भर्खरै :

सगरमाथा आरोहण गर्ने तामाङ्गलाई १५ लाख सहयोग

भक्तपुर, २६ चैत । थोकर फिल्मस् प्रा.लि.ले सगरमाथा आरोहण गर्न लागेकी शर्मिला स्याङ्तान तामाङ्गलाई १५ लाख रकम सहयोग प्रदान गरेको छ ।
फिल्मस् प्रा.लि.का प्रोपाईटर बिकु थोकर र रजतपटका निर्देशक प्रकाश सुवेदीलेले संयुक्त रुपमा तामाङ्गलाई १५ लाख ५ हजार १ सय ५३ रुपैयाँ रकम प्रदान सहयोग गरेका हुन् ।
प्रा.लि.ले सगरमाथा आरोहणका लागि आबश्यक पर्ने रकम संकलन जुटाउनका लागि तीन महिने अभियान नै सञ्चालन गरेको प्रोपाईटर थोकरले बताए ।
तामाङ्गले सोमबारबाट सगरमाथा आरोहण गर्न लागेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *