जेन्युइनमा बृहत् प्रदर्शनी तथा खाद्य मेला आयोजना
- कार्तिक २०, २०८२

भक्तपुर, १ भदौ । भक्तपुर नगरपालिकाको पाक्षिक कार्यक्रमअन्तर्गत आइतबार भनपा वडा नं. २ स्थित सहिद स्मृति खेलमैदान र नःपुखु परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा साबिक वडा नं. १५ का वडाध्यक्ष रवीन्द्र खर्बुजाले सफाइ हामी सबैको लागि स्वस्थ रहन हो भन्दै आ–आफ्नो ठाउँ सफा राख्नुपर्ने बताउनुभयो । भक्तपुर नपाले विगतदेखि सरसफाइ गर्दै आएको उल्लेख गर्दै उहाँले भक्तपुरमा सफाइको जनचेतना फैलाउन गाईजात्रा र तःमुंज्याको मञ्चमा सचेतनामूलक नाटक प्रदर्शन गर्नुका साथै कार्टुनहरूको प्रदर्शनी गरिएको स्मरण गर्नुभयो ।
उहाँले भक्तपुर सदाचारको टापुको रूपमा चिनिएको चर्चा गर्दै ४५ औँ नेपालभाषा साहित्य तःमुंज्या नःपुखु परिसरमा हुनलागेकोमा खुसी व्यक्त गर्दै सबैमा आर्थिक, भौतिक, नैतिक र साहित्यिक सहभागिताको लागि अनुरोध गर्नुभयो ।
वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले सफाइ आन्दोलन सँगसँगै कला र संस्कृति, सम्पदा संरक्षणको क्षेत्रमा अग्रणी भूमिका खेल्दै सङ्घर्षको क्षेत्रमा स्थापित रहेको भनपाले स्थानीय जनतालाई स्वाभिमानीपूर्वक आत्मनिर्भर बन्न युवा र महिलालक्षित विभिन्न सीपमूलक कार्यक्रम तथा तालिमहरू सञ्चालन गर्दै आएको बताउनुभयो ।
उहाँले वर्षायामसँगै विभिन्न सरुवा रोगहरू फैलिरहेकोले सम्पूर्ण नगरवासीहरूलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दै सफाइ कार्यक्रमको महत्वबारे चर्चा गर्नुभयो ।
वडा सदस्यद्वय श्यामसुन्दर मातां र मञ्जुमैया लाखाजुले बोल्नुभएको उक्त कार्यक्रममा जनप्रतिनिधिहरू, वडाका विभिन्न सहकारी संस्था, विद्यालय, पुस्तकालय, स्थानीय छिकोङ समूहका महिलालगायत कर्मचारीहरूको सहभागिता थियो ।
Leave a Reply