भर्खरै :

काभ्रेमा ‘भक्तपुर काण्ड’ को विरोध तथा भत्र्सना कार्यक्रम

काभ्रेमा ‘भक्तपुर काण्ड’ को विरोध तथा भत्र्सना कार्यक्रम

काभ्रे, १४ भदौ । नेपाल क्रान्तिकारी युवा सङ्घ र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ काभ्रे जिल्ला समितिको संयुक्त आयोजनामा ‘भक्तपुर काण्ड’ को विरोध एवम् भत्र्सना कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी युवा सङ्घका केन्द्रीय अध्यक्ष मीनबहादुर बाटाले सबै पञ्च नेपाली, सबै नेपाली पञ्च भन्ने अहमता रहेको निरङ्कुश पञ्चायती कालरात्रिमा पनि नेमकिपाले राजनीतिक शिक्षा दिई किसान र मजदुरहरूको सेवा गरेकै कारण नेमकिपाविरुद्ध निरङ्कुश पञ्चायती राज्य व्यवस्थाले राज्यस्तरको षड्यन्त्र रचेको बताउनुभयो ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिक विषयमा जानकारी दिँदै उहाँले संरा अमेरिका साम्राज्यवादी नीतिकै कारण संसारबाट एक्ँिलदै गएको तथा भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवाद पनि आर्थिक सङ्कटको चपेटामा फस्दै गएको उल्लेख गर्नुभयो ।
भक्तपुर काण्डजस्तै समाजमा हरेक किसिमका षड्यन्त्रहरू नेमकिपाविरुद्ध अझै हुनसक्ने उल्लेख गर्दै उहाँले त्यस्ता षड्यन्त्रहरूलाई चिर्ने र समाजमा रहेका बहुसङ्ख्यक कामदार जनतालाई सुसूचित पार्ने प्रगतिशील साहित्यहरू युवा र विद्यार्थीहरूले सृजना गर्नुपर्नेमा जोड दिनुभयो ।
नेमकिपा बनेपा नगर समितिका अध्यक्ष लक्ष्मीराम न्हुच्छेप्रधानले भक्तपुर काण्डको बेला काभ्रेमा आफू र अग्रजहरूले भोगेको यथार्थ अनुभव बताउँदै नकारात्मक कामको पनि कहिले सकारात्मक परिवर्तन आउँछ भनेझैँ नेमकिपाविरुद्ध षड्यन्त्र गरेको निरङ्कुश पञ्चायती व्यवस्था समाप्त भई बहुदलीय प्रजातन्त्र स्थापना भएको बताउनुभयो ।
कार्यक्रमका सभापति एवं नेक्रायुसङ्घ काभ्रेका अध्यक्ष ओमप्रसाद मानन्धरले अहिले पनि नेमकिपाविरुद्ध अनेक किसिमका भ्रामक प्रचारहरू प्रतिक्रियावादीहरूबाट भइरहेको तर्फ सचेत गराउनुभयो ।
कार्यक्रममा नेक्राविसङ्घ काभ्रेका अध्यक्ष राजु तामाङले युवा, विद्यार्थीहरूलाई कुलतमा फसाउनु, सारा युवा विद्यार्थीहरूलाई बेरोजगार बनाएर अध्ययन र कामदार भिसाको नाममा विदेशमा आधुनिक दास बनाई बेच्नु, देशमा कम्युनिस्ट आन्दोलनलाई उठ्न नदिने प्रतिक्रियावादी र पुँजीवादी शासकवर्गको अर्को षड्यन्त्र भएको बताउनुभयो । यस्ता षड्यन्त्रहरूलाई चिर्दै इतिहासबाट शिक्षा लिएर समाजमा आमूल परिवर्तनको निम्ति सङ्घर्षमा अगाडि बढ्नुपर्ने आवश्यकतालाई उहाँले जोड दिनुभयो ।
कार्यक्रममा नेक्रायुसङ्घका ज्ञानेन्द्र डङ्गोल, राजेश मानन्धर र नेक्राविसङ्घका दीपिका तामाङ, सोनिका तामाङ, सुशिला तामाङ, श्रीराम श्रेष्ठलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *