इरान–अमेरिका वार्ता निष्कर्षविहीन
- चैत्र २९, २०८२
भक्तपुर, १८ भदौ । ४५ औँ नेपालभाषा साहित्य तःमुंज्या साहित्यिक समितिको आयोजनामा कविता लेखनसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपालभाषाका जनकवि चन्द्रबहादुर उलकले कविता लेखनका चरण, छन्दबारे बताउनुभयो । उहाँले साहित्य प्रगतिशील हुनुपर्ने, कामदारवर्गको जनताको आवाज बन्नुपर्नेबारेमा जोड दिनुभयो । कविता लेखनमा लय, उपमा, अलङ्कार, प्रतीकको महत्वपूर्ण भूमिका हुने विचार व्यक्त गर्दै उहाँले नेपाली राजनीति, यहाँको परिवेश, सामाजिक समस्याहरूमा पनि साहित्य लेख्नु जरुरी रहेको बताउनुभयो ।
प्रशिक्षार्थीहरूले वाचन गरेको कवितामा प्रशिक्षक उलकले सल्लाह सुझाव दिँदै मार्गनिर्देशन गर्नुभयो । ४५ औँ नेपालभाषा साहित्य समितिका अध्यक्ष रवीन्द्र खबुजाले हालसम्मको गतिविधिबारे बताउनुभयो । साहित्य समितिका संयोजक लक्ष्मीसुन्दर कर्माचार्यले धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रममा लक्ष्मीभक्त दुवालले पनि बोल्नुभएको थियो ।
Leave a Reply