प्रजग कोरियाको भव्य परेडमा ‘सबैभन्दा शक्तिशाली’ क्षेप्यास्त्र प्रदर्शन
- आश्विन २५, २०८२
भक्तपुर, ७ भदौ । भक्तपुर नगरपालिका ७ नं वडा कार्यालयको आयोजनामा आ.व. २०८१÷८२ मा नागरिकताको सिफारिस प्राप्त गरेका वडावासीहरूको भेला शनिबार भयो ।
उक्त भेलामा भनपाका उपप्रमुख रजनी जोशीले भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र बनाउन शिक्षा क्षेत्रमा भक्तपुर नपाले प्राथमिकता दिँदै आएको बताउनुभयो ।
ख्वप कलेजमा देशभरका विद्यार्थीहरू अध्ययन गरिरहेको उल्लेख गर्दै उहाँले कम शुल्कमा गुणस्तरीय उच्च शिक्षा सबैको पहुँचमा पु¥याउन शैक्षिक ऋण र छात्रवृत्तिको व्यवस्था गरेको बताउनुभयो ।
उहाँले विदेशबाट ज्ञान प्राप्त गरेर आफ्नै देशमा आफ्नो श्रम, सीप, अनुभव र ज्ञान उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले नगरपालिकाले नगरवासीको हक हितको लागि कानुन बनाउने उल्लेख गर्दै भक्तपुर नपाले स्वास्थ्य, शिक्षा, सम्पदा संरक्षण, विकास निर्माण, खेलकुद, सरसफाइ, कृषि, युवाहरूलाई सीपमूलक तालिम दिई आत्मनिर्भर बनाउने, सार्वजनिक पर्ती जग्गा संरक्षण गर्नेलगायत जनजीविकाको सवालमा काम गरिरहेको बताउनुभयो ।
भ्रष्टाचार, कुरीति, अन्धविश्वासलाई चिर्ने काम नयाँ पुस्ताले गर्नुपर्ने र अध्ययनलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै उहाँले २०४५ सालको ‘भक्तपुर काण्ड’ मा नेपालको राजनैतिक इतिहासमा राज्यस्तरबाट रचिएको षड्यन्त्र हो भन्नुभयो ।
अधिवक्ता पुरुषोत्तम ग्वाछाले नागरिकता व्यक्तिको आधिकारिक पहिचान हो, जन्म मिति, ठेगाना, वंश र पारिवारिक पृष्ठभूमि प्रमाणित गरेर मात्र नागरिकता प्राप्त गर्न सकिन्छ भन्नुभयो ।
नागरिकताबिना व्यक्तिले घर जग्गा वा अन्य सम्पत्ति आफ्नो नाममा राख्न नमिल्ने उल्लेख गर्दै उहाँले मतदान गर्न नागरिकता अनिवार्य हुन्छ भन्नुभयो ।
Leave a Reply