नयाँ पुस्तालाई सचेत गराउने जिम्मेवारी शिक्षकको काँध
- भाद्र १६, २०८३
मध्यपुर, १६ भदौ । प्रत्येक वर्ष गुँलागा द्वितीयादेखि पञ्चमीसम्म नचाइने नीलबाराही नाच आइतबारदेखि प्रारम्भ भयो । यो नाच भदौ १७ गतेसम्म दिनभरि नचाइन्छ । यो नाचमा भैरव – १, बाराही – ४, कुमारी – ४, सिंह – ४, द्वारपाल – २ र गणेश – ४ गरी १९ जना देवीदेवताहरू हुन्छन् ।
यस नाचका देवीदेवताहरूले घरबाट निस्केदेखि घरमा नफर्केसम्म बोल्नु हुँदैन र खानेकुरा खानु हुँदैन भन्ने कथन छ । त्यस्तै, पानी पर्दा पनि घरमा ओट लाउन नहुने र कतै भुइँ वा मेचमा समेत बस्नु हुँदैन भन्ने भनाइ छ । यस नाचका प्रत्येक गणका देवीदेवताहरूको छुट्टै खालका लुगा हुन्छन् । यस नाचमा गुरुहरू ६ जना, धाँ बाजा बजाउने नौ जना, तः, भुस्याय् र सिछ्या बजाउने ५ जना, देवीदेवतालाई सहयोग गर्ने सहयोगी १९ जना, राजदण्ड समाउने एकजना, भैरवको मूर्ति बोक्ने र खड्ग समाउने एकजना, चिराग बत्ती समाउने दुईजना, सहनाई फुक्ने दुईजना गरी जम्मा ८९ जनाको समूहबाट यो नाच सम्पन्न गरिन्छ ।
यो नाच बोदेको लाछि टोलबाट सुरु गरी विष्णुघाट टोल, भाँगु टोल र खाँसी टोलसम्म देवताहरू नाच्दै पुग्छन् । त्यसपछि खाँसी टोलबाट लाछि टोलस्थित देवता घरमा नाच फर्कने गर्छ । यहाँको लोकोक्तिअनुसार यो नाच नीलबाराही देवताले सिकाएर पठाएको भन्ने गरिन्छ । यो नाच सुवर्ण मल्लले महालक्ष्मी नाचको नाममा सुरु गरेको र राजा भूपतीन्द्र मल्लले राजदण्डसमेत चढाई जग्गा जमिन व्यवस्था गरी नीलबाराही नाचको रूपमा सञ्चालन गरेको इतिहासमा उल्लेख भएको पाइन्छ ।
Leave a Reply