नयाँ पुस्तालाई सचेत गराउने जिम्मेवारी शिक्षकको काँध
- भाद्र १६, २०८३
-२१ हजार सुरक्षाकर्मी हिमपहिरो र भेलबाढी ग्रस्त क्षेत्रमा लगाउने बुटबिना खटिएको सार्वजनिक भयो । यसले सरकार सिंहदरबारमा मात्र सीमित भएको पुनः पुष्टि हुँदैन र ? सोमबार साँझसम्म भेलबाढीमा परेर ९७४ मृत्यु, सनाखत ५१ जना र सम्पर्कविहीन ४५८६ भएको सार्वजनिक भयो । चीनको तिब्बत सिमाना क्षेत्र रसुवाको टिमुरे बजारको १–२ घरबाहेक पूरै बजार बगाएको अवस्था छ । टिमुरेमा एकैदिन ६१ शव फेला परेको पनि बाहिरियो ।
-प्रधानमन्त्री विपद् राहत कोषमा प्रमुख विपक्षी दल नेकाले १ करोड, विपक्षी एमालेले १ करोड २० लाख, नेकपा (तत्कालीन माओवादी) ले २५ लाख र सरकारमा भएको दल रास्वपाले ५० लाख जम्मा गरेको सार्वजनिक भयो । प्रम विपद राहत कोषमा देश र विदेशका दाताहरूबाट सङ्कलितसमेत ५–६ अर्ब रुपैयाँ पुगेको तर पीडितहरूमाझ नपुगेको पनि सार्वजनिक भयो । सरकार के गर्दै छ ?
-भेलबाढीको कारण रसुवा नाका तहसनहस भएको अवस्थामा कोदारी राजमार्ग पनि जोखिमपूर्ण भएको र तातोपानी नाका अनिश्चित अवस्थामा पुगेको सार्वजनिक भयो । चीनको खासा भन्सारले मुस्ताङको कोरला नाका प्रयोग गर्न ट्रान्सपोर्ट कम्पनीहरूलाई सुझाएको बाहिरियो । नेपालमा हुने आपूर्तिमा चीनको हिस्सा २५ प्रतिशत पुगेको हुँदा दशैँ–तिहारको मुखमा सामान अभाव भई चर्को मूल्यवृद्धि हुने अनुमान गरिएको छ । भूकम्प र कोभिड–१९ मा मूल्यवृद्धिको मारमा परेका नेपाली जनता भेलबाढीको कारण यसपटक पनि थप मारमा पर्ने भयो । सरकार सिंहदरबारमा सीमित हुनुभन्दा सीमा नाकामा पुग्नु जरुरी छैन र ?
Leave a Reply