भर्खरै :

रुसी बालसाहित्य चर्चा र रुसी बालकथा ‘अन्तर्वार्ता’ को समीक्षा कार्यक्रम

रुसी बालसाहित्य चर्चा र रुसी बालकथा ‘अन्तर्वार्ता’ को समीक्षा कार्यक्रम

काठमाडौँ, ७ भदौ । नेपाल–रुस साहित्य समाज, बालवाङ्मय तथा अनुसन्धान केन्द्र र रुसी सदनको आयोजनामा रुसी बाल साहित्यसम्बन्धी चर्चा र तमारा पत्योम्किनाकृत र रामविन्दु श्रेष्ठबाट अनुदित रुसी बालकथा ‘अन्तर्वार्ता’ को समीक्षा कार्यक्रम शुक्रबार भयो ।
नेरुसासका महासचिव ई. रामविन्दु श्रेष्ठले स्वागत गर्दै बालसाहित्यको महत्व, तिनले केटाकेटीको चरित्र निर्माणमा खेल्ने भूमिका र रुसी बालसाहित्यबारे सङ्क्षिप्त चर्चा गर्नुभयोे । उहाँले सन् १९१७ को बोल्शेभिक क्रान्तिले बाल साहित्यमा आमूल परिवर्तन ल्याएको र यसले साहित्यलाई समाजवादी आदर्श र प्रगतिशील कलात्मक शैलीतर्फ केन्द्रित गर्दै सोभियत जीवन र मूल्यको सकारात्मक चित्रणमार्फत समाजवादी शैली स्थापित गरेको प्रकाश पार्नुभयो ।
बालवाङ्मय तथा अनुसन्धान केन्द्रकी महासचिव शान्ति सापकोटाले सो संस्थाले प्रकृति, वातावरण, स्वास्थ्य आदि क्षेत्र समेटेर विभिन्न प्रकाशन र पुरस्कारहरू पनि प्रदान गर्दै आएको बताउनुभयो ।
रुसी सदन कमलपोखरीको हलमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन रुसी सास्कृतिक केन्द्रकी लाइब्रेरियन भावना न्यौपानेले गर्नुभएको थियो भने समालोचना प्रोफेसर डा. तारानिधि भट्टराई, बावाअकेका अध्यक्ष अनन्त वाग्लेले गर्नुभयो । प्रोफेसर डा. बलराम अर्यालले रुसी बाल साहित्यको इतिहासबारे प्रकाश पार्नुभयो ।
समालोचक तारानिधि भट्टराईले पुस्तक पाउँदा रुसी नामले नै आफूलाई आकर्षण गरेको र पढेपछि आफूले नसोचेको कुरा पुस्तकले सोच्न बाध्य गरायो भन्नुभयो । उहाँको कथन थियो – सबैभन्दा पहिले मानिसहरूको जस्तै पशुपक्षीको पनि माता, पिता पुर्खा हुन्छन्† उनीहरूको पनि जिन्दगी छ । चिडियाखाना जाँदा मैले कहिल्यै कल्पना गर्न सकिनँ कि यी जन्तुहरू यहाँसम्म आइपुग्न कति ठुलो यात्रा पार गरेका छन् । यो पुस्तकले मलाई त्यसतर्फ झस्कायो । यो पुस्तकले सिकाउँछ कि चिडियाखाना आफैमा ठुलो पुस्तकालय रहेछ । हामीसँग नि चिडियाखाना छ त्यसको कथा लेखेको खै त ?
काठमाडौँ प्रज्ञा स्कूल र जुगल स्कूलका भाइबहिनीहरूले पुस्तक समीक्षा गर्दै कथाको पात्र चिडियाखानाका जनावर र त्यहाँका कर्मचारीहरूबिचको सम्बन्धबारे रोचक चर्चा गर्नुभयो । भङ्गेरा र जिराफबिच भएको संवादको शैलीले किताबमा आकर्षण थपेको, प्रकृतिलाई गुरू मान्नुपर्छ भन्ने लेखिकाको अप्रत्यक्ष सन्देश रहेको, ‘अन्तर्वार्ता’ बालबालिकाको मानसिक र सामाजिक भावनात्मक विकासमा योगदान पु¥याउने कृति रहेको उहाँहरूको बुझाइ थियो ।
मस्कोबाट लेखिका तमारा पत्योम्किना, जिराफ सामसनका साथी इगोर र मस्को चिडियाखानाका सहनिर्देशक अलेकसेइ सुस्लोभले पठाउनुभएको शुभकामना सन्देशले कार्यक्रमलाई जीवन्त बनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *