इजरायली हवाई आक्रमणमा ३५ यमनी नागरिकको मृत्यु : हुथी
- भाद्र २६, २०८२
काठमाडौँ, २५ भदौ । बहुदलीय पुनःस्थापनायता ३५ वर्षमा सरकारहरू अकर्मण्य हुँदा नेपाली जनताको थाप्लोमा २७ खर्ब रूपैयाँ ऋण प¥यो । करोडौँ नेपालीलाई अध्ययन र रोजगारीको लागि विदेश पठाइयो । भ्रष्टाचार बढ्दो छ । १२ खर्ब रूपैयाँ बेरूजु पुग्यो । वर्षको १५ खर्ब रूपैयाँ व्यापार घाटा भइरहेको छ ।
भदौ २३ गते नयाँ पुस्ताले भ्रष्टाचारको विरोधमा काठमाडौँकेन्द्रित आन्दोलन ग¥यो । नेका समर्थित नेकपा एमालेको केपी शर्मा ओलीको सरकारले नयाँ पुस्ताको आन्दोलनमा दमन ग¥यो र सरकारी दमनमा काठमाडौँमा १७ जना र सुनसरीमा २ जनासमेत १९ जना सहभागीको मृत्यु भयो र सयौँ घाइते भए ।
भदौ २४ गते देशभरि आन्दोलन चर्कियो । देशभरिका सरकारी भवनहरू र केही ‘भ्रष्टाचारी’ हरूको घर आगलागी भयो । आन्दोलनकारीहरूको ‘अराजक’ मनसाय नभएको सार्वजनिक भयो ।
आन्दोलनमा सार्वजनिक–सरकारी–निजी भवन तोडफोड र आगजनीभन्दा पनि भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण गर्ने, ठुलठुला भ्रष्टाचारीहरूलाई मृत्युदण्डसमेतको सजायको कानुनी व्यवस्था गर्ने, नेपालीको विदेशमा राखिएको अवैध सम्पत्ति राष्ट्रियकरण गर्ने, देश सम्हाल्न नसक्ने भ्रष्ट शासकहरूलाई राजीनामा गराउने, सार्वजनिक सम्पदा मठ–मन्दिर तथा पाटी–पौवा संरक्षण गर्ने, देशमा शान्ति–सुरक्षा कायम गर्ने, देशभक्त नेपाली जनता एक हुने, भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको गोटी चालमा नपर्ने आदि महत्वपूर्ण विषयमा सचेत हुनु जरूरी छ ।
नेपाल मजदुर किसान पार्टीले उल्लिखित विषय धेरै अगाडिदेखि नै उठाउँदै आएको हो ।
Leave a Reply