भर्खरै :

जनतासितको काममा मुख्य जोड दिएर पार्टीको नेतृत्वलाई सुदृढ पार्नु पर्दछ

जनतासितको काममा मुख्य जोड दिएर पार्टीको नेतृत्वलाई सुदृढ पार्नु पर्दछ

पार्टीले जनतासितको काममा मुख्य जोड दिएर पार्टीको नेतृत्व सुदृढ पार्नु नै एक नेतृत्वदायी राजनैतिक सङ्गठनको आफ्नो अभिभारा र कर्तव्य पूरा गर्नको लागि मूलभूत बाटो हो ।
मानिसमा केन्द्रित जुछे विचारधाराको आधारमा हाम्रो पार्टीले मजदुर–वर्गीय पार्टीहरूको निर्माणको इतिहासमा पहिलो पटक जनताको काम नै पार्टी गतिविधिको मूल आधार हो भन्ने नयाँ सिद्धान्त प्रस्तुत गरेर पार्टी नेतृत्व सुदृढ पार्न अटुट रूपले काम गर्दै आएको छ ।
पार्टी कार्यको विकासको दृष्टिकोणले हेर्दा हाम्रो पार्टीको निर्माणको र गतिविधिहरूको बाटो भन्नु नै मानिससितको कामलाई पहिलो प्रक्रियाको रूपमा प्रस्तुत गरेर मानिससितको कामद्वारा नै पार्टीलाई बलियो पार्ने र क्रान्ति तथा निर्माण कार्यमा नेतृत्व दिने हो । महान् नेता किम इल सङको निर्देशनमा कोरियाली कम्युनिस्टहरूले पार्टीको स्थापनाको लागि तयारी गरेको सुरूको अवधिदेखि नै मानिससितको कामद्वारा क्रान्तिको आधारभूत संरचना निर्माण गरे र पार्टीको सङ्गठनात्मक र विचारधारात्मक आधारहरू बसाले र व्यापक जन समूहलाई जगाएर नै जापान–विरोधी सशस्त्र सङ्घर्षलाई विजयतिर पु¥याएर राष्ट्रिय मुक्तिको लक्ष्य पूरा गरे । मुक्तिपछि पार्टी स्थापना भएदेखि नै शासक पार्टीको रूपमा काम गरेर हाम्रो पार्टीले सधैँभरि मानिससितको कामद्वारा नै आफूलाई सङ्गठनात्मक र विचारधारात्मक रूपले सुदृढ पायोः– क्रान्ति तथा निर्माण कार्यलाई विजयतिर डो¥यायो र कठिन परिस्थिति वा गाहारो अभिभाराको सामना गर्नु परेको हो । जुनसुकै बेलामा पनि मानिससितको आफ्नो कामलाई अझ बलियो पारेर क्रान्तिलाई अगाडि बढाइएको छ ।
पार्टी र क्रान्तिको विकासको मागअनुसार पार्टी कार्यलाई पूर्णरूपले मानिससितको काममा परिणत गरेर मानिससितको कामद्वारा हाम्रो पार्टीको शक्तिलाई अझ बढाउनु पर्दछ र पार्टीको नेतृत्वदायी भूमिका स्थिर रूपले बढाउँदै जानु पर्दछ ।
मानिससितको काममा मुख्य जोड दिएर पार्टीको नेतृत्व सुदृढ पार्ने काममा जरूरी कुरा के हो भने सबभन्दा पहिले पार्टीले आम जनताको भाग्यको जिम्मेदारी बोकेको आभा पार्टीको रूपमा आफ्नो कर्तव्य पूरा गर्नुपर्दछ ।
हाम्रो पार्टीको गतिविधिको मौलिक सिद्धान्त के हो भने पार्टीले जनताको भाग्यको जिम्मेदारीसाथ हेरचाह गर्ने आमा बन्नु पर्दछ ।
मजदुर–वर्गीय पार्टी निस्केको नै जनताको भाग्यको बाटो तयार गर्ने क्रान्तिकारी सङ्घर्षको आवश्यकता पूरा गर्नलाई हो र त्यस पार्टीले जनताको भाग्यको जिम्मेदारीसाथ हेरचाह गर्नुलाई नै आफ्नो मूलभूत पवित्र अभिभारा बनाएको छ । पार्टी र आम जनताको सम्बन्ध भन्नु नेतृत्व दिने र नेतृत्वमा रहनेको बिचको सम्बन्ध हो, जीवन दिने र लिनेको बिचको सम्बन्ध हो र जनताको भाग्यको हेरचाह गर्नेहरू र त्यस्तो हेरचाह गर्न जिम्मादिनेहरूको बिचको सम्बन्ध हो । पार्टी जनताको आमाले सरह जनतालाई माया गरेर उनीहरूको हेरचाह सबभन्दा धेरै गर्यो भने पार्टी र जनताको सम्बन्ध अधिकतम दरो र बलियो हुनेछ ।
हाम्रो पार्टीले आम जन समूहको पूर्ण समर्थन र विश्वास प्राप्त गरेको छ र स्थिर रूपले आफ्नो नेतृत्वदायी स्थिति बलियो पार्दै लगेको छ । यसको कारण के हो भने पार्टीले जनताको भाग्यको जिम्मेदारी लिने आमा पार्टीको रूपमा आफ्नो कर्तव्य सफलतासाथ पूरा गरेको छ । हाम्रो पार्टीले आम जनसमूहलाई राज्य र समाजको सच्चा मालिक बनायो, जनतालाई अमूल्य राजनैतिक ज्यान दिएर त्यसलाई उज्ज्वल पार्न लगायो र जनताको भौतिक र सांस्कृतिक जीवनको पूरा जिम्मेदारी लिएर हेरचाह गर्यो । हाम्रो पार्टीले सबै गतिविधिको केन्द्रमा जनतालाई उभ्यायो र सबै पार्टी गतिविधिलाई जनतालाई सामाजिक प्राणीको रूपमा सम्मानपूर्ण जीवन र सुख उपभोग गराउने सङ्गठनात्मक र राजनैतिक कार्य बनाउने कुरा पक्का पा¥यो । यसप्रकार पार्टी जनताले साँच्चै नै आफ्नो भाग्य पूरै सुम्पन सक्ने आमाको अँगालो हुन गयो ।
हामीले हाम्रो पार्टीका जरूरी आवश्यकताहरू पूरा गरिरहनु पर्दछ । पार्टीले आमा पार्टीको रूपमा आफ्नो कर्तव्य अझ राम्ररी पूरा गर्ने कुरा पक्का पार्नु पर्दछ ।
हाम्रो पार्टीले आमा पार्टीले झैँ काम गर्ने हो भने हामीहरूले आम जनतालाई सबभन्दा मूल्यवान र शक्तिशाली प्राणी ठान्ने, भित्र हृदयदेखि विश्वास गर्ने र माया गर्ने जुछे दृष्टिकोण बसाल्नु पर्दछ ।
पार्टीको जनताप्रतिको प्रेम र विश्वासको अभिव्यक्ति मुख्यतः पार्टीले जनताका व्यापक समूहहरूको इच्छा र माग प्रतिबिम्बित गरी पार्टीका कार्यादिशाहरू र नीतिहरू तर्जुमा गर्दा र जनताको सिर्जनात्मकतालाई प्रयोग गरी ती कार्यदिशा र नीतिहरू कार्यान्वित गर्दा हुन्छ । जापानविरोधी क्रान्तिकारी सङ्घर्षको बेलाको सम्झना गर्दै महान् नेता किम इल सङले के भन्नुभयो भने आम जनता नै क्रान्तिको सत्य सिकाउने बुद्धिमान गुरु हुन् । आम जनतालाई गुरु मानेर उनीहरूलाई अगाडि उभ्याउनु नै हाम्रो पार्टीको परम्परागत गतिविधिको सिद्धान्त र कार्यको सिद्धान्त हो । हामीले सदैव आम जनताबाट खुला मनले सिक्नु पर्दछ, उनीहरूलाई सम्मान गर्नु पर्दछ र आम जनताकै शक्तिलाई प्रयोग गरेर सबै समस्याहरूको समाधान गर्नु पर्दछ । हामीले जनताको बिचको हाम्रो कामलाई अझ तीव्र पारेर पार्टीका सबै कार्यदिशा र नीतिहरूलाई जनताका इच्छा र आकाङ्क्षाको पूरै प्रतिबिम्ब गर्ने पूर्ण रूपले स्वाधीन र जनमुखी कार्यदिशा र नीति पार्नु पर्दछ† जनताको सिर्जनात्मकतालाई पूरा उपयोग गरेर ती कार्यादशा र नीतिलाई अझ राम्ररी कार्यान्वित गर्नु पर्दछ ।
आमा पार्टीको माया र विश्वासको अभिव्यक्त पार्टीले जनताको सामाजिक–राजनैतिक जीवन र भौतिक तथा सांस्कृतिक जीवनको पूरा जिम्मेदारी लिएर हेरचाह गर्नमा हुन्छ । सामाजिक प्राणी मानिसको लागि सबभन्दा महत्वपूर्ण कुरा उसको राजनैतिक जीवन र राजनैतिक ज्यान हो । हामीले पार्टी कार्य अर्थात् मानिसका बिचको कार्यका पार्टी सदस्यहरू र श्रमिक जनताको राजनैतिक ज्यानको प्रश्नमा मुख्य ध्यान दिनु पर्दछ । आमाले आफ्ना छोराछोरीको ज्यानको माया र चासो लिएझैँ जनताको राजनैतिक ज्यानप्रति माया र चासो लिनु पर्दछ । उनीहरूले आफ्नो राजनैतिक ज्यानलाई एक थोपा पनि दाग नपारीकन अन्तसम्म उज्ज्वल पार्ने गरी उनीहरूलाई डो¥याउनु पर्दछ । यसको साथै हामीले जनताको भौतिक र सांस्कृतिक जीवनप्रति गहिरो ध्यान दिनु पर्दछ र जनतालाई अझ बढी उन्नत र सुसंस्कृत जीवन दिनको लागि लगनसाथ सङ्घर्ष गर्नु पर्दछ ।
जनताप्रति माया र विश्वासको ठोस अभिव्यक्ति पदाधिकारीहरूको जनमुखी लक्षण हर स्वभावमा देखिन्छ । हाम्रा सबै पदाधिकारीहरूले जनतासित सँगै सुख दुःख भोगेर जनताको निम्ति लगनसाथ लड्ने र उनीहरूमा सरल, विनम्र, निष्पक्ष र न्यायप्रेमी हुने जनमुखी गुण हुने गराउन हामीले ध्यान दिनु पर्दछ ।
मानिससितको कार्यमा मुख्य जोड दिएर पार्टी नेतृत्वलाई सुदृढ पार्नको लागि पार्टी–तरीका, राजनैतिक तरीका साकार पार्नु पनि महत्वपूर्ण छ ।
समाजवादी समाजमा मजदुरवर्गको पार्टीले शासक पार्टीको रूपमा शासन–सत्ता लिएको हुन्छ, तर यसले आफ्नो शक्ति प्रयोग गर्ने तरीकाले जनताको इच्छाअनुसार राज्यको मामला चलाउन सकिँदैन । समाजवादी समाजमा आम जनताले शासन–सत्ता कब्जा गरेको हुन्छ । त्यसकारण, शासन–सत्ताको बलमा जनतालाई कर्मचारीतन्त्र र प्रशासनिक ढङ्गले हकम दिनु समाजवादी शासन सत्ताको प्रकृतिकै विपरीत पर्दछ । पार्टी र राज्यले जनताको ज्यान र जीविकाको पूरा जिम्मेदारी लिएको समाजवादी समाजमा कर्मचारीतन्त्र तथा प्रशासनिक रूपले काम गर्ने तरीका निकै हानिकारक हुन्छ । पार्टीले यो कार्य–तरीकालाई मान्न थाल्यो भने पार्टीले जनताको समर्थन र विश्वास गुमाउँछ र आफ्नो अस्तित्व समेतलाई खतरामा पार्दछ । त्यसकारण, हाम्रो पार्टीले सधँैभरि के कुरामा जोड दिन्छ भने जनतामाथि हुकुम चलाउनु र कर्मचारीतन्त्र चलाउनु भनेको मानिसले विषालु औषधि खानु सरह हो । हुन त कर्मचारीतन्त्रको र प्रशासनिक कार्य–तरीकाको विरोध गर्ने नाममा पार्टीले शासक पार्टीको हैसियतले लिनुपर्ने आफ्नो नेतृत्व त्याग्ने र राज्यको शासन–शक्ति कमजोर पार्ने काम समाजवादी समाजमा गर्न सकिँदैन । समाजवादी समाजमा, बरु यस्तो कर्मचारीतन्त्रको र प्रशासनिक कार्य–तरीका रहन्छ भने त्यो कुराले पार्टीले निर्देशन नदिएको र जनताको शासन–सत्ताका अङ्गहरूले आफ्नो अन्तर्निहित प्रकृतिअनुरूप काम नगरेको भन्ने देखाउँछ । पार्टीले निरन्तर आफ्नो नेतृत्वकारी स्थिति सुदृढ पार्दै मजदुर–वर्गीय पार्टीको राजनैतिक तरीकासित मिल्ने गरी निर्देशन दिनु पर्दछ, र जन शासन–सत्ताका अङ्गहरूले पनि समाजवादी राजनीतिको अन्तर्निहित प्रकृतिकसित मिल्ने गरी काम गर्न लगाउनु पर्दछ ।
हाम्रो पार्टीले जुछे खालको पार्टीको प्रकृतिलाई सुहाउने गरी पार्टीको कार्यतरीका स्थापना गर्ने कुरालाई पार्टीको निर्माण र पार्टीको गतिविधिको आधारभूत कुरा ठानेर आफ्नो स्थापनाको सुरुका दिनहरूदेखि नै पार्टी कार्यमा राजनैतिक तरीका प्रयोग गर्न जोडतोडले प्रयत्न गरेको छ । हाम्रो पार्टीले समाजवादी निर्माणका व्यावहारिक मागहरू पूरा गर्न परम्परागत जापान–विरोधी गेरिल्ला कार्यपद्धति प्रयोग गरेर छोङसान–रि भावना र छोङसान–रि पद्धति सिर्जना गर्यो र सम्पूर्ण पार्टीभरि यो भावना र पद्धति प्रयोग गरेको छ । यस्तो गरेर पहिले पार्टी–भित्र पार्टी–विरोधी, क्रान्ति–विरोधी गुटबन्दीवादी तत्वहरूले ल्याएका कर्मचारीतन्त्रको र प्रशासनिक कार्य–पद्धतिलाई अन्त गरियो र मानिससितको सङ्गठनात्मक र राजनैतिक कार्यमा जोड दिएर क्रान्तिकारी कार्य–पद्धति अर्थात् पार्टीको र राजनैतिक कार्यको पद्धति बसालियो । हामीले अब विकसित हुँदै गएको क्रान्तिका मागहरू र कष्टपूर्ण सङ्घर्षमा तालिम नपाएका नयाँ पुस्ताका मजदुरहरूको सङ्ख्या लगातार बढ्दै गइरहेको परिस्थितिलाई सुहाउने गरी पार्टीको र राजनैतिक कार्यको तरीका कार्यान्वित गर्न अटुट प्रयत्न गरिरहनु पर्दछ ।
पार्टीको र राजनैतिक तरीकाले काम गर्नुको अर्थ राजनैतिक कार्यलाई प्राथमिकता दिने र जनतालाई बुझाउने र सम्झाउने गरी पार्टीका अभिप्रायहरूको जानकारी दिनु हो । हुकुम र निर्देशहरू दिने तरीकाले मानिसको विचार चलाउन सकिंँदैन । हुकुम र निर्देशहरू दिएर जनतालाई जगाई सक्रिय पार्न खोज्ने बानी भएका मानिसहरूको हामीले कडा विरोध गर्नु पर्दछ† राजनैतिक कार्यलाई अरु सबथोकभन्दा पहिले राख्नु पर्दछ र जनतालाई प्रभावकारी रूपले सम्झाइबुझाइ तथा शिक्षा दिई उनीहरूलाई पार्टीका अभिप्रायहरू दिलैदेखि मान्न लगाउनु पर्दछ र काम गर्न प्रेरित गर्नु पर्दछ । फेरि, पदाधिकारीहरूले ‘सम्पूर्ण पार्टी आम जनताको बिचमा जाऊन्’ भन्ने नारा उठाएर सधैँभरि आम जनताका बिचमा उनीहरूसँगै सुख दुःख भोग्न जानु पर्दछ । उनीहरूलाई शिक्षा दिई कार्यमा जगाउन पर्दछ । साथै जनताबाट सिकेर लिई आफूलाई सुधार्नु पर्दछ ।
पार्टीको र राजनैतिक तरीका बसाल्नको लागि पुराना बेकम्मा कार्य–तरीकाहरूलाई अन्त गर्ने सङ्घर्ष चर्काउनु पर्दछ । पदाधिकारीहरूले शोषक समाजका विचारधारात्मक अवशेषहरू लिइरहन सक्ने हुनाले समाजवादी समाजमा पुराना कार्य–पद्धतिहरू अभिव्यक्त हुनसक्छन् । हामीले पदाधिकारीहरूलाई नेतृत्वको जुछे सिद्धान्त र तरीकाद्वारा सज्जित पार्न शैक्षिक कार्य तीव्र पारेर तथा पाना कार्य–तरीका र कार्य–शैलीहरू निर्मूल पार्न विचारधारात्मक सङ्घर्ष जोडतोडले बढाएर पार्टीभित्र अझ दरोसित क्रान्तिकारी कार्य–तरीका अर्थात् पार्टीको र राजनैतिक तरीका कायम गर्नुपर्दछ । मानिससितको कार्यलाई मुख्य महत्व दिई पार्टीको नेतृत्व उन्नत पार्नको लागि पार्टी कार्यको पद्धति दरोसित बसाल्नु जरूरी छ ।
अरु सबथोक भन्दा पहिले, आन्तरिक पार्टी कार्य पद्धति अझ बढी राम्ररी बसाल्नु पर्दछ ।
पार्टी सदस्यहरू र आम जनतासित गरिने सुव्यवस्थित कार्य–पद्धति हाम्रो पार्टीमा कायम भइसकेको छ । यो पद्धतिको सजीव–शक्ति लामो व्यावहारिक सङ्घर्षको क्रममा प्रमाणित भइसकेको छ । विकसित
हँुदै गएको परिस्थितिका आवश्यकताहरू पूरा गर्नको लागि हामीले आन्तरिक पार्टी–कार्यपद्धति गहिरोसित विकास गरेर पार्टी कार्यलाई पूर्ण रूपले मानिसहरू बिचको कार्य तुल्याउनु पर्दछ ।
सम्पूर्ण पार्टीले मानिसहरूसित काम गर्ने पद्धति दरोसित बसाल्नु जरूरी छ । यो पद्धति त्यस्तो कार्य–पद्धति हो जुन पद्धतिअन्तर्गत एक जनाले दस जनालाई, दस जनाले सय जनालाई, सय जनाले हजार जनालाई, हजार जनाले दस हजार जनालाई शिक्षा दिएर काम गर्न जगाउँदै जान्छ । पार्टीको होस् वा प्रशासनिक अङ्गको होस्, माथिल्लो अङ्गको होस् वा तल्लो अङ्गको होस् सबै कामदारहरूले, चाहे तिनीहरू पार्टीका पदाधिकारी होस् वा सामान्य पार्टी–सदस्यहरू ती सबैले मानिससितको कामलाई महत्वपूर्ण अभिभारा ठानेर त्यसलाई सक्रियतासाथ सञ्चालन गर्नु पर्दछ । हामीले यस्तो कार्य–पद्धति दरोसित बसाल्नुपर्दछ, जुन पद्धतिअन्तर्गत माथिल्लो पदमा रहेकाहरूले आफू मुनिकालाई जिम्मेदारीसाथ शिक्षा दिन्छन् । पार्टीका पदाधिकारी तथा सदस्यहरू आम जनताका बिचमा गएर उनीहरूलाई शिक्षा दिन्छन् । यसरी सबै कर्मचारीहरू र पार्टी सदस्यहरू मानिससितको कामका पात्र बन्ने र साथै उनीहरूले पनि यो काम गर्ने कुरा पक्का पार्नु पर्दछ ।
मानिससितको काममा मुख्य जोड दिई क्रान्ति र निर्माण कार्यमा निर्देशन दिन सकिने गरी पार्टीको नेतृत्व–पद्धति सही तरीकाले बसाल्नु पर्दछ ।
हाम्रो पार्टीले यस्तो कार्य–पद्धति स्थापना गरेको छ, जुन पद्धतिबाट सबै तहका पार्टी समितिहरूले सम्बन्धित एकाइहरूका सर्वोच्च नेतृत्व अङ्गहरूका हैसियतले सबै गतिविधिहरूमा निर्देशन दिएर क्रान्ति र निर्माणमा पार्टीको एकीकृत राजनैतिक नेतृत्व पक्का पार्दछन् । साथै मानिससितको कार्यद्वारा आम जनताको सिर्जनात्मक शक्तिलाई अधिकतम उपयोग गरिनुपर्छ । भविष्यमा पनि हामीले पार्टीको नेतृत्व पद्धतिलाई सुदृढ र विकसित पार्नु पर्दछ, जुन पद्धतिद्वारा पार्टी समितिको सामूहिक नेतृत्वअन्तर्गत राजनैतिक कार्य, मानिससितको कार्यको माध्यमद्वारा सबै मामलाको समाधान गरिने छ । हामीले यस्तो एउटा पद्धति र व्यवस्था दरोसित बसाल्नु पर्दछ, जुन पद्धति र व्यवस्थाले सबै तहका पार्टी समितिहरूले सम्बन्धित राज्यगत, आर्थिक र सांस्कृतिक संस्थानहरू र सामाजिक सङ्गठनहरूका गतिविधिहरूको एकीकृत नियन्त्रण गर्नेछन्† राजनैतिक तरीकाले निर्देशन दिनेछन् । सबै क्षेत्रका कर्मचारीहरूले आआफ्ना काम सञ्चालन गर्दा पार्टी समितिहरूमा दरोसित भर पर्दै राजनैतिक कार्य अर्थात् मानिससितको कार्यलाई प्राथमिकता दिनेछन् ।
खास गरी आर्थिक मामलाहरूमा पार्टीको राजनैतिक नेतृत्व पद्धतिलाई सुदृढ पार्नु पर्दछ । समाजवादी आर्थिक निर्माणको सही रूपले सञ्चालन मजदुर–वर्गीय पार्टीको नेतृत्वमा मात्र हुनसक्दछ । हामीले आर्थिक निर्मातामा पार्टीको राजनैतिक निर्देशन पद्धतिलाई दरोसित प्रतिरक्षा गर्नु र अझ सुदृढ पार्नु पर्दछ । यसरी क्रान्तिको राजनैतिक अभिभारा तथा समाजवादको प्रकृतिसित मिल्ने गरी समाजवादी अर्थतन्त्रलाई विकसित पार्नु पर्दछ । आर्थिक गतिविधिहरूमा पार्टीको राजनैतिक नेतृत्वलाई सुदृढ पार्ने हो भने हाम्रो पार्टीद्वारा बसालिएको देआन कार्य–पद्धतिलाई पूर्ण रूपले प्रयोग गर्नु पर्दछ । देआन कार्य–पद्धति भनेको पार्टी समितिहरूको सामूहिक नेतृत्वअन्तर्गत राजनैतिक कार्य, मानिससितको कार्यलाई प्राथमिकता दिने सिद्धान्तको आधारमा अर्थतन्त्रको प्रबन्ध गर्ने पद्धति हो । सबै तहका पार्टी समितिहरूले देआन कार्य पद्धतिको आवश्यकताअनुसार आर्थिक गतिविधिहरूको बाटो देखाउने काम सही रूपले गर्नु पर्दछ र सबै कर्मचारीहरूले पार्टी समितिद्वारा छलफल गरी निर्णय गरिएका नीतिहरूअनुसार मानिससितको कामलाई प्राथमिकता दिएर अर्थतन्त्रको प्रबन्ध गर्नु पर्दछ ।
हामीले पार्टी कार्यलाई पूर्ण रूपले मानिससितको काम तुल्याएर तथा यो कामद्वारा क्रान्ति र निर्माणमा पार्टीको नेतृत्व साकार पारेर हाम्रो पार्टीलाई स्थिर रूपले सुदृढ र विकसित पार्नु पर्दछ र समाजवादी निर्माणमा अझ बढी ठुलठुला विजयहरू प्राप्त गर्नु पर्दछ ।
आज हाम्रो पार्टीले आफ्नो स्थापनाको ४५ सौँ वार्षिकोत्सव मनाइरहेको बेला पहिलेको कुनै पनि समयमा भन्दा बढी सुदृढ रूपले सङ्गठनात्मक र विचारधारात्मक दृष्टिले एकताबद्ध भएको छ । आफ्ना हेतुको न्यायोचितामा र विजयमा विश्वस्त भएर महान् जुछे विचारधाराले देखाएको बाटोमा जोडतोडले अगाडि बढिरहेको छ । महान् नेता किम इल सङले जापानविरोधी क्रान्तिकारी सङ्घर्षको राँकोमा जुछे खालको पहिलो पार्टी सङ्गठन बनाउनु भएको बेलादेखि हाम्रो पार्टी सदा–विजयी क्रान्तिकारी पार्टीको रूपमा सुदृढ र विकसित भएको आजको बेलासम्मको ६० वर्षको अवधिभरिको हाम्रो पार्टी–निर्माणको सम्पूर्ण क्रमलाई बुद्धिमत्तापूर्ण रूपले पथ–प्रदर्शन गर्नुभएको छ । उहाँले निरन्तर पार्टीको शीर्षस्थ पदमा बसेर सबै पार्टी सदस्य र सम्पूर्ण जनतालाई सङ्गठित पार्दै विजयको बाटोमा डो¥याइरहनुभएको छ र पार्टीको पछि लागेका र पार्टीको नेतृत्वको समर्थन गरिरहेका हाम्रा जनताको क्रान्तिकारी उत्साह पहिले कहिल्यै नभए जति उच्च भएको छ । हाम्रा जनताले कोरियाली मजदुर पार्टीको नेतृत्वमा आफ्नो लागि उज्ज्वल भविष्य देख्नेछन् र आफूलाई पार्टीले नेतृत्व दिएको हुनाले उनीहरू जुछेको क्रान्तिकारी लक्ष्य पूरा गर्ने छौँ भनी विश्वस्त छन् ।
महान् नेता कामरेड किम इल सङको बुद्धिमत्तापूर्ण निर्देशनमा जुछे विचारधाराको झन्डा उठाएर आम जनताको असीम समर्थन तथा विश्वास पाएर क्रान्ति र निर्माणमा नेतृत्व दिइरहेको हाम्रो पार्टीको सामु विजय र गौरव मात्र रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *