‘ख्वपको पहिचान’ अन्तर्गत मेयरसँग विद्यार्थी कार्यक्रम
- भाद्र १०, २०८३
भक्तपुर, १६ भदौ । नेपाल क्रान्तिकारी शिक्षक सङ्घ बासु मावि एकाइ समितिको आयोजनामा भक्तपुर काण्डबारे सोमबार प्रवचन कार्यक्रम भयो ।
प्राध्यापक समाज नेपालका केन्द्रीय अध्यक्ष तथा नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले निरङ्कुश व्यवस्था कस्तो हुन्छ भन्ने स्पष्ट उदाहरणको रूपमा भक्तपुर काण्डलाई लिन सकिने र नयाँ पुस्तालाई सचेत गराउने जिम्मेवारी शिक्षकको काँधमा रहेको छ भन्नुभयो ।
पुँजीवादी व्यवस्थाको उपज Global Warming (विश्व तापमान) ले देशले दुष्परिणाम भोगिरहेको हुनाले विद्यार्थीलाई सचेत गराउँदै लैजानुपर्ने कुरा शिक्षकको कर्तव्य हो, उहाँले भन्नुभयो ।
कार्यक्रममा नेक्राशिसङ्घ भक्तपुर जिल्लाका अध्यक्ष गणेशराम थुसाले कुनै पनि घटनालाई आलोचनात्मक दृष्टिकोणले हेर्नुपर्ने उल्लेख गर्दै मानिस हरेक पक्षबाट सबल भएर अघि बढेमा समाजलाई अग्रदिशामा लान सकिन्छ भन्नुभयो ।
नेक्राशिसङ्घ भक्तपुर नगर समितिका अध्यक्ष विष्णुप्रसाद दुमरु र बासु माविका प्रधानाध्यापक रविलाल प्रधानले पनि भक्तपुर काण्डबारे बोल्नुभएको थियो ।
नेक्राशिसङ्घ बासु मावि एकाइ समितिका अध्यक्ष पुनेन्द्रप्रसाद कुसीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा शिक्षक शिक्षिका साजन साखकर्मी, निर्मला प्रजापति, रामहरि ताम्राकार, सुशीला दुवाल, सूर्यलक्ष्मी श्रेष्ठले पनि आ–आफ्नो अनुभव बताउनुभयो ।
Leave a Reply