विश्वव्यापीकरणले ल्याउने अकाल
- कार्तिक १८, २०८२

न्युयोर्क, ३१ भदौ (क्युएनए) । गाजामा पछिल्लो दुई दिनयता इजरायली सैन्य कारबाही तीव्र बनेपछि संयुक्त राष्ट्रसङ्घले यसलाई कडा शब्दमा निन्दा गरेको छ । यस आक्रमणमा दर्जनौँ मानिसको मृत्यु हुनुका साथै धेरै घाइते भएको जनाइएको छ ।
संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले गाजापट्टीमा ‘चरम भोकमरी र कठिनाइ झेलिरहेका’ नागरिकहरूमा यस कारबाहीले विनाशकारी प्रभाव परेको बताउनुभयो । उहाँले आफ्नो दैनिक पत्रकार सम्मेलनमा नागरिक र मानवीय कामदारहरूको सुरक्षा सुनिश्चित गर्न तथा अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्न आह्वान गर्नुभयो ।
डुजारिकले यूएनआरडब्लुईका आयुक्त–जनरल फिलिप लाजारिनीको वक्तव्य उद्धृत गर्दै गाजा सहरमा एजेन्सीसँग सम्बन्धित १० भवन चार दिनमै बम प्रहारबाट नष्ट भएको जानकारी दिनुभयो । तीमध्ये सात वटा विद्यालय र दुई वटा स्वास्थ्य क्लिनिक रहेका थिए, जसलाई हजारौँ विस्थापित व्यक्तिहरूले आश्रयका रूपमा प्रयोग गरिरहेका थिए ।
उनका अनुसार दक्षिणतर्फ जान उपलब्ध एक मात्र मार्ग राशिद रोड अत्यधिक भीडभाडयुक्त भएको छ । विस्थापित व्यक्तिहरू त्यही बाटो प्रयोग गर्न बाध्य छन् । तर, मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घीय कार्यालय (ओसीएचए) ले दक्षिणतर्फ सर्नका लागि लागत बढेर एक हजार छ सय डलरसम्म पुगेकोले धेरै मानिस त्यो खर्च बेहोर्न नसकी गाजाको उत्तरी भागमै बस्न बाध्य भएको जनाएको छ ।
डुजारिकले सुरक्षित र दिगो मानवीय पहुँचबिना विशेषगरी बालबालिकामा भोकमरी चर्किने चेतावनी दिनुभयो । उहाँले संयुक्त राष्ट्रसङ्घका साझेदारहरूलाई उद्धृत गर्दै गाजा सहरका एकतिहाइ कुपोषण उपचार केन्द्रहरू जबरजस्ती विस्थापन आदेशका कारण बन्द भएको पनि जानकारी दिनुभयो ।
इजरायलद्वारा गाजा सहरमा सैन्य कारबाही तीव्र
इजरायलले मङ्गलबार बिहान गाजा सहरमा तीव्र हवाई आक्रमण गरेको विभिन्न सञ्चार माध्यमहरूले जनाएका छन् ।
अन्तर्राष्ट्रिय समाचारका अनुसार, इजरायली सेनाले सोमबार रातिबाट गाजा सहरलाई लक्षित गर्दै स्थलगत कारबाही सुरु गरेको जानकारी दिएका छन् । यद्यपि केही स्रोतहरूले भने आकाशमार्गबाट गरिएका आक्रमणहरू तीव्र भए पनि हालसम्म घनाबस्ती रहेको उत्तर गाजा सहरमा स्थलगत सेनाको औपचारिक प्रवेश भएको पुष्टि नभएको बताएका छन् ।
गाजास्थित केही स्थानीय बासिन्दा र प्रत्यक्षदर्शीहरूले सहरमा इजरायली ट्याङ्कहरू देखिएको जानकारी नभएको जनाएका छन् । तर, अधिकांश क्षेत्रहरूमा हवाई आक्रमण र मानवरहित विमानद्वारा गरिएका बम आक्रमणहरू निकै तीव्र रूपमा भइरहेको उनीहरूले पुष्टि गरेका छन् ।
आक्रमणपछि, इजरायली रक्षामन्त्री इजरायल काट्जले एक विज्ञप्तिमार्फत निर्लज्जतापूर्वक भने, “गाजा अहिले ठुलो सङ्कटमा छ । हाम्रो सेना आतङ्ककारी संरचनाविरुद्ध कठोर कारबाही गर्दै छ, जसको उद्देश्य बन्दीहरूको सुरक्षित मुक्तिको सुनिश्चितता र हमासको अन्त्य गर्नु हो ।”
प्यालेस्टिनी सरकारी समाचार संस्था वाफाले पनि सोमबार रातिदेखि इजरायली सेनाले गाजा सहरमाथि आक्रमणलाई तीव्र बनाएको जानकारी दिएको छ । स्थानीय स्रोतहरूको हवाला दिँदै वाफाले लगभग निरन्तर बमबारी भइरहेको उल्लेख गरेको छ ।
इजरायली सेनाको रेडियो प्रसारणअनुसार, हालसम्म करिब तीन लाखभन्दा बढी गाजा सहरका नागरिकहरू सुरक्षित स्थानतर्फ विस्थापित भइसकेका छन् । गाजा सहरमा करिब १० लाख मानिसको बसोबास रहेको मानिन्छ ।
सोमबार, अमेरिकाका परराष्ट्रमन्त्री मार्को रुबियोले इजरायल भ्रमणको क्रममा पत्रकार सम्मेलनमा कुटिल भाषामा भने “गाजाका जनताले राम्रो र शान्तिपूर्ण भविष्यको अधिकार राख्छन् । तर, त्यो सम्भव हमासको अन्त्य भएपछि मात्र हुनेछ ।” उनले इजरायललाई पूर्ण समर्थन रहने प्रतिवद्धता जनाए ।
यसअघि साउन महिनामा इजरायली सुरक्षा मन्त्रिपरिषद्ले गाजा सहर नियन्त्रणमा लिने योजना पारित गरेको थियो । इजरायली सेनाका प्रवक्ताले हाल गाजा सहरको करिब ४० प्रतिशत भू–भाग सेनाको नियन्त्रणमा रहेको र आगामी दिनमा कारबाही अझ तीव्र हुने जानकारी दिनुभएको थियो ।
Leave a Reply