भर्खरै :

चिनियाँ जनताको जापानी अतिक्रमणविरूद्धको युद्ध तथा विश्व फासीवादविरोधी युद्धमाथिको विजयको ८० औँ वार्षिकोत्सव समारोह सम्पन्न

चिनियाँ जनताको जापानी अतिक्रमणविरूद्धको युद्ध तथा विश्व फासीवादविरोधी युद्धमाथिको विजयको ८० औँ वार्षिकोत्सव समारोह सम्पन्न

पेइचिङ, १८ भदौ, (सीआरआई) । सेप्टेम्बर ३ तारिख बिहान चिनियाँ जनताको जापानी अतिक्रमणविरूद्धको युद्ध तथा विश्व फासीवादविरोधी युद्धमाथिको विजयको ८० औँ वार्षिकोत्सव समारोह सफलताका साथ पैचिङको थ्येनआनमन चोकमा सम्पन्न भएको छ ।
सेप्टेम्बर ३ का दिन बिहान नौ बजेतिर चिनियाँ जनताको जापानी अतिक्रमणविरूद्धको युद्ध तथा विश्व फासीवादविरोधी युद्धमाथिको विजयको ८० औँ वार्षिकोत्सव समारोह पेइचिङस्थित थ्येनआनमन चोकमा भव्यताका साथ आयोजना गरिएको हो ।
समारोहमा भव्य सैन्य परेड समावेश थियो । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव, जन गणतन्त्र चीनका राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले महत्वपूर्ण सम्बोधन गर्नुका साथै सेनाको अवलोकन निरीक्षण गर्नुभयो ।
समारोहको मूल नारा “इतिहासलाई सम्झनुहोस्, शहीदहरूको कदर गर्नुहोस्, शान्तिको कदर गर्नुहोस् र भविष्यको सिर्जना गर्नुहोस्” रहेको छ ।
चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको निमन्त्रणामा २६ विदेशी राष्ट्र तथा सरकार प्रमुखहरूले स्मृति समारोहमा सहभागिता जनाउनुभएको थियो । चिनियाँ सरकारको निमन्त्रणामा, संसद्का धेरै वक्ताहरू, उपप्रधानमन्त्रीहरू, उच्चस्तरीय प्रतिनिधिहरू, अन्तर्राष्ट्रिय संस्थाका प्रमुखहरू र पूर्व राजनीतिक नेताहरूले पनि भाग लिएका थिए ।
बिहान ८ बजेर ३५ मिनेट जाँदा राष्ट्राध्यक्ष सी चिनफिङ र सो समारोहमा सहभागी हुन आउनुभएको विदेशी देशका प्रतिनिधि टोलीका प्रमुखहरू सँगसँगै थ्येनआनमन टावर चढ्नुभएको थियो । साथै उहाँले जापानी अतिक्रमणविरूद्ध चिनियाँ जनताको युद्धमा सहभागी भएका वृद्ध सिपाही र वृद्ध कमरेड प्रतिनिधिहरूसित सौहार्दपूर्वक हात मिलाउँदै उहाँहरूलाई उच्च सम्मान व्यक्त गर्नुभएको थियो ।
राष्ट्राध्यक्ष सी चिनफिङले महत्वपूर्ण सम्बोधन गर्नुभयो । उहाँले भन्नुभयो, आज हामी चिनियाँ जनताको जापानी अतिक्रमणविरूद्धको युद्ध तथा विश्व फासीवादविरोधी युद्धमाथिको विजयको ८० औँ वार्षिकोत्सव मनाउन जुटेका छौँ, साथै इतिहासलाई सम्झन, शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गर्न, शान्तिलाई प्रेम गर्न र भविष्यको सिर्जना गर्न जुटेका छौँ।
उहाँले भन्नुभयो कि चिनियाँ राष्ट्र एक महान राष्ट्र हो जुन कुनै हिंसादेखि डराउँदैन र आत्मनिर्भर र बलियो छ । चिनियाँ जनता इतिहासको सही पक्षमा र मानव सभ्यताको प्रगतिको पक्षमा दृढतापूर्वक उभिएका छन् । तिनीहरू शान्तिपूर्ण विकासको मार्गमा हिँड्छन् र मानवजातिको साझा भविष्य भएको समुदाय निर्माण गर्न सबै देशका मानिसहरूसँग हात मिलाएर काम गर्छन् ।
उहाँका अनुसार, चिनियाँ जनमुक्ति सेना सधैँ नै पार्टी र जनताले पूर्ण रूपमा विश्वास गर्नसक्ने बहादुर सेना हो । सम्पूर्ण सेनाले आफ्नो पवित्र कर्तव्यलाई निष्ठापूर्वक बहन गर्नुका साथै दृढताका साथ देशको सार्वभौमिकता, एकीकरण र भूखण्डको अक्षुण्णताको संरक्षण गर्नुपर्छ । सम्पूर्ण सेनाले चीन राष्ट्रको महान पुनःउत्थानलाई साकार तुल्याउनका लागि रणनीतिक समर्थन दिनुका साथै विश्व शान्ति र विकासका लागि अझ ठूलो योगदान गर्नुपर्ने छ ।
सी चिनफिङले बताउनुभयो, इतिहासले विगतलाई बोकिरहेको छ र भविष्यलाई उज्यालो बनाउने छ । नयाँ युग र नयाँ विकासको यात्रामा, चीनभरिका विभिन्न जातिहरूका जनताहरूले चिनियाँ कम्युनिस्ट पार्टीको दृढ प्रेरणामा माक्र्सवाद–लेनिनवाद, माउचतोङ विचारधारा, तन स्याओपिङ सिद्धान्त, तीन प्रतिनिधित्व को महत्वपूर्ण विचार र विकासको वैज्ञानिक दृष्टिकोणलाई कायम राख्नुपर्छ, चिनियाँ विशेषतायुक्त समाजवादी विचारधारालाई पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्छ, चिनियाँ विशेषतायुक्त समाजवादी बाटोमा दृढताका साथ हिँड्नुपर्छ । युद्धविरोधी महान भावनालाई उत्तराधिकार गरी अगाडि बढाउनुपर्छ र एकताबद्ध भएर चिनियाँ शैलीको आधुनिकीकरणद्वारा बलियो देशको निर्माण र राष्ट्रिय पुनरुत्थानको महान कार्यलाई व्यापक रूपमा प्रवद्र्धन गर्न प्रयास गर्नुपर्छ चिनियाँ राष्ट्रको महान पुनःउत्थान रोकिने छैन मानव शान्ति र विकासको महान कार्य अवश्य नै जित्नुपर्छ ।
सम्बोधन सम्पन्न भएपछि ठूलो सैनिक परेड समारोहको आयोजना गरिएको छ । गजबको सैनिक ब्यान्डको सङ्गीतबिच सी चिनफिङ गाडीमा बसेर फराकिलो छाङआन सडकमा अगाडि बढ्दै क्रमैसँग सैनिक दल र हतियार दलहरूको निरीक्षण गर्नुभएको थियो । चिनियाँ कम्युनिस्ट पार्टीको झण्डा, चीनको राष्ट्रिय झण्डा तथा चिनियाँ जन मुक्ति सेनाको झण्डा सैनिक परेड अगाडि हावामा फहराइरहेका थिए । सी चिन फिङले आफू चढ्नुभएको गाडी रोकेर आफ्नो अगाडि फहराइरहेका झण्डाहरूलाई सम्मानस्वरूप सलामी अर्पण गर्नुभएको थियो ।
त्यस्तै सैनिक परेड सम्पन्न भएपछि चिनियाँ जनताको जापानी अतिक्रमणविरूद्धको युद्ध तथा विश्व फासीवाद विरोधी युद्धमाथिको विजयको ८० औँ वार्षिकोत्सव समारोह सफलताका साथ पैचिङको थ्येनआनमन चोकमा सम्पन्न भएको छ ।
समारोहमा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष, केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले उक्त स्वागत समारोहलाई महत्वपूर्ण सम्बोधन गर्नुभयो ।
सी चिनफिङले आधुनिकीकरणका लागि चिनियाँ मार्ग शान्तिपूर्ण विकास बाटो हिँड्ने आधुनिकीकरण रहेको बताउँदै चीन सधैँ नै विश्व शान्तिको शक्ति, स्थिरताको शक्ति, प्रगतिको शक्ति रहेको उल्लेख गर्नुभयो । विभिन्न मुलुकले विश्वको आधुनिकीकरणलाई संयुक्त रूपमा अगाडि बढाउने र मानवको सुन्दर भविष्यको सिर्जना गर्ने आशा चीनले लिएको कुरामा सीले जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *