प्रजग कोरियाको भव्य परेडमा ‘सबैभन्दा शक्तिशाली’ क्षेप्यास्त्र प्रदर्शन
- आश्विन २५, २०८२
सर्लाही, ७ भदौ । पञ्चायत सरकारले नेमकिपालाई समूल नष्ट गर्ने उद्देश्यले रचित २०४५ भदौ ९ गतेको षड्यन्त्रमूलक ‘भक्तपुर काण्ड’ को भत्र्सना गर्दै शनिबार सर्लाहीको चन्द्रनगर गापाको वडा ६ मा नेमकिपाका समर्थकहरूको भेला भयो ।
भेलामा नेमकिपाका केन्द्रीय सदस्य सरोज साहले नेमकिपालाई सिध्याउन लागेको षड्यन्त्रबाट पञ्चायत आफै सिधिएको बताउनुभयो । षड्यन्त्रमूलक ‘भक्तपुर काण्ड’ को बारेमा जिल्ला जिल्लामा नयाँ पुस्ताबिच जानकारी गराउने उद्देश्यले प्रशिक्षण कार्यक्रम चलाउने गरेको उहाँले बताउनुभयो ।
नेमकिपा कामदारवर्गको सरकार स्थापनार्थ सङ्घर्षरत रहेको स्पष्ट पार्दै उहाँले नेमकिपा माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधारा आत्मसात गरी पार्टी गतिविधिहरू गरिरहेको बताउनुभयो ।
शासक पार्टीका नेताहरू देश र जनताको पक्षमा काम गर्ने पार्टी नभएको स्पष्ट पार्दै उहाँले नेमकिपाले देश र जनताको पक्षमा सङ्घर्ष गरिरहेको हो भन्नुभयो ।
भारतीय विस्तारवादी र अमेरिकी साम्राज्यवादी नीतिको विरोध गरेको हुनाले यहाँका शासक दल र मधेसी दलहरूले नेमकिपालाई मधेसविरोधी पार्टी भनी जनताबिच भ्रम फैलाइरहेको उहाँले स्पष्ट पार्नुभयो ।
मधेस शिक्षा, स्वास्थ्य र विकास निर्माणमा पछाडि पर्नुका कारण मधेसवादी दलका नेताहरू नै दोषी हुन्, उहाँले भन्नुभयो ।
नेमकिपा सर्लाहीका सदस्य रामाकान्त कापरको सभापतित्वमा सम्पन्न कार्यक्रममा उहाँले भन्नुभयो, “चुनावी घोषणापत्रअनुसार काम गर्ने भएकोले नेमकिपाका जनप्रतिनिधिहरूले जनताबिच निर्धक्कसाथ काम गरिरहेका छन् ।”
जातीय र क्षेत्रीय राजनीतिले गर्दा वर्गीय राजनीति ओझेलमा परिरहेकोले आफूभित्र पलाएको सानो स्वार्थ त्यागी वर्गीय आन्दोलनलाई सशक्त ढङ्गले अगाडि बढाउनको लागि उहाँले आग्रह गर्नुभयो ।
Leave a Reply