भर्खरै :

‘भक्तपुर काण्डको विरोध तथा भत्र्सना कार्यक्रम’ किन नगर्ने ?

  • भाद्र १७, २०८२
  • चे नेपाल
  • विचार
‘भक्तपुर काण्डको विरोध तथा भत्र्सना कार्यक्रम’ किन नगर्ने ?

तत्कालीन समयमा नेपाली राजनीति र नेपालको कम्युनिस्ट आन्दोलन आफ्नै बलबुत्तामा अघि बढ्न सकिरहेको स्थिति थिएन । छिमेकी मुलुक र त्यहाँका विभिन्न समूहहरूको इसारा र चलखेलमा नेपाली राजनीतिका पात्रहरूले निःस्वार्थरूपमा जनताको आवाज र जनताको आन्दोलन अगाडि बढाउन सकेको स्थिति थिएन । विभिन्न व्यक्तिगत स्वार्थ, दल र समूहको स्वार्थ, छिट्टै आन्दोलन टुङ्ग्याउने काल्पनिक विचार र छिट्टै सत्ता प्राप्ति गर्ने मोहले नेपाली राजनीति गलत दिशातर्फ उन्मुख थियो । त्यही समयमा नेपालको कम्युनिस्ट पार्टीले पनि आफ्नो बाटो बिराइरहेको हुँदा काम गरी खाने किसान र मजदुरवर्गको हितमा अध्यक्ष रोहितको नेतृत्वमा फरक तरिकाले निःस्वार्थरूपमा किसानहरूको आन्दोलन, राजनीतिक चेतना स्तर उठाउने र किसानहरूको हितमा पञ्चायती व्यवस्थाभित्र छिरेर गरिब किसानहरूको हितमा काम भइरहेको थियो । एकातिर २०३६ सालको जनमतसङ्ग्रहमा पञ्चायतविरोधी मत भक्तपुरमा तयार भइरहेको थियो भने अर्काेतिर २०२१ सालको राजा महेन्द्रले लागु गरेको भूमिसुधार कार्यक्रमलाई गरिब किसानहरूको हितमा सदुपयोग गर्न किसान कार्यकर्ताहरू खेत खेतमा आन्दोलन परिचालन गर्दै थियो । किसानहरूको हितमा हरेक तरिकाबाट अघि बढिरहेको किसान आन्दोलन यथार्थमा कम्युनिस्ट आन्दोलनकै एक हिस्सा थियो । लेनिनको प्रतिक्रियावादी सङ्घ संस्थाभित्र छिरेर पनि जनताको हितमा काम गर्ने नीतिबाट अभिपे्ररित भएर पञ्चायती राज्य व्यवस्थाभित्र छिरेर सफाइ अभियान, शैक्षिक अभियानदेखि पञ्चायती पत्रिकामा माओ, माक्र्सलगायत कम्युनिस्ट नेताहरूको जीवनी छापेर जनतालाई सचेत र जागरुक बनाइरहेको थियो । यी नै गतिविधि पञ्चायतको आँखाको कसिङ्गर बन्यो ।
यही कारण षड्यन्त्रको जालझेल सुरु भयो । पार्टी सङ्गठन ध्वस्त पार्ने, कार्यकर्ताहरूलाई बिगार्ने, प्रलोभनमा पार्ने, डर, धम्की, सामाजिक हेलाहोचो गर्ने, नेताहरूलाई फसाउने, पार्टीको जुलुस बिथोल्ने विभिन्न गतिविधिको सिलसिला सुरु भइराखेको थियो । त्यसै क्रममा वि.सं २०४५ साल भदौ ५ गतेको भूकम्पले ल्याएको विपद्को समयमा धमिलो पानीमा माछा मार्ने दाउ थाप्दै पञ्चायती राज्यस्तरबाट नेपाल मजदुर किसान पार्टीका अध्यक्षसहित ६७ जनालाई मुलुकी ऐनअनुसार ज्यान मार्ने कसुरमा सर्वस्वसहित मुत्युदण्ड, १५ वर्ष कैदको झूटा मुद्दा लगाई पार्टी समूल नष्ट गर्ने प्रपञ्च रचियो । नेताहरू कतिको कारागार वास भयो† कति भूमिगत भए† कति कारागारमा यातना र अभद्र व्यवहार भोग्नुप¥यो । कार्यकर्ताहरू घर छोडेर गाउँ–गाउँ र विभिन्न जिल्लामा भूमिगत भई बस्नुप¥यो । पार्टी सदस्यहरूमात्रै नभई परिवारका सदस्य, नातागोता, छरछिमेक, पार्टीका समर्थक, पार्टीप्रति आस्था राख्ने र सर्वसाधारण भक्तपुरवासीहरूले समेतले प्रशासनको दमन, अभद्र व्यहोरा भोग्नुप¥यो ।
त्यही भक्तपुर काण्डको कारण पार्टीका नेता तथा कार्यकर्तादेखि भक्तपुरका सर्वसाधारण जनताले भोगेको जालसाजी, अन्याय, दमन, अभद्र व्यहोराले भक्तपुर २० महिना अँध्यारो काल कोठरी बनेको थियो । त्यसैले, त्यस कालो दिनको विरोधमा किन विरोध तथा भत्र्सना नगर्ने ?
महिलाहरूको जागरुक आन्दोलन, दमन र अभद्र व्यवहारबिच निरन्तर र कठोर सङ्घर्षले अन्ततः पञ्चायती राज्य व्यवस्था नै पतनको एक कारण बन्यो र बहुदल स्थापना भयो ।
विगतको अन्याय, अत्याचार, दमन, षड्यन्त्र भुलेर पनि भुल्न सकिने अवस्था छैन । विपद्को दुःख, कष्ट र सङ्घर्षको इतिहास नै अघि बढ्ने पे्ररणाको स्रोत हो । हाम्रो इतिहास नै भविष्यतर्फ अघि बढ्ने आधार हो । नयाँ पुस्तालाई विगतको इतिहास, सङ्घर्षको भोगाइबारे जानकारी भएपछि मात्रै हाम्रो उद्देश्य र हाम्रो लक्ष्य प्राप्तिको बाटोमा आइपर्ने तगारो र दुश्मनहरूबारे बुझाउन सकिन्छ । आउने दिनमा अझ सजग भई अगाडि बढ्नु आजको आवश्यकता हो । त्यसैले, हामीले त्यस कालो दिनको विरोधमा हरेक वर्ष विरोध तथा भत्र्सना कार्यक्रम गरिरहनु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *