इजरायली हवाई आक्रमणमा ३५ यमनी नागरिकको मृत्यु : हुथी
- भाद्र २६, २०८२
पेरिस, १० सेप्टेम्बर । फ्रान्समा पनि सरकारविरोधी प्रदर्शन सुरु भएका छन् । बजेट कटौती र राष्ट्रपति इम्यानुएल म्याक्रोँको राजीनामाको माग गर्दै बुधबार १ लाखभन्दा बढी मानिस सडकमा उत्रिएका छन् । प्रदर्शनकारीहरूले देशका विभिन्न सहरमा तोडफोड र आगजनी गरेका छन्, जसले जनजीवन अस्तव्यस्त बनेको छ ।
गृहमन्त्री ब्रुनो रेतेयोका अनुसार प्रदर्शनकारीहरूले रेन सहरमा एउटा बसमा आगो लगाएका छन् । दक्षिणीपश्चिमी क्षेत्रमा एउटा बिजुली लाइनमा क्षति पुगेपछि ट्रेन सेवाहरू रोकिएका छन् ।
गृहमन्त्रीले प्रदर्शनकारीहरूले विद्रोहको माहोल सिर्जना गर्ने प्रयास गरिरहेको आरोप लगाएका छन् । फ्रान्स बन्दको आह्वान वामपन्थी दलहरूले गरेका हुन् । यस प्रदर्शनलाई ‘ब्लक एभ्रिथिङ’ नाम दिइएको छ । सरकारले प्रदर्शन नियन्त्रण गर्न ८० हजार प्रहरी तैनाथ गरेको छ भने हालसम्म २०० भन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरिसकेको छ ।
प्रदर्शनका चार मुख्य कारणहरू
राष्ट्रपति म्याक्रोँको नीतिहरू : जनताको एक ठुलो वर्गको बुझाइ छ कि राष्ट्रपति म्याक्रोँका नीतिहरू आम मानिसको हितविपरीत छन् र धनी वर्गलाई मात्र फाइदा पु¥याउँछन् ।
बजेटमा कटौती : सरकारले खर्च कटौती र कल्याणकारी योजनाहरूमा कटौती गरी ‘आर्थिक सुधारका कार्यक्रमहरू’ लागु गरेको छ । यसले आम जनता, विशेषगरी मध्यमवर्ग र श्रमिक वर्गमाथि आर्थिक दबाब बढाएको छ ।
२ वर्षमा ५ प्रधानमन्त्री : हालै सेबास्टियन लेकोर्नूलाई प्रधानमन्त्री बनाइएको छ, जुन दुई वर्षभन्दा कम समयमा पाँचौँ प्रधानमन्त्री हुन् । यसले जनतामा अस्थिरता र असन्तुष्टि बढाएको छ । प्रदर्शनकारीहरूले उनको नियुक्तिको सुरुवातदेखि नै सरकारमाथि दबाब बढाउन चाहेका छन् ।
‘ब्लक एभ्रिथिङ’ आन्दोलन : वामपन्थी गठबन्धन र जनताका सङ्गठनहरूले यो नाराका साथ आन्दोलन सुरु गरेका छन् ताकि देशमा सबै ठप्प पारेर म्याक्रोँ सरकारलाई झुकाउन सकियोस् ।
यी प्रदर्शनहरू यस्तो समयमा भइरहेका छन्, जब फ्रान्सका नयाँ प्रधानमन्त्री, सेबास्टियन लेकोर्नू आफ्नो कार्यभार सम्हाल्न गइरहेका छन् । एक दिनअघि फ्रान्स्वा बायरुविरुद्धको अविश्वासको प्रस्ताव पारित भएपछि बायरुले राष्ट्रपति इम्यानुएल म्याक्रोँलाई आफ्नो राजीनामा बुझाएका थिए ।
Leave a Reply