भर्खरै :

हो चि मिन्हको क्रान्तिले यसरी भियतनाम अमेरिकासित विजयी बन्यो

हो चि मिन्हको क्रान्तिले यसरी भियतनाम अमेरिकासित विजयी बन्यो

भियतनाम दक्षिणपूर्वी एसियामा अवस्थित एक देश हो । उन्नाइसौँ शताब्दीको समयमा जब युरोपियन शक्तिहरू व्यापार र आफ्नो साम्राज्य बढाउनेतर्पm लागेका थिए तब यो देश फ्रान्सको कब्जामा परेको थियो । सन् १८५८ को फ्रेन्च र स्पेनिस अभियानले सैजोन कब्जा ग¥यो । त्यसपछि त्यही स्थानमा सन् १८६२ मा भएको सन्धिमुताविक पूर्वीय केही प्रान्तहरू फ्रान्सले पाउने भयो तर बिस्तारै उसले आफ्ना पापी नजरहरू सम्पूर्ण भियतनाम कब्जा गर्नेतर्फ दौडायो र त्यो पूरा ग¥यो पनि । तर, यो सानो देशका वीर जनता फ्रान्सको अत्याचार सहेर बसेनन् । त्यसैले, उनीहरूले सुरुमा फ्रान्स र पछि अमेरिकी साम्राज्यवादको विरुद्ध पचास वर्षसम्म लडाइँ लडिरहे । सुरुमा भान ट्रङ्ग ट्रक जो एक किसान सिपाही थिए, उनले स्वतन्त्रताको लागि आफ्नो आवाज बुलन्द पारे तर उनलाई साम्राज्यवादीहरूले मृत्युदण्ड दिए । आफ्नो मृत्युभन्दा पहिले उनले घोषणा गरे कि “यो देशको पवित्र भूमिमा जबसम्म घाँस उम्रिरहने छ तबसम्म साम्राज्यवादीहरूका विरुद्ध जनताले आफ्नो ज्यानको बलिदान दिनेछन् ।” साँच्चै नै आफ्नो राष्ट्रलाई स्वतन्त्रता नदिलाएसम्म यो देशले वीर योद्धाहरूलाई जन्म दिइरह्यो । भियतनामको ङे एन प्रान्तको नामदान जिल्लाको सेन गाउँमा १९ मे १८९० मा हो चि मिन्हको जन्म भएको थियो । उनको बाल्यकालको नाम कुङ् थियो । त्यसपछि न्युएन टानटानका नामबाट चिनिन थाले । उनी ११ वर्षको हुँदा आर्थिक दुरवस्थाले उपचार नपाएर उनकी आमाको मृत्यु भयो । पिता ङ एन मिन्ह आर्थिकरूपले एक गरिब बुद्धिजीवी थिए । उनी शास्त्रीय मानवविज्ञानमा डाक्टर गरेका सामन्तवाद, साम्राज्यवादका विरोधी र एक देशभक्त नागरिक थिए । आफ्नो जीवनको अठारौँ वसन्तमै उनी फ्रान्स गई क्रान्तिलाई अगाडि बढाउने कुरामा व्यापक अध्ययन गर्न थाले । फ्रान्स र इङग्ल्यान्डमा बसेर अध्ययन गरे, अनुसन्धान गरे, क्रान्तिकारी गतिविधि चलाए । उनले प्रवासी भियतनामीहरूबिच सङ्गठन गरे । यसै सिलसिलामा उनी रुस, चीन, जर्मनी, अफ्रिकालगायतका देशमा पुगे । यस क्रममा उनले अनेक दुःख, कष्ट र हन्डर खाए, जेलनेल भोगे, उनले अर्काको जुठा भाँडा माझे, चुरोट, पत्रिका बेचे, खेत जोते, भान्से बने । सन् १९३० मा उनी थाइल्यान्डबाट हङकङ पुगे । त्यहाँ आयोजित भियतनामका विभिन्न राजनीतिक पार्टीहरूको सम्मेलनको अध्यक्षता गरे र फ्रान्सेली उपनिवेशवादविरुद्ध संयुक्त सङ्घर्ष गर्ने निर्णय गरे । तर हङकङ प्रहरीले उनलाई समाते । उनलाई ‘सोभियत जासुस’, ‘कम्युनिस्ट’, हङकङलाई तहसनहस पार्न हङकङ पसेको जस्ता आरोप लगाई जेल हालेर मुद्दा चलाइयो तर हङकङ सरकारले प्रमाण पेस गर्न नसक्दा उनी जेलबाट रिहा भए । सन् १९२९ मा उनको नेतृत्वमा हिन्द चिनियाँ कम्युनिस्ट पार्टी स्थापना भएको थियो । सन् १९३० मा एकीकृत भियतनामी कम्युनिस्ट पार्टीको स्थापना गरेर उनले क्रान्तिकारी आन्दोलनको नेतृत्व गरे । सन् १९४१ मा हो चि मिन्ह आफ्नो पितृभूमि फर्के । लामो निर्वासनपछि स्वदेश फर्की पितृभूमिको क्रान्तिलाई सफलतापूर्वक नेतृत्व गरे । सन् १९४५ देखि सशस्त्र आक्रमण सुरु गरे । देशव्यापी रूपमा क्रान्ति सल्काए । १९ अगस्ट १९४५ मा राजधानी हनोइ कब्जा गरे । २ सेप्टेम्बर १९४५ मा स्वतन्त्र भियतनामको घोषणा भयो र हो चि मिन्ह नयाँ भियतनामको राष्ट्रपति बने । घटनाक्रम ३ मे, १९३० मा तीन भियतनामी कम्युनिस्ट समूहहरूले हङकङमा बैठक गरे र महान् स्वतन्त्रताका नेता हो चि मिन्हको नेतृत्वमा एकीकृत आन्दोलनमा जाने निर्णय गरे ।
यो बैठक बस्नुभन्दा पहिले ती कम्युनिस्ट पार्टीहरूबिच विभिन्न विषयमा गम्भीर मतभेद थियो । यही फुटको कारणले फ्रान्स उनीहरूका क्रियाकलापहरूलाई दबाउन सफल भइरहेको थियो । हो चि मिन्हले पार्टीलाई एकीकृत गरेपछि फ्रान्सविरुद्ध चलाइने अभियानलाई केन्द्रित गरिने योजनाहरू स्पष्ट गरे । भियतनाममा यसरी एकीकृत भएको कम्युनिस्ट पार्टीको नाम परिवर्तन गरेर इन्डो चाइना कम्युनिस्ट पार्टी राखियो । उक्त पार्टीले क्रान्तिका लागि एघार वटा बुँदाहरू अगाडि ल्याएको थियो । यसै परिप्रेक्ष्यमा भियतनामको कुनाकुनामा कम्युनिस्ट पार्टीको प्रभाव अत्यधिक रूपमा बढ्न थाल्यो । १९३०–३१ मा भएका क्रान्तिहरूमा यही कम्युनिस्ट पार्टीले प्रभावशाली नेतृत्व प्रदान ग¥यो । यसै सन्दर्भमा एन आन र हा निह प्रान्तका जनताले प्रशासनमाथि नियन्त्रण कायम गरे आफ्नै गाउँ परिषद् प्रशासनको स्थापना गरे । तर, फ्रान्सको क्रूर दमन र कडा कारबाहीको कारणले उक्त स्थानीय सरकार ६ महिनाभन्दा बढी टिक्न सकेन । यसबेला हो चि मिन्हले उक्त क्रान्ति हङकङमा बसेर सञ्चालन गरिरहेका थिए र त्यो स्थानीय सरकार असफल भएका कारणहरू उनले स्पष्ट गरे । हो चि मिन्हसँग पहिले नै इङग्ल्यान्ड, फ्रान्स, चीन र रुसमा भएको जनआन्दोलनको अनुभव रहेको थियो । त्यसैले उनले बुझेका थिए अब कम्युनिस्ट विचारधारालाई कसरी भियतनामी भूमि मुताविक सफलता उन्मुख गराउने । सन् १९३६ मा भियतनाममा शासन गर्ने फ्रान्सको सरकार परिवर्तन भयो । यसले इन्डो चाइनाका उपनिवेशहरूमाथिको आफ्नो पहिलेको कडा रवैयालाई खुकुलो पा¥यो । फ्रान्सको यस्तो उदारवादी नीतिको पूरा फाइदा भियतनामको कम्युनिस्ट पार्टीले लियो । तिनीहरूले आफ्ना सिद्धान्त र विचारधारा तथा क्रान्तिका कार्यक्रमहरूमा आमूल परिवर्तन गरेर इन्डो चाइना क्षेत्रमा आफ्नो पार्टीको सुधार कार्यक्रमहरू निर्धारित गरे । यसपछि तिनीहरूका मुख्य मागहरूमा प्रजातान्त्रिक सुधार, जनस्तरमा प्रभावकारी सुधार र बालिग मताधिकार र स्थानीय निर्वाचन प्रमुख थिए । मजदुरहरूले आफ्नो पार्टीका मागहरू पूरा गराउन काम ठप्प पारे भने किसानहरू प्रदर्शन गर्दै सडकमा उत्रिए । मे १९३८ मा सबैभन्दा ठुलो प्रदर्शनको रूपमा ५ लाख जनता सडकमा उत्रिए । त्यसबेला चर्चित भियतनामी नेता हो चि मिन्ह जापानविरुद्धको चिनियाँ युद्धमा सहभागी बनेर क्रान्तिको अनुभव हासिल गरिरहेका थिए । सेप्टेम्बर, १९३९ मा दोस्रो विश्वयुद्ध सुरु भयो । यसको लगत्तै फ्रान्सले पहिले दिएका अधिकारहरू खारेज गर्दै भियतनामी विरुद्ध कडा कारबाहीको अभियान सञ्चालन ग¥यो ।
भियतनामी जनताका राजनैतिक र मौलिक अधिकारहरू समाप्त पारियो । सयौँको सङ्ख्यामा क्रान्तिमा संलग्न जनता गिरफ्तार गरिए । फाम वान डाङ र वो गिप्पा भागेर चीन पुगे र त्यहाँ उनीहरू हो चि मिन्हसँग सम्बन्ध स्थापित गर्न प्रयासरत रहे । उनीहरूले हो चि मिन्हसँग सम्पर्क गरेपछि उनकै सल्लाह मुताविक उनीहरूले क्रान्तिकारी सङ्गठन स्थापना गर्ने निधो गरे र त्यो आन्दोलनलाई भियत मिन्ह नाम दिइयो । यो क्रान्तिकारी सङ्गठनले भियतनामी जनतालाई सङ्गठित र एकीकृत भएर त्यहाँको फासिस्ट सरकारको विरुद्ध कडा चुनौती दिन आह्वान ग¥यो । यसको साथै उनीहरूले आफ्ना क्रियाकलापहरू भियतनामबाट फ्रान्सेली सरकार धपाउने कार्यक्रमहरूको योजना पनि तर्जुमा गरे । यसै परिप्रेक्ष्यमा तयार गरिएको एक पम्प्लेटमा हो चि मिन्हले यस प्रकारको नारा लेखे, “फ्रान्सेली साम्राज्यवाद र जापानिज फाँसीवाद, दुवै राष्ट्रिय स्वतन्त्रताको आन्दोलन र विश्व क्रान्तिका शत्रु हुन् ।” यसपछि भियतनामी जनता छिमेकी देशमा चलेको क्रान्तिको विद्रोही सैन्यमा भर्ना हुन छोडेर आफ्नै देशको स्वतन्त्रता क्रान्तिमा सरिक हुन थाले । तिनीहरू अब अन्तर्राष्ट्रिवादमा विश्वास गर्दै सशक्त राष्ट्रवादी सोच राख्न थाले । विद्रोहहरू विभिन्न स्थानमा उग्र रूपमा चल्न थाले । जस्तैः– टोन्किन क्षेत्र, अन्नामको डो लङ र कोचिन – चाइना क्षेत्रमा विद्रोहले कडा रूप लियो । फ्रान्सले उक्त विद्रोह दबाउन अत्यन्त क्रूरताको व्यवहार ग¥यो । निहत्था जनताको छातीमा दयाहीन रूपले मेसिनगनद्वारा गोली दागियो । साराका सारा गाउँहरूमा आगो लगाइयो । निर्दोष जनतालाई आफ्नो चिहानको खाडल आफैँ खन्न लगाएर तिनीहरूलाई जिउँदै गाडियो । दोस्रो विश्वयुद्ध चलिरहेको थियो । युरोपमा जर्मनीले फ्रान्समाथि हमला गरेर नियन्त्रण कायम गरेको अवस्था थियो भने फ्रान्स कमजोर भएको परिस्थिति बुझेर जापानी सेनाहरू भियतनाम प्रवेश गरे । हो चि मिन्हले आफ्ना क्रान्तिकारी योद्धाहरूलाई सन्देश पठाउँदै भने कि उनीहरूले जापानी सेनाविरुद्ध छापामार युद्धकला अपनाऊन् र तिनीहरूलाई तहसनहस पारून् । यसै परिप्रेक्ष्यमा जनवरी १९४१ मा हो चि मिन्ह भियतनाम फर्किए । उनको यो फिर्ता तीस वर्ष निर्वासनपछि भएको थियो । उनी आफ्नो मातृभूमि फर्किनेबित्तिकै क्रान्तिमा प्रत्यक्ष सहभागी भएर त्यसलाई नेतृत्व प्रदान गर्न थाले । उनले क्रान्तिलाई आफ्नो नियन्त्रणमा लिएर अझ सशक्त बनाए । उनले क्रान्तिकारीहरूका अनेकौँ सङ्गठन र कार्यक्रमहरू तय गरे । कम्युनिस्ट पार्टीले आफ्नै समाचार पत्र पनि प्रकाशित ग¥यो । १९४१ को अन्त्यसम्म कम्युनिस्टहरूले काव–वाङ क्षेत्रमा विभिन्न आधार इलाकाहरू खडा ग¥यो ।
रुस र चीनका छापामार युद्धहरूबाट प्रत्यक्ष अनुभव पाएका हो चि मिन्हले छापामार युद्ध कलासम्बन्धी निकै पुस्तकहरू लेखे । उनले रसियन कम्युनिस्ट पार्टीको इतिहास र भियतनाममाथिको फ्रान्सको आधिपत्यको इतिहास भन्ने पुस्तक पनि लेखे । पछिल्लो पुस्तकमा उनले भियतनामी स्वतन्त्रता क्रान्तिका कारण र चरणहरू पनि लेखेका थिए । उनको उक्त पुस्तकमा उनले एउटा भविष्यवाणी तर ठोकुवा गरेर नै के लेखे भने १९४५ सम्ममा भियतनाम पूर्णरूपले विदेशीहरूको पञ्जाबाट मुक्त हुनेछ । बिस्तारै बिस्तारै क्रान्तिकारी कम्प्युनिस्टहरूका आधार इलाकाहरू लम्सुङ भन्ने स्थानसम्म फैलिएर भियत– मिन्हले आफ्ना छिमेकी देशहरूबाट पनि क्रान्तिको लागि सहयोग लिने निर्णय गरे । हो चि मिन्ह केही सहयोग पाउने अपेक्षाका साथ चीन गए । त्यहाँ उनले च्याङ काई सेकसँग भेट्ने आफ्नो इच्छा जाहेर गरे । उनले चिनियाँ कम्युनिस्ट पार्टीसँग सम्पर्क गर्ने कोसिस गरे । तर, उनी गिरफ्तारीमा परे । गिरफ्तार भएको चौध महिनापछि उनी मुक्त गरिए । उनी मुक्तिको लागि चिनियाँ सरकारमाथि कडा दबाब परेको थियो । उनको गिरफ्तारीको चौध महिने समयमा उनको स्वास्थ्य सा¥है नराम्ररी बिग्रियो । तथापि उनीसँग कहिल्यै कमजोर नहुने साहस भने रहेकै थियो । उनले आफ्नो हाडजोर्नी दुख्ने र नशा सुन्निने रोग पहाड चढेर नै निको पारे । त्यो मात्र होइन उनले अन्धकारमा देख्न सक्ने अभ्यास पनि गरेका थिए । उनले चीनमा बसिरहेको ठुलो सङ्ख्याका भियतनामी जनतालाई आफ्नो देश फर्किएर स्वतन्त्रताको महान् क्रान्तिमा सरिक हुन आह्वान गरे । यस प्रकारको आह्वान गरेलगत्तै उनी १९४४ मा आफ्नो दुईवर्षे चीन बसाइँपछि पुनः भियतनाम फर्किए । विश्व राजनीतिको बदलिँदो परिस्थितिमा भियत–मिन्ह छापामारहरूले जापानी सैनिकविरुद्ध संयुक्त रूपमा लड्न फ्रान्सेलीहरूलाई प्रस्ताव राखे । तर फ्रान्सेलीहरूले कम्युनिस्टसँग नभई जापानीहरूसँग चाहिँ मिलेर जानु उचित ठाने । तिनीहरूले भियतनामी जनतालाई भियत–मिन्हमा सामेल हुनबाट रोक्न डर र त्रास देखाउन थाले । तर यस्तो कार्यका उल्टो प्रभाव पर्न थाल्यो । उनीहरू जति जनतालाई भियत–मिन्हमा सामेल हुनबाट रोक्थे त्यति नै धेरै जनता उक्त पार्टीको सदस्य हुँदै सङ्गठित हुन थाले ।
क्रान्तिकारीहरूको अब यसरी अप्रत्यासित रूपले बढ्यो कि जताततै विद्रोह नै विद्रोह फैलियो । उता फ्रान्सका जनरल डे गलले विजय पाएपछि फ्रान्स र जापानका बिच स्पष्ट मनमुटाव सुरु भयो । यही परिस्थितिको फाइदा लिँदै क्रान्तिकारीहरूले आफ्ना कार्यक्रमहरू तीव्र र जोडदार बनाउन थाले । हो चि मिन्हले क्रान्तिलाई अझ सशक्त बनाउन नेसनल लिबरेसन आर्मी गठन गर्ने निर्णय गर्दै यसको जिम्मेवारी जियपलाई दिए । सर्वप्रथमा ३४ जना युवाको नेतृत्वमा फाइटिङ फोर्स गठन गरियो । तिनीहरूमध्ये अधिकांश चीनमा तालिम प्राप्त व्यक्तित्व थिए । यो समूहलाई लिवरेसन र प्रोपोगन्डा समूह पनि भनियो । यसको गठन लगत्तै यो समूहले दुई स्थानमा जोडदार विजय प्राप्त ग¥यो । उता ९ मार्च, १९४५ मा जापानी सेनाले फ्रान्सेली सेनालाई सत्ताच्युत ग¥यो । कैयौँ फ्रान्सेली नागरिकहरू गिरफ्तार गरिए । १ मार्च, १९४५ मा भियत–मिन्ह पार्टीले फ्रान्सेली जनताविरुद्धको शत्रुता अन्त्य भएको घोषणा ग¥यो र तिनीहरूलाई शरणार्थीको मान्यता दिने निश्चय पनि ग¥यो । भियतनामी छापामार योद्धाहरूले कैयौँ फ्रान्सेली कैदीहरूलाई मुक्त गर्न धेरै स्थानमा जापानीविरुद्ध आक्रमण ग¥यो जापानीहरूले डाई–भियतलाई एक पुतली सरकार गठन गर्न अनुमति दिए । तिनीहरूले भियत–मिन्ह पार्टीका अभियानहरू निस्तेज पार्न एक सैन्यबल गठन पनि गरे । तर अत्याधिक सङ्ख्यामा रहेका भियत–मिन्हले अनेकौँ भयानक हमला र प्रतिकारहरू गर्दै कठपुतली सरकारका सैन्यबलको हतियारहरू जफत गरे । तिनीहरूले भियतनामी जनतालाई सम्बोधन गर्दै नारा दिए, “जापानीहरूलाई अन्न र पैसा बन्द गरौँ ।” भियत–मिन्ह सैन्य संरचना जो ३४ जना युवा, तीनवटा राइफल र एउटा पेस्तोलबाट सुरु भएको थियो, अब शक्तिशाली १०,००० युवा र अनेकौँ हतियारसहित कैयौँ भूमिगत समूहहरूमा फैलिसकेको थियो ।
१५ अगस्ट, १९४५ मा कम्युनिस्ट पार्टीले आफ्नो आधार इलाका टान ट्राभमा सम्मेलन ग¥यो । उक्त सम्मेलनले झन कडा निर्णयहरू लिइसकेको भोलिपल्ट नै जापानी सेनाले दोस्रो विश्वयुद्धमा पराजित भएको भन्दै आत्मसमर्पण ग¥यो । सशस्त्र क्रान्तिको लागि भएको कम्युनिस्ट पार्टीको महासम्मेलनले नेसनल लिबरेसन कमिटी निर्वाचित ग¥यो । जापानी सैन्य पोष्टहरू विनाश गरिए, हनोइमाथि क्रान्तिकारीहरूले नियन्त्रण कायम गरे । २ सेप्टेम्बर, १९४५ का दिन हो चि मिन्हले भियतनाम गणतन्त्रको स्वतन्त्रताको घोषणा गरे । तर, भियतनामले अझै पनि विदेशी प्रभुत्व र साम्राज्यवादका विरुद्ध गर्नुपर्ने सङ्घर्षको लामो मार्ग थियो । दोस्रो विश्वयुद्धमा जापानलाई पराजित गर्न महत्वपूर्ण भूमिका खेलेका ब्रिटेन र चीनले जापानी सैन्यहरूलाई हतियारविहिन गर्ने भन्ने बहाना बनाउँदै भियतनामलाई दुई भागमा विभाजित गरे । दक्षिणी भाग ब्रिटिश सैन्यको नियन्त्रणमा प¥यो भने उत्तरी भियतनामचाहिँ चीनका च्याङकाई सेकको सैन्य नियन्त्रणमा फस्यो । सेप्टेम्बर २३ मा ब्रिटिश सेनाले सैगुनलाई घेराबन्दी गरे । यो उसको नयाँ चालमात्र थियो । सर्वप्रथम, जापानीहरूलाई एकातिर पठाइयो र ब्रिटिश र भारतीय सैनिकहरूलाई जापानीहरूलाई निःशस्त्र तुल्याउने बहाना गरेर परिचालित गरियो । यसै परिप्रेक्ष्यमा फ्रान्सेली सेनाहरूले चाँिंह ब्रिटिशबाट हतियार लिएर भियतनामीहरूमाथि प्रहार गरे र ब्रिटिश र भारतीय सैन्य समूहको पछाडि लुक्न थाले । अत्याचार जथाभावी रूपमा बढ्न थालेपछि भियतनामीहरू अब कडा प्रतिकारमा उत्रन थाले । उत्तर भियतनामी देशभक्तहरू दक्षिणको राष्ट्रिय सङ्घर्षमा संलग्न हुन त्यतातिर गए । त्यहाँ धेरै रक्तपात भयो । उत्तरमा पनि हो चि मिन्हले च्याङ काई सेकका सैन्यलाई त्यहाँबाट हटाउन निकै समस्या ब्यहोर्नुप¥यो । ६ जनवरी, १९४६ मा चुनाव भयो, त्यसमा हो चि मिन्हले विजय पाए । आफनो देशलाई दीर्घकालीन युद्धबाट बचाउन, पुनर्निमाण गर्नको लागि र सबल अर्थतन्त्र बनाउन पनि ६ मार्च, १९५४ मा हो चि मिन्हले फ्रान्ससँग सन्धि गरे । उनको यस्तो कार्यले चौतर्फी उनको आलोचना भएको भए पनि उनले आफूलाई आलोचनाबाट बचाए ।
त्यसै वर्षको ३१ मेमा उनी फ्रान्सको भ्रमणमा गए तर उनको उक्त भ्रमणबाट कुनै पनि महत्वपूर्ण उपलब्धि हासिल भएन । बरु उनको फ्रान्स भ्रमणको केही समयपछि नै फ्रान्सले सन्धि तोड्दै हनोइ र अन्य सहरहरूमाथि हमला ग¥यो । फ्रान्सद्वारा गरिएको बम वर्षाको कारणले हाइ फोङ्गका ६००० भन्दा बढी मानिसहरूको ज्यान गयो र कैयौँ मानिसहरूका घर भत्किए अनि कैयौँ गम्भीर घाइते भए । सुरुसुरुका केही हमलाहरूमा फ्रान्सले विजय प्राप्त गरेको भए पनि देशभक्त र बहादुर भियतनामीहरू आफ्नो ज्यानको पर्वाह नगरी युद्धमा सामेल भए । ती देशभक्त भियतनामी जसले फ्रान्सप्रति पहिले आफ्नो सकारात्मक दृष्टिकोण राखेको भए पनि फ्रान्सको धोकेबाज र अत्याचारी व्यवहारको कारण पुनः युद्धमा सामेल हुनुपरेपछि देखाएको वीरताले असङ्ख्य फ्रान्सेली सैनिकहरूलाई मृत्युको मुखमा पु¥याए । फ्रान्स र भियतनामबिचको उक्त सङ्घर्ष ७ मे, १९५४ सम्म चलिरह्यो । यसैबिच ५५ दिनसम्म डियन बियन फुमा भएको घमासान युद्धपछि फ्रान्सेली सैनिकहरू भियतनामी क्रान्तिकारीहरूको घेराबन्दीमा परे । यस्तो सङ्कटको बेलामा फ्रान्सले अमेरिकासँग सहयोगको याचना ग¥यो तर अमेरिकाले फ्रान्सलाई सहयोग गर्न अस्वीकार ग¥यो । फ्रान्सेली सैन्यहरू नराम्ररी पराजित भए । भियतनाम, लाओस र कम्बोडियाको समस्या समाधान गर्न जेनेभा सम्मेलन गरियो । यसले इन्डो–चाइना क्षेत्रमा शान्ति हुनुपर्ने निर्णय ग¥यो र २० जुलाई, १९५० मा यही सम्मेलनले उत्तर र दक्षिण भियतनाम छुट्याउने सिमानालाई १७ समानान्तर भनेर घोषणा ग¥यो । सोभियत युनियन, ब्रिटेन र कम्युनिस्ट चीनले यस विषयमा सहमति जनाए तर अमेरिकाले त्यहाँ हस्ताक्षर गर्न अस्वीकार ग¥यो । उत्तर भियतनामले सोभियत युनियन र कम्युनिस्ट चीनको समर्थन पाएको थियो । ब्रिटेन र संयुक्त राज्य अमेरिकाले भने दक्षिणी भियतनामको समर्थन गरे । संयुक्त राज्य अमेरिकाले दक्षिण भियतनाममा नगो डिन्ह डिएमको नेतृत्वमा आफ्नो कठपुतली सरकार गठन ग¥यो । दुई सय अमेरिकी सेना रहेको स्पेसल टास्क फोर्सको गठन अमेरिकाले ग¥यो । बिस्तारै अमेरिकी सैन्यले अब फ्रान्सेली सेनालाई प्रतिस्थापित गर्न थालेका थिए । यस प्रकारका प्रतिस्थापनले दक्षिणी भियतनाम फ्रान्सबाट अमेरिकी उपनिवेश बन्न पुग्यो । तर, जेनेभा सम्मेलनमा एक आम निर्वाचनपछि दुवै भियतनाम एक हुन सक्छन् भन्ने सहमति गरेर उल्लेख गरिएको थियो । तर, अमेरिकाद्वारा स्थापित दक्षिण भियतनामी कठपुतली सरकारले आफ्नो देश स्वतन्त्र र सार्वभौम भएको घोषणा ग¥यो । दक्षिण भियतनाम दक्षिणपूर्वी एसिया सन्धि सङ्गठन ९क्यगतज (भ्बकत ब्कष्ब त्चभबतथ इचनबलष्शबतष्यल० को सदस्य बन्यो । यो अमेरिकाद्वारा कम्युनिस्टहरूको प्रभाव कम गर्न बनाइएको सङ्गठन थियो । जेनेभा सहमतिबमोजिम २० जुलाई, १९५६ मा निर्वाचन गरियो तर त्यो अमेरिकाको सक्रियतामा दक्षिणी भियतनाममा सम्पन्न भयो । त्यसले १२३ जनाको एसेम्बली निर्माण ग¥यो । दक्षिण भियतनाममा अमेरिकाद्वारा निर्मित कठपुतली सरकारले कुनै महत्वपूर्ण काम गर्न सकेन । उसले न त भूमिसुधार कार्यक्रम ल्यायो न त प्रशासकीय सुधार नै ग¥यो ।
उक्त सरकार भ्रष्टाचार र जनताप्रतिको चरम शोषणको कारण अत्यन्त अलोकप्रिय बन्यो । यस्तो अलोकप्रिय सरकारका विरुद्ध दक्षिणमा भियत–कङ नामक कम्युनिस्ट सङ्गठनले सङ्गठित रूपमा विद्रोह सुरु ग¥यो । सुरुका चरणहरूमा भियत–कङले उत्तरबाट आर्थिक र सैन्य सामग्री सहायताहरू मात्र पायो । पछि गएर उत्तर भियतनामका सैनिकहरू स्वयं दक्षिणको कम्युनिस्ट सङ्गठनको सहयोगको लागि गए । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जोन एफ केनेडीले भियत–कङ उत्तरी भियतनामका योद्धाविरुद्ध लड्न ४,००० सङ्ख्यामा सैनिकहरू पठाए । सन् १९६५ देखि अमेरिकी वायु सेनाले विभिन्न बहानामा उत्तर भियतनाममाथि श्रृङ्खलाबद्ध बम वर्षा गर्न थाल्यो । यसैगरी १९६६ सम्ममा दुई लाखभन्दा बढी अमेरिकी सैनिकहरू दक्षिण भियतनाममा उतारेर आफ्नो कारबाही सुरु ग¥यो । तर, सरल भियतनामी जनताविरुद्ध अत्याचारी र दयाहीन क्रूर व्यवहार गरिरहेको अमेरिका उसको उत्तर भियतनामी नीतिद्वारा संसारमा एक्लियो । फ्रान्स पनि अमेरिकाको यस्तो नीतिबाट निराश भएर त्यो अभियानबाट टाढा भयो । यसभन्दा पहिले १९६४ मा अमेरिकाले दक्षिणी भियतनामलाई सहयोग गर्ने र भियत–कङ् सङ्गठनलाई समाप्त पार्ने भनेर आफ्नो अभियान सुरु गरेको थियो । १९६४ मा राष्ट्रपति रिचार्ड निक्सनले आफ्नो बलबुत्ता र शक्तिले भ्याएसम्म उत्तर भियतनाममाथि वायु यानद्वारा बम वर्षा गरिरहने नीतिद्वारा उनी संसारको शक्तिशाली राष्ट्रसामु उत्तर भियतनामलाई घुँडा टेकाउन चाहन्थे तर साहसी उत्तर भियतनामीहरूले आकाशबाट खस्ने बमको पर्वाह नगरी छापामार युद्ध नीति अपनाएर न्यून हतियारका बाबजुद आफ्नो वीरता प्रदर्शन गर्दै अमेरिकालाई आफूमाथि विजय प्राप्त गर्न दिएनन् । आकाशबाट निर्दोष भियतनामीमाथि बम वर्षा गरे पनि अमेरिकी सेनाले साहसी भियतनामीलाई भूमियुद्धमा पराजित गर्न सकेनन् । बरु, यो युद्धमा अमेरिकाको अत्यधिक धनराशी मात्र खर्च भएन बरु हजारौँ सैनिक पनि गुमाउनुप¥यो । यसरी भयानक क्षति व्यहोर्नु परेपछि अमेरिकी निक्सन प्रशासन आफ्नै देशमा आलोचित हुन पुग्यो । अन्ततः १८७२ मा अमेरिकी राष्ट्रपति रिचार्ड निक्सन आफ्ना सैनिक आफ्नो देशमा फिर्ता बोलाउन बाध्य भए ।
यो वास्तवमा संसारको सबैभन्दा शक्तिशाली राष्ट्रको लागि लाज, शरम र आत्मग्लानीको क्षण थियो भने भियतनामीहरूका लागि आफ्नो बहादुरीता, साहस र वीरताको परिचयको क्षण थियो । यसपछि अमेरिकीहरूले अर्कै रणनीति लिए । उनीहरूले सम्पूर्ण भियतनामी युद्धलाई तिनीहरूको आफ्नै मामलाको रूपमा परिवर्तन गर्न चाहे । अमेरिकाले जनरल थिउको नेतृत्वमा अर्को कठपुतली सरकार निर्माण ग¥यो र उत्तर भियतनाम र भियत–कङविरुद्ध प्रतिरक्षात्मक नीति लियो । तर, अझै युद्ध लडिरहेका भियतनामी क्रान्तिकारीहरूले सैगुन सहरलाई १९७५ मा घेराबन्दी गरे । जनरल थिउ राष्ट्र छोडेर भागे । सैगुन उत्तर भियतनामी कम्युनिस्टहरूको नियन्त्रणमा प¥यो । उनीहरूले उक्त सहरको नाम फेरेर ३ सेप्टेम्बर, १९७३ मा देहावसान भएका आफ्ना प्रिय नेता हो चि मिन्हको नाम दिए । यसपछि सेप्टेम्बर १९७५ मा उत्तर र दक्षिण भियतनामको एकीकरण गरियो । यसरी क्रान्तिमा महत्वपूर्ण भूमिका खेलेका भियतनामी किसानहरूले स्वतन्त्रताको महायुद्धमा आफ्नो विजयको नाम लेखाए । तिनीहरूले साहस र दृढ इच्छाशक्तिको बलमा फ्रान्सेली, जापानी, अमेरिकी र ब्रिटिश साम्राज्यवादीहरूलाई धुलो चटाए । आज भियतनाम एक स्वतन्त्र र सार्वभौम विकासोन्मुख राष्ट्र बनेको छ । हो चि मिन्हको मृत्युको बाबजुद ३० अप्रिल १९५७ मा भियतनाम पूर्णरूपमा स्वाधीन भयो र त्यही दिन एउटा सानो राष्ट्र भियतनामसामु अमेरिकाले घुँडा टेक्यो । भियतनाम युद्ध दोस्रो विश्वयुद्धपछिको ठुलो र भयङ्कर युद्ध थियो । दोस्रो विश्वयुद्धमा २७ लाख टन बम वर्षा भएको थियो तर भियतनाममा ६७ लाख टन बम वर्षा भएको थियो । अणु बमबाहेक अमेरिकाले सम्पूर्ण खालका जैविक, रासायनिकजस्ता घातक हातहतियार भियतनाममा प्रयोग ग¥यो । उनीहरूले अस्पताल, स्कूल केही भनेनन् । भियतनामीहरू कैयौँ दिन नुन नपाएर खरको खरानी खाएर बाँचे । आङ ढाक्न नपाई रुखको बोक्राले ढाके तर भियतनामीहरू कहिल्यै झुकेनन् । हो चि मिन्ह, जसलाई सबैले प्रेमपूर्वक हो काका भन्छन् । उनी सारा भियतनाम र हिन्द–चिनी जनताका प्रिय नेता थिए । भियतनाम स्वाधीन भएको घोषणासभा हुँदा उनीसँग एकजोरसम्म पनि राम्रो लुगा थिएन । उनी आफ्नो पुरानो ठाउँठाउँमा टालेको खाकी रङ्गको जीनको पेन्ट र कमिज लगाएर समारोहस्थल पुगेका थिए ।
रबरले बनेको चप्पल लगाएर भियतनाम स्वाधीन भएको घोषणापत्र पढेका थिए । उनको यो पहिरन पछिसम्म यस्तै रह्यो । राष्ट्रपति भएर पनि उनी राष्ट्रपति भवनमा कहिल्यै बसेनन्, त्यसलाई कार्यपालिका बनाई आफू अगाडिको झोपडीजस्तो सानो घरमा बस्न थाले । त्यस्तो पदमा बसेर पनि आफ्नो जीवनस्तरलाई जनताको जीवनस्तरभन्दा माथि उकास्ने काम कहिल्यै गरेनन् । उनी आफैँले दिनभरि कार्यक्रम लेख्थे, सरकारी कार्यालय, अस्पताल, शिक्षणसंस्था र कलकारखानामा बिनासूचना पुग्थे । जहाँ गए पनि कर्मचारीहरूसँग बसी खाना खान्थे । बगैँचाको काम आफैँ गर्थे । राति खाना खाइसकेपछि अबेरसम्म पनि अध्ययनमा लाग्थे । उनीसँग लुगाको नाममा दुइटा खाकीको सुट, एउटा रुमाल र दुई जोर मोजामात्र थिए । उनले लगाउने सुट पनि ठाउँठाउँमा टालेको थियो । उनको सादा जीवनबाट अत्यन्त प्रभावित बनेकी अमेरिकी पत्रकार अन्ना लुइस स्ट्रङले सन् १९६४ मा हो चि मिन्हलाई भेटेपछि भनेकी थिइन्, “संसारमा सबैभन्दा अनौपचारिक राष्ट्रपति कोही छन् भने भियतनामका राष्ट्रपति हो चि मिन्ह नै हुन् । उनी असाधारण साधु, महात्मा भन्न सुहाउने खुबै ठट्यौलो स्वभावका छन् । उनी आपत्कालमा बुद्धिमानीपूर्वक बलियो रक्षक बन्ने, खुला हृदयको र अनौठो तर तुरुन्त जवाफ दिने मानिस हुन् ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *