“सरकारले भ्रष्टाचारीहरूलाई कारबाही र निर्वाचनकेन्द्रित काममात्र गर्नुपर्छ”
- कार्तिक २२, २०८२

भक्तपुर, २२ भदौ । ‘छोरी बुहारी समूह’ भनपा वडा नं. १० को आयोजनामा चन्डेश्वरी मन्दिर परिसर बनेपामा शनिबार भक्तपुर काण्डको भत्र्सना तथा विरोध कार्यक्रम भयो ।
उक्त कार्यक्रममा नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले भक्तपुर काण्डबारे छरिएको भ्रम चिर्न र फेरि त्यस्तैखाले षड्यन्त्र हुनसक्ने हुँदा सबै सचेत र चनाखो हुनुपर्ने बताउनुभयो ।
उहाँले अज्ञानता नै अन्धविश्वास हो र अन्धविश्वास नै अज्ञानता हो भन्नुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय उपाध्यक्ष कमलमैयाँ सुवालले २०४५ सालको भक्तपुर काण्डले भक्तपुरका महिलालाई सचेत र जागरूक बनाएको उल्लेख गर्दै भक्तपुर काण्ड पञ्चायती राज्यस्तरबाट रचिएको षड्यन्त्र नै भएको विभिन्न दृष्टान्तहरूबारे जानकारी दिनुभयो ।
सङ्कटको बेला साथ दिने इमानदार र सहयोगीहरू सच्चा मित्र हुने र दुःख दिने तथा दुःखमा साथ नदिने व्यक्तिहरू शत्रु हुने धारणा उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रममा भनपा वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौँमिखा, नेमकिपा नगर समितिका प्रतिनिधि जितेन्द्र मुनंकर्मी, नेक्रामसङ्घ वडा नं. १० का सदस्य तारा शाक्यले पनि भक्तपुर काण्डबारे बताउनुभएको थियो ।
कार्यक्रम नेक्रामसङ्घ वडा नं. १० समितिका सदस्य रमिला दुवालको सभापतित्वमा भएको थियो ।
Leave a Reply