भर्खरै :

द्वितीय विश्वयुद्ध : केही महिलाहरूको वीरताको कथा

  • भाद्र १५, २०८२
  • मार्क शीया
  • विचार
द्वितीय विश्वयुद्ध : केही महिलाहरूको वीरताको कथा

सन्दर्भ : दोस्रो विश्वयुद्ध थालनी दिवस

युद्धकालको वीरताबारे सोच्नुहोस् । तपाईँले एक पुरुष वा महिलाले निर्वाह गरेको वीरताको कल्पना गरिरहनुभएको छ ?
द्वन्द्वका बेला महिलाको भूमिकालाई सामान्यतया मान्यता दिइँदैन । अगस्ट १५ मा अन्त्य भएको द्वितीय विश्वयुद्धको ७५ औँ वर्ष पूरा भएको अवसरमा हामीले ती आठ महिलाबारे चर्चा गर्दैछौँ जसले विनाशकारी द्वन्द्वमा साहसिक भूमिका निर्वाह गरेका दसौँ लाख मानिसभन्दा फरक ढङ्गले बहादुरी र उपलब्धि स्थापित गरेका थिए ।
चेङ बेन्हुवा : हाँस्दै मृत्यु स्वीकार
चेङ बेन्हुवा एक प्रतिरोधी वीराङ्गना हुन्, जो सन् १९३७ मा चीनमा आक्रमण गरेपछि जापानीसँग भिडेकी थिइन् । धारिलो हतियारले छेडेर मार्नु ठिकअघि लिइएको उनको तस्बिर निडर प्रतिरोधको प्रतिकात्मक तस्बिर बन्न पुग्यो ।
लड्दै गर्दा कब्जामा लिइनुका साथै बन्दी बनाएपछि उनको उक्त तस्बिर जापानी फोटोग्राफरले खिचेका थिए । त्यो फोटोले उनको जीवनको अन्तिम क्षणलाई इतिहासमा अङ्कित गरिदियो ।
गिरफ्तार गर्नेहरूले उनलाई कैयौँपटक बलात्कार गरे तर उनी डगमगाइनन् । तस्बिरमा उनी मृत्युको मुखमा पुग्दा पनि मुस्कुराइरहेको देखिन्छिन् । दुई हात बाँधेर छातीमा राखेकी छन् । बेफिक्री मुद्रामा शिर ठाडो क्यामेराको लेन्समा आँखा जुधाएकी छन् ।
उनको यही भावभङ्गी चीनको नानजिङ सहरस्थित पाँच मिटरको सालिकमा उतारिएको छ । उक्त स्थानमा जापानी फौजले तीन लाख चिनियाँ पुरुष, महिला र बालबालिकाको संहार गरेका थिए । सन् १९३८ मा चेङ्को हत्या हुँदा उनी २४ वर्षकी थिइन् ।
चिनियाँ इतिहासविद् एवम् सङ्ग्रहालयका निर्देशक फ्यान जियानचङले सन् २०१३ मा पिपुल्स डेलीलाई भनेका थिए, मारिएका दसौँ लाखहरूमध्ये चेङ बेन्हुवाले सबैभन्दा धेरै छाप छाडेकी छन्, उनी सबैभन्दा धेरै सम्मानयोग्य छन् ।
नूर इनायत खान : जासुस राजकुमारी
एक भारतीय राजकुमारी तथा एक ब्रिटिश जासुस नूर इनायत खान १८ औँ शताब्दीका मैसूरका मुस्लिम शासक टिपु सुल्तानको वंशकी थिइन् ।
सुफीका शिक्षक भारतीय बुबा र अमेरिकी आमाकी छोरीको रूपमा उनको जन्म मस्कोमा भएको थियो र उनले प्यारिसको सरबोनमा अध्ययन गरेकी थिइन् ।
भाषाहरूको दक्षताले गर्दा उनलाई ब्रिटिश विशेष समूहको प्रमुख (स्पेशल अपरेशन्स एक्जिक्युटीभरु, एसओई) सम्म पु¥यायो । जो गोप्यरूपमा अधीनस्थ फ्रान्समा सक्रिय थियो ।
युद्धका क्रममा प्रतिरोधमा उत्रिएका फ्रान्सेलीसँग सम्पर्क, फौजको गतिविधिको गुप्तचरी गर्दै नाजीका गतिविधिमा बाधा पु¥याउने एसओईको काम थियो ।
उनले सूचना प्रविधिमा प्रयोग हुने रेडियो अपरेटरको रूपमा काम गर्थिन् । त्यो खतरनाक जिम्मेवारी लिने पहिलो महिला उनले विपक्षीले भेउ नपाऊन् भनेर ठाउँ परिवर्तन गरिरहनु पथ्र्यो ।
अन्ततः नाजी प्रहरी पक्र्यो, बयान लियो र यातना दियो । उनले धेरैपटक भाग्ने प्रयास गरिन्, एकपटक छतबाट करिब निस्किसकेकी थिइन् ।
त्यस्ता हरेक प्रयासपछि उनको कैद थप कठोर बन्थ्यो । तर, उनले नाजीलाई कुनै महत्वपूर्ण सूचना नचुहाएको बताइन्छ ।
जर्मनहरूले उनलाई उनको कोड नाम म्याडेलीनले मात्र चिन्थे । उनी भारतीय रहेको भन्ने पनि थाहा थिएन ।
उनी र अन्य तीन महिलालाई सन् १९४४ को सेप्टेम्बर १३ मा गोली हानेर मारियो । वीरताको निम्ति इनायत खानलाई मृत्युपश्चात् ब्रिटिश जर्ज क्रश र फ्रेन्च क्रोवा डे गेयरबाट सम्मान गरिएको थियो ।
स्पाइ प्रिन्सेस, द लाइफ अफ नूर इनायत खानकी लेखक श्रवनी बासुले बीबीसीसँग भनिन्, “आफ्नो उदाहरणीय वीरताको निम्तिमात्र नभई जुन मूल्यका निम्ति उनी उभिइन् त्यसको निम्ति नूर इनायत खानले अहिले पनि लगातार प्रेरणा दिइरहेकी छन् ।”

ल्युडमिला पेभ्लिचेन्को : ‘लेडी डेथ’
ल्युडमिला पेभ्लिचेन्को इतिहासकी सबैभन्दा सफल निसानेबाजमध्ये पर्छिन् । सन् १९४१ मा सोभियत सङ्घमाथि नाजीको आक्रमण भएपछि उनले ३०९ जना जर्मन सिपाहीलाई मारेको पुष्टि भएको छ ।
उनको निसानामा परेका दर्जनौँ सैनिक आफैँ पनि निसानेबाज थिए । सेवास्टपोल र ओडेसाको लडाइँमा उनको ख्याति लेडी डेथको नामले भयो ।
नाजीहरूले कहिल्यै उनलाई निसाना बनाउन सकेनन् । तर, उनी मोर्टार प्रहारमा घाइते भइन् । चोट निको भए पनि उनलाई अग्रमोर्चाबाट हटाइयो ।
सोभियत सङ्घको युद्धको निम्ति समर्थन जुटाउने भूमिकामा पठाइयो । लाल सेनाको पोस्टर गर्लको रूपमा उनले विश्व भ्रमण गरिन् ।
त्यस क्रममा उनले अमेरिकी राष्ट्रपति फ्राङ्कलिन डी. रुजवेल्टसँग पनि भेट गरेकी थिइन् ।
सोभियन सङ्घको ‘गोल्ड स्टार अफ द हिरो’ बाट सम्मानित भए पनि पछि उनको इतिहास व्यापक मात्रामा कटौती गरियो ।
लैङ्गिक समानताकी एक अभियानकर्मी एवम् सञ्चारकर्मी इरयाना स्लाभिन्स्कले बीबीसीसँग भनिन्, “असाधारण क्षमताकी एक महिला निसानेबाजको मृत्युपश्चात् राम्ररी कदम र सम्मान नगरिनु आश्चर्यजनक छ ।”
देशको जहाँसुकै पुरुष बहादुरीमात्र अङ्कित भएको र त्यसमा महिला समावेश नगरिएको उनको भनाइ छ ।
न्यान्सी वेक : ह्वाइट माउस
न्यान्सी वेकको छवि घातक लडाकुको थियो । नाजीहरूको कठोर दुश्मन पनि । न्यूजील्यान्डमा उनको जन्म भयो, अस्ट्रेलियामा हुर्किइन् । १६ वर्षको उमेरमा विद्यालय छाडेर उनले फ्रान्समा पत्रकारको काम थालिन् ।
जागिर पाउन उनले इजिप्टको पुरातात्त्विक महत्वबारे लेख्न सक्ने क्षमता भएको भनेर उनले झूटो बोलेको बताइन्छ । त्यहाँ उनको फ्रेन्च उद्यमी हेनरी फिओकासँग भेट भयो र बिहे गरिन् ।
सन् १९३९ मा जर्मनीले आक्रमण ग¥यो । फ्रान्सेली प्रतिरोधमा उनी जोडिइन् । सहयोगी वायुसैनिकहरूलाई स्पेन पु¥याउन उनले सघाइन् । सन् १९४२ मा उनको संयन्त्रमा घात भएर जर्मनीलाई जानकारी पुगेपछि स्पेन हुँदै उनी ब्रिटेन भागिन् ।
श्रीमान् फिओका भने नाजीद्वारा कब्जामा परे, उनलाई यातना दिइयो र मारियो । ब्रिटिश स्पेशल अपरेसन्स् इक्जिक्युटिभ (एसओई) को निम्ति काम सुरु गर्न वेक फ्रान्स पुगिन् ।
विभिन्न खतरनाक अभियानमा उनी सहभागी भइन् । रित्तो हातले एकजना जर्मन पहरेदारलाई मारिदिएको उनले सन् १९९० मा दिएको टेलिभिजन अन्तर्वार्तामा दाबी गरेकी छन् ।
युद्धमा मूल्यवान रेडियो कोड हराएपछि त्यसको प्रतिस्थापनको निम्ति उनले स्वेच्छिक रूपमा दुश्मनको इलाकाभरी पाँचसय किलोमिटर यात्रा साइकलबाट पूरा गरेकी थिइन् । उनका अनुसार तीन दिनमा त्यो काम सम्पन्न गरेकी हुन् ।
सूचना फुत्काउन उनले शृङ्गार गरेर जर्मनहरूसँग ‘डेटिङ’ मा जान्थिन् । उनको जीवनी लेखेका पीटर फिज्सिमोन्सले बताएअनुसार युद्धका क्रममा उनी कैयौँपटक जर्मन पक्राउ पर्ने अवस्थाबाट चलाखीपूर्वक फुत्किन सफल भएकी थिइन् ।
उनको कुटिल क्षमताका कारण जर्मनहरूले उनलाई ह्वाइट माउसको नाम दिएका थिए । उनको आत्मकथाको नाम पनि त्यही हो । युद्धपछि उनले थुप्रै सम्मान पाइन् ।
उनको निधन सन् २०११ को अगस्टमा ९८ वर्षको उमेरमा लण्डनमा भएको हो । उनले आफ्नो अस्तु फ्रान्समा सेलाउन भनेकी थिइन् ।
जेन विल्ले : संवाददाता, जासुस, राजनीतिकर्मी
जेन विल्लेको जन्म कङ्गोमा भएको हो । सानैमा प्यारिस गएकी उनी दोस्रो विश्वयुद्ध हुँदा पत्रकारको रूपमा काम गर्थिन् ।
उनले प्यारिस छाडेर देशको दक्षिणी फ्रान्सेली प्रतिरोध आन्दोलनको निम्ति गुप्त प्रतिनिधि बन्न पुगिन् ।
जर्मनीद्वारा औपचारिकरूपमा उपनिवेश नबने पनि त्यहाँ कठपुतली शासन थियो । उनले नाजी सैनिकको गतिविधिको सूचना सङ्कलन गरेर सहयोगी देशलाई पठाउँथिन् ।
सन् १९४३ को ज्यानुअरीमा दुश्मनले उनलाई पक्राउ गरे र देशद्रोहको अभियोग लगाइयो ।
तर, डेटा यसरी सुरक्षितरूपमा लुकाएकी थिइन् कि उनको गोपनीयता अधिकारीहरूलाई थाहा भएन । उनलाई मार्सेयस्थित महिला कारागारमा पु¥याइयो ।
तर, उनी भागिन् वा रिहा गरियो त्यसैले युद्धपछि पनि उनी बाँच्न सफल भइन् ।
सन् १९४७ मा उनी फ्रान्सको सिनेटमा निर्वाचित भइन् ।
हेडी लमार : हलिवूडकी ज्वाजल्यमान सुन्दरी
अस्ट्रेलियामा जन्मिएकी सिने स्टार हेडी लमारको भविष्य उज्ज्वल थियो । हलिवूडको चम्किलो ताराको रूपमा उनले प्रसिद्धी कमाइन्, छ जना पति भए । पहिलो विवाह हतियार कारोबारीसँग भयो ।
जो उनको प्रारम्भिक अभिनय यात्राप्रति अप्रसन्न थिए । श्रीमान्ले आफ्ना साथी र सहकर्मीको निम्ति उनलाई मनोरञ्जनको निम्ति बाध्य पारे । जसमा नाजी पनि थिए ।
लमारले त्यो स्वीकार गर्न सकिनन् र सुटुक्क सुरुमा प्यारिस र पछि लण्डन भगिन् । जहाँ उनको भेट एमजीएम स्टुडियोज्का प्रमुख लुइस बी मेयरसँग भयो ।
उनले लमारलाई हलिवूडमा काम गर्न प्रस्ताव गरे र विश्वकै सबैभन्दा सुन्दर महिलाको रूपमा उनको प्रवद्र्धन गर्न थाले । ३० वटाभन्दा धेरै फिल्ममा उनको सफलताले उनलाई पहिचान दियो ।
तर, अतिरिक्त कामबाट उनले अन्वेषकको रूपमा ख्याति कमाइन् ।
उनले सहयोगी रोर्पेडोज अर्थात् क्षेप्यास्त्रजस्तै हतियारको निम्ति एउटा प्रणालीको विकास गरिन् ।
जसले फ्रिक्वेन्सीको माध्यमबाट दुश्मनले त्यसलाई काम नगर्न अवस्थामा पु¥याउने जोखिमको प्रतिरोध गर्छ ।
अमेरिकी जलसेनाले उनको पेटेन्ट लिएन तर उनको त्यही अग्रगामी आविष्कार अहिलेको ब्लूटुथ र वाइफाइ प्रविधिमा देख्न सकिन्छ ।
म्या यी : तरवार र विष योद्धा
म्या यीको सङ्घर्ष दोस्रो विश्वयुद्धमा जापानले बर्मामाथि आक्रमण गर्नुअघि नै भएको हो । देशको स्वतन्त्रताको निम्ति ब्रिटिश औपनिवेशिक अधिकारीहरूको विरोध गर्ने उनी सशक्त अभियानकर्मी थिइन् ।
दोस्रो विश्वयुद्धमा उनी प्रतिरोधकर्ता शक्तिहरूसँग सम्बद्ध भइन् । उनको हातमा आत्मरक्षाको निम्ति सधैँ तरवार हुन्थ्यो, साथमा विषको एउटा बोतल पनि ।
सन् १९४४ मा जापानीहरूविरुद्ध लड्न उनी पैदलै दुश्मनको इलाका र पहाडी क्षेत्र हुँदै ब्रिटिश नियन्त्रित भारत पुगिन् ।
उनले आफ्नो घाउमा आफ्नै शरीरको कपडाको पट्टी बाँधिन् र बोकेर लग्ने पुरुषको प्रस्ताव अस्वीकार गरिन् ।
भारत रहँदा उनले जापानीले बर्मेलीहरूसँग कस्तो नराम्रो व्यवहार गरिरहेका छन् भन्ने कुरा विस्तृतमा लेखिएको पम्पलेट बर्माभरि छर्न सहयोग गरिन् ।
पहिलो छोरा जन्मिएपछि उनले श्रीमान्सँगै बर्मा फर्किने योजना बनाएकी थिइन् । प्याराशुट प्रयोग गर्ने तालिम लिएकी उनले अन्ततः अर्कै लडाकुलाई आफ्नो सिट सुम्पिन् ।
उनी दोस्रो विश्वयुद्ध सकिएपछि सन् १९४५ को अक्टोबरमा मात्र बर्मा फर्किएकी हुन् । उनको सङ्घर्ष जारी रह्यो । उनले स्वतन्त्रताको निम्ति र पछि देशको सैनिक शासनविरुद्ध लडाइँ गरिरहिन् ।
रसुना सईद : सिंह
रसुना सईद यो सूचीमा त्यस्तो अपवाद हुन् जो युद्धका क्रममा न्यूनतमरूपले भए पनि दुश्मन देशको पक्षमा थिइन् । उनी इन्डोनेशियाको स्वतन्त्रताको लडाइँमा प्रमुख अनुहार थिइन् ।
उनका दुश्ममा जापानी थिइनन् बरू इन्डोनेशियाका डच उपनिवेशक थिए । सानै उमेरमा राजनीतिकरूपमा सक्रिय उनले इन्डोनेशियाई मुस्लिम एसोसियसन (पीइआरएमआई) नामको पार्टी बनाएकी थिइन् ।
२० को दशकको सुरुवातकै उमेरमा उनले बनाएको दल क्षेत्र र राष्ट्रियतामा आधारित थियो । जोडदार भाषण कला भएकी उनको भाषण दिउँसै बिजुली चम्किएजस्तो हुने गरेको उनको जीवनकथामा उल्लेख छ ।
डच औपनिवशिक अधिकारीहरूको आलोचना गर्ने उनको हिम्मतले गर्दा उनले ‘सिंह’ को उपनाम पाएकी थिइन् । डचहरूले उनको भाषण बारम्बार रोकिदिन्थे ।
एउटा कार्यक्रममा त उनलाई गिरफ्तार गरेर १४ महिला जेल समेत हालियो । सन् १९४२ मा आर्किपेलेगोमा जापानी आक्रमण भएपछि उनी एउटा जापान पक्षीय सङ्गठनमा जोडिइन् ।
तर, उनले त्यसलाई आफ्नो स्वतन्त्रता गतिविधिहरूको पक्षमा प्रयोग गरिन् । इन्डोनेशियाको प्रसङ्गमा भने जापानीले हारेपछि पनि लडाइँ अन्त्य भएन ।
डचहरू आफ्नो अधिकार पुनस्र्थापित गर्न फेरि फर्किए । पहिले ब्रिटिशको सहयोग लिए अनि चार वर्ष लामो क्रूर द्वन्द्व सुरु भयो ।
सन् १९४९ मा डचले इन्डोनेशियाको सार्वभौमिकतालाई मान्यता दिएपछि त्यो अन्त्य भयो र त्यसमा सईदको भूमिका स्मरण गरिन्छ । राजधानी जकार्तामा एउटा प्रमुख राजमार्ग उनको नाममा राखिएको छ ।
लैङ्गिक समानता र महिलाको लागि शिक्षाको पक्षमा एक शक्तिशाली वकालतकर्ता रसुना सईद नेसनल हिरोको उपाधि पाउने थोरै इन्डोनेशियाली महिलाहरूमध्ये एक हुन् ।
– ‘बीबीसी विश्व सेवा’ बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *