भर्खरै :

देश र जनताको निःस्वार्थ सेवा गर्ने इच्छाशक्ति भएकाहरू मात्र कम्युनिस्ट हुने

देश र जनताको निःस्वार्थ सेवा गर्ने इच्छाशक्ति भएकाहरू मात्र कम्युनिस्ट हुने

भक्तपुर, १४ भदौ । नेपाल मजदुर किसान पार्टीको केन्द्रीय समितिको बैठक अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को अध्यक्षतामा शनिबार सम्पन्न भयो ।
शनिबारको समापन बैठकमा अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “कार्यकर्ताहरूले आफू पुगेको ठाउँको राजनीति, भूगोल र संस्कृतिबारे संस्मरण लेख्नुपर्दछ । विद्यालय तहदेखि नै नयाँ पुस्तालाई राजनीति र देशभक्तिबारे शिक्षा दिनु जरूरी छ । अत्यन्त बहुमत जनतामाझ नेमकिपाको विचार पु¥याउनु नै क्रान्तिलाई सहयोग पु¥याउनु हो । एउटा दुइटा जुलुस र सभा हुनु पर्याप्त छैन । माक्र्सवादको समर्थन गर्ने सबै कम्युनिस्ट हुनेछैनन् । देश र जनताको निःस्वार्थ सेवा गर्ने इच्छाशक्ति भएकाहरू मात्र कम्युनिस्ट हुनेछन् । पार्टी गतिविधि नगरी पार्टी सङ्गठन विस्तार हुनेछैन । नेताहरू तयार भएर क्रान्ति हुँदैन, व्यापक जनतालाई राजनीतिकरूपमा पनि तयार गर्नुपर्दछ ।”
कार्यकर्ताहरूमा सदाचार हुनुपर्नेमा जोड दिँदै अध्यक्ष रोहितले भन्नुभयो, “कसैले पनि पार्टीको नेतृत्वमा पुग्ने महत्वाकाङ्क्षा राखेर राजनीतिमा लाग्नु हुँदैन । सबै जनताको मन जित्नु जरूरी छ । जेल वा बाहिर जहाँ पनि कार्यकर्ताको काम देश र जनताको निःस्वार्थ सेवा हुुनुपर्दछ । तुरून्तै क्रान्ति हुने ठान्नु हुँदैन ।”
उहाँले भन्नुभयो, “कम्युनिस्ट दाबी गरेका पार्टीहरू पुँजीवादी सरकारमा गएर तानाशाहीजस्तै भए । नेमकिपाले देश र जनताको हितमा दिएको सुझाव उनीहरूले स्वीकार गरेनन् । एमाले र माओवादी कम्युनिस्ट पार्टी भए पुँजीवादी सरकारमा जाने थिएनन् ।”
सहकारी संस्थाहरूले सदस्यहरूको हितमा काम गर्नु जरूरी भएको उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँले चीनमा सहकारी संस्थाले समाजवादको बीउको रूपमा काम गरेको बताउनुभयो ।
विदेशी ऋण दिने विश्व बैङ्क, आईएमएफ, एडीबीलगायतले गरिब देशको राजनीतिक र आर्थिक क्षेत्रलाई नियन्त्रण गरेको तर ब्रिक्सले साझा बैङ्क स्थापना गरी साझा मुद्राको लक्ष्यसहित व्यापक जनताको हितमा काम अगाडि बढाएको अध्यक्ष बिजुक्छेँले स्पष्ट गर्नुभयो ।
अध्यक्ष बिजुक्छेँले साम्राज्यवादीहरूले समाजवादलाई रोक्न नाटो सङ्गठन स्थापना गरेको बताउनुभयो ।
भूमिहीनलाई जग्गाभन्दा पनि रोजगारी दिनु जरूरी भएको उहाँले बताउनुभयो ।
शनिबार बैठकमा केन्द्रीय सदस्यहरू डिल्लीप्रसाद काफ्ले, नवराज कोइराला, जग्यबहादुर शाही, नारायण महर्जन, सरोजराज गोसाई, सनकमान महर्जन, कृष्णकुमार वैद्य, योगेन्द्रमान बिजुक्छेँ रवीन्द्र ज्याख्व, उकेश कवां र प्रकाश गुरूङले आ–आफ्नो प्रतिवेदन पेस गर्नुभयो ।
शुक्रबारदेखि सुरू भएको उक्त बैठकले पार्टी सचिव प्रेम सुवालबाट प्रस्तुत केन्द्रीय समितिको प्रतिवेदन सुझावसहित पारित गर्नुका साथै केन्द्रीय सदस्य सुनिल प्रजापतिबाट प्रस्तुत राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रस्ताव पारित ग¥यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *