ नाटकको मञ्चनका साथै उनले विधिवत् रूपले इनसेम्बलेको उद्घाटन गरे । पूर्वी बर्लिनमा काम गर्न थालेपछि पनि ब्रेख्तले निरन्तर आफ्ना नाटकको मञ्चन पूर्वी जर्मनीभन्दा बाहिर पनि होस् भन्ने चाहे । त्यसैले, उनले अस्ट्रियाली नागरिकता लिने प्रयास गरे र सन् १९५० मा यसको स्वीकृति पनि पाए । यसका साथै उनले आफ्ना नाटकको सर्वाधिकार पनि पश्चिमी जर्मनीको प्रकाशक सुरकाम्प फेरलागलाई दिए ।
यसरी उनले पूर्वी जर्मनीको बाध्यता (सेन्सरशिप) बाट आफूलाई धेरै मात्रामा मुक्त गरेका थिए र पश्चिम जर्मनीमा धेरथोर कमाइको माध्यमलाई खुला राखेका थिए । पूर्वी बर्लिनमा ब्रेख्तले आफ्नो निर्वासनकालमा लेखेका नाटकको मञ्चन गरे । मञ्चनको क्रममा उनले आफ्नो विचारधाराअनुरूप यी नाटकमा आवश्यक संशोधन र संवद्र्धन पनि गरे । पूर्वी जर्मनी आउनुअघि सन् १९४८ मा ज्युरिखमा रहेको बेला उनले आफ्नो सङ्क्षिप्त नाट्यशास्त्र पनि तयार पारेका थिए ।
किशोरा अवस्थामा ब्रेख्त
नयाँ–नयाँ प्रयोग
आफ्ना नाटकका लागि आफूले प्रतिपादन गरेको विचारधारालाई ब्रेख्तले महाकाव्यात्मक (एपिक) थिएटरको नाम दिए । उनले अभीष्ट माक्र्सवादी नाटक त्यसैलाई माने, जुन नाटक अरस्तुवादी नाटकहरूको परम्पराबाट पृथक हुन्छ, जुन नाटकमा दर्शकले मञ्चमा भइरहेका सबथोक उसकै अघि तत्काल घटित भएको हो भनेर हेर्दछ ।
यसविपरीत ब्रेख्त के मान्दथे भने अतीतका नायकहरू : ओडिपस, किङ लियर अथवा ह्याम्लेटका मनोभावको आजका दर्शकमा उनका युगमा भएझँै प्रतिक्रिया हुन्छ भन्ने मान्ने हो भने मानवीय स्वभाव स्थिर नभएर निरन्तर परिवर्तनशील परिस्थितिमा परिवर्तनशील हुन्छ भन्ने माक्र्सवादी दर्शनको विचारधारा गलतसिद्ध हुनेछ । त्यसैले ब्रेख्तले के तर्क दिए भने नाटकले आफ्ना पात्रद्वारा मञ्चमा घटित देखाइएका जे–जति कुरा हुन्, त्यससित दर्शकको तादात्म्य स्थापित गर्ने प्रयास एकदमै गर्नु हुन्न र दर्शकको दिमागमा पात्रहरूको ऐतिहासिकताको ‘सत्य’ घुसाउने प्रयत्न गर्नु हुन्न ।
बरू यसविपरीत नाटकले लोकगायकको कलाले खेल्ने गरेझैँ भूमिका खेल्नुपर्दछ, जसमा दर्शकलाई निरन्तर के आग्रह गरिन्छ भने उसले जे–जति मञ्चमा घटित भएको दृश्य हेर्दै छ, त्योमात्र अतीतको लेखाजोखा हो, त्यसलाई दर्शकले आफ्नो तीक्ष्ण दृष्टिसहित केही दूरी राखेर (विथ डिट्याचमेन्ट) हेर्नुपर्ने हुन्छ । समग्रमा, ब्रेख्तले आफ्नो एपिक थिएटरको आधार वर्णनात्मक (न्यारेटिभ) अथवा अनाटकीय (अनड्रामाटिक) लाई नै माने । एपिक थिएटरको सम्बन्ध उनले सीधै अलगाव/पृथकपन/परकीयपन/दूरस्थता अथवा अन्तरजस्ता तत्वहरूसित जोडे ।
यसरी पार्थक्य प्रभाव (एलिएनेसन एफेक्ट) उत्पन्न गर्न उनले आफ्ना नाटकमा थुप्रै किसिमका विधिको प्रयोग गरे । यसको माध्यमबाट दर्शकलाई बारम्बार उसका अघि मञ्चमा यथार्थलाई कुनै भ्रमका रूपमा देखाइएको नभएर मानव स्वभावको एक नमुनाका रूपमा प्रस्तुत गरिँदै छ भनेर सचेत बनाइन्छ । अर्थात्, दर्शकमात्र एउटा नाटक हेर्दै छ, कुनै वास्तविकता होइन ।
‘कमेडी’ को सम्मिश्रण
वाल्टर बेन्जामिनले ब्रेख्तको एपिक थिएटरमाथि टिप्पणी गर्दै भनेका थिए – त्यसले एकैपटक दुई किसिमको प्रभाव दर्शकमाथि पार्दछ ः ब्रेख्त जहाँ नाटकीय तत्वहरूलाई ध्वस्त पार्दछन्, त्यहीँ उनी दर्शकलाई सोच्न बाध्य पार्नुका साथै एउटा अर्कै किसिमको हास्य उत्पन्न गरेर दर्शकलाई तनावमुक्त पनि पार्दछन् । वाल्टर बेन्जामिन ब्रेख्तियन थिएटर
(एपिक थिएटर) लाई समयको गर्भबाट फुटेको एउटा त्यस्तो वेगवान् सतरङ्गी धारा मान्दथे, जुन केही छिनसम्म आकाशमा फन्को मार्दै फेरि समयको गर्भमा आएर समाप्त हुन्छ ।
युवा माक्र्सवादी आलोचकहरूमा टेरी इगलटनको भनाइ के छ भने अर्ट ब्लाख, जर्ज लुकास, बर्ताेल्ड ब्रेख्त, वाल्टर बेन्जामिन र थियोडर अडोर्नोमध्ये ब्रेख्त नै त्यस्ता लेखक हुन्, जसमा कमेडीको तत्व पाइन्छ । केही आलोचकले ब्रेख्तका रचनामा कमेडी, विनोदप्रियता (ह्युमर) र विचारको एकैसाथ अद्भूत सम्मिश्रण भएको पाएका छन् । जीवनका अन्तिम वर्षमा ब्रेख्त आफ्ना नाटकको विचारधारालाई द्वन्द्वात्मक नाटकको संज्ञा दिन थालेका थिए । तर, धेरथोर यो नाम पनि ‘एपिक थिएटर’ को स्थापना नै थियो ।
एक खास विश्व–दृष्टिकोणको माध्यमबाट ब्रेख्तका नाटकमा जुन रचनात्मक संश्लिष्टता उत्पन्न भयो, त्यसकै फलस्वरूप आधुनिक नाटकलाई त्यस्तो गहिरो अन्तर्दृष्टि र चारित्रिक समृद्धि प्राप्त भयो । ब्रेख्तभन्दा अघि लेखिएका तथाकथित आधुनिक नाटकहरूमा यसको नितान्त अभाव थियो ।
समाजवादी कविको अवसान !
सन् १९२० को वरिपरि जुन ब्रेख्त आफ्नो रचना–संसारमा अत्यन्त उद्दण्ड र स्वेच्छाचारी थिए तर छैटौँ दशकको पूर्वाद्र्धमा तिनै ब्रेख्त पूर्वी जर्मनीका समाजवादी समाजको शिखर पुरुषका रूपमा स्थापित भए । उनको निर्देशनमा बर्लिन र इनसेम्बलेले विश्वव्यापी प्रसिद्धि प्राप्त ग¥यो । उनले पूर्वी जर्मनीमा वाल्टर उलबिखतको शासनकाल (सन् १९५१) मा मात्रै केही कठिनाइ भोग्नुप¥यो । उलब्रिख्त शासनले सन् १९४० मा प्रसारित रेडियो नाटकको आधारमा लेखेको ब्रेख्तको ‘अपेरा दि ट्रायल अफ लुकुलस’ लाई केही समय मञ्चन गरिसकेपछि शान्तिवादको पोषक भएको आरोप लगाएर प्रदर्शन गर्ने अनुमति दिन अस्वीकार गरेको थियो ।
सन् १९५४ मा बर्लिनर इनसेम्बले आफ्नो निजी भवन–सिफ बाउरदम थिएटरमा स¥यो । यहाँ एकताका सन् १९२८ तिर ब्रेख्तको नाटक ‘श्री पेनी अपेरा’ ले औधी नाम कमाएको थियो । मे १९५५ मा ब्रेख्तलाई लेनिन शान्ति पुरस्कारले सम्मानित गरियो र पुरस्कार लिन उनी मस्को गए । २७ अगस्त १९५६ देखि बर्लिनर इनसेम्बलेको टीम आफ्ना नाटकको प्रदर्शन गर्न लण्डन जानुपर्ने थियो । तर, यसको केही दिनअघि मात्रै मङ्लबार १४ अगस्त १९५६ मा हृदयाघातका कारण बीसौँ शताब्दीका यी महान् कवि–नाटककारको देहान्त भयो ।
सरल भाषामा सर्वसाधारणका कुरा
नाटकका लागि एक अभीष्ट माक्र्सवादी सौन्दर्यशास्त्र निर्माण गर्ने प्रयासमा ब्रेख्त कतिसम्म सफल भए, यस प्रश्नमा विद्वान्हरूबिच आजसम्म पनि मतभेद छ । तर पनि एक समर्थ नाटककार र त्यसभन्दा पनि बढी एक सशक्त कविका रूपमा उनको प्रतिष्ठा विश्व रङ्गमञ्च र कविताको फलकमा आज पनि सन्देहरहित छ । सामाजिक र राजनीतिक चेतनालाई लेखनको पहिलो सर्त मान्दै ब्रेख्तले माक्र्सवादको द्वन्द्वात्मक सिद्धान्तलाई कवितामा कायम राखे ।
व्यक्ति र समूहबिचको वास्तविक द्वन्द्वलाई बलियोसित पक्रँदै उनले विशेषगरी छोटा कविता धेरै लेखे । शब्दको भरमारबाट कवितालाई जोगाए र भाषाका भड्किला कपडालाई फ्याँकेर आवरणहीन र कम्पायमान भाषालाई समाजको तल्लो वर्गसम्म पु¥याए, जहाँ यस दापबिनाको भाषाले कवितालाई हतियारको रूप दिन सक्यो ।
दुई ठुला युद्धको अवधिमा मात्रै होइन, युरोप र अमेरिकाका बुर्जुवा कविहरूले कवितालाई विलासको साधन मान्दै त्यसलाई केबल सुविधाभोगी, सम्पन्न र पढेलेखेका मानिसको सम्पत्ति ठानेका बेला पनि उनी दरिलोसित आफ्ना कवितामा जनपक्षधरको नाताले लडी नै रहे । उनको यो कविता जर्मन साहित्यको समकालिकमात्र होइन कुनै पनि युगको साहित्यको अमूल्य धरोहरका रूपमा सुरक्षित राख्न लायकको छ ।
दुःखको कारणको खोजी
कला र राजनीतिबारे आफ्ना विचार व्यक्त गर्दै ब्रेख्तले के प्रस्ट पारे भने : कलाको महत्व त्यतिखेरसम्म हुन्छ जहिलेससम्म मनुष्य जातिको अस्तित्व रहिरहन्छ, मनुष्यको अस्तित्व समाप्त भएको खण्डमा कला पनि आफै नष्ट हुनेछ । अति धेरै सुन्दर शब्दलाई एकै ठाउँमा जोड्नाले मात्र त्यो कला बन्दैन भन्ने भनाइ पनि उनको थियो । मात्र यही कारण उनले आफ्ना कवितामा एक ग्रामीण काव्तषाको संसार पनि निर्माण गरे र अन्तिमसम्म यस लोकभाषाको जबरजस्त समर्थक भइरहे ।
नाटक र कविताका अतिरिक्त कौयनर महोदयका कथाहरू र ‘ब’ महोदयका कथाहरूमा ब्रेख्तले शब्दहरूमा जुन मितव्ययिताको परिचय दिए, त्यो पनि अन्यत्र दुर्लभ छ । जर्मन साहित्यका एक समीक्षक सीगफ्रीडले ब्रेख्तका यी छोटा कथालाई जर्मन गद्यका रत्न भनेका छन् । उनको के पनि मान्यता छ भने ‘क’ महोदयको मनपरेको जनावर कथा निश्चित रूपले ब्रेख्तको आत्मचित्र (सेल्फ पाट्रेट) हो अर्थात् ब्रेख्तको नैतिकता, शिक्षाहरू र बुद्धिमानीको मिल्दोजुल्दो रूप हो । ‘क’ (कौयनर) सिरिजका कथामा ‘क’ महोदय कि त ब्रेख्त स्वयम् हुन् वा नभए कम्युनिस्ट विचारबाट सम्पन्न व्यक्ति कोही हो भने ‘ब’ सिरिजमा स्वयम् ब्रेख्त नै ‘ब’ हुन् । ‘ब’ सिरिजको अङ्ग्रेजी अनुवाद पनि धेरै कम देख्न पाइन्छ ।
माक्र्सवादप्रतिको ब्रेख्तको प्रतिबद्धताले उनलाई लेख्ने गहन व्याकुलता प्रदान ग¥यो । त्यसले त्यस्तो सशक्त दृष्टिकोण पनि दियो, जसको माध्यमबाट उनी संसारमा जेजति घटना घटित हुने गरेका छन्, तिनको वैज्ञानिक सर्वेक्षण–विश्लेषण प्रस्टसित गर्न सक्षम भए । उनीभित्र एउटा मानवीय कविको जुन इमानदारी र छटपटी थियो, त्यसले उनलाई चरित्रहरूको जीवन्त सत्यबाट कहिल्यै अलग हुन दिएन ।
आफ्ना रचनामा उनले दुःखको वर्णनमात्रै गरेनन्, बरु दुःखका कारणको जाँचबुझ पनि गहिरोसित गरे । यसरी नाटकका पात्रको चित्रण गर्दा उनले एकातिर इमानदार नाटककारको भूमिका खेले भने अर्कातिर यही सत्यनिष्ठाका कारण अन्तिम अवधिका नाटकमा उनी मूलभूत उद्देश्त्न्दा निकै अघि बढे । यद्यपि, तिनको अवधारणा माक्र्सवादी पाठ अनुरूपै थियो । एक सत्यनिष्ठ, इमानदार र मानवीय व्यक्तिको रचनात्मक संवेदनाको यो उच्च छलाङले नै ब्रेख्तलाई एक महान् कवि र नाटककारका रूपमा स्थापित ग¥यो ।
समाप्त
Leave a Reply