कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
घ) धनी र गरिबबिचको फराकिलो अन्तर
धन वितरणको आधारमा अरू कुनै पनि पश्चिमा देशभन्दा संरा अमेरिका सबभन्दा बढी ध्रुवीकृत छ । सन् २०२१ मा संरा अमेरिकाको धनी र गरिबबिचको भेद मापन गर्ने आर्थिक औजार गिनि कोफिसेन्ट ०.४८ पुगेको छ । बितेका ५ दशकमा यो झन्डै सबभन्दा उच्च दर हो । संरा अमेरिकी चिन्तन संस्था ‘नीति अध्ययन प्रतिष्ठान’ ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् १९९० देखि २०२१ सम्ममा संरा अमेरिकी अर्बपतिहरूको कुल सम्पत्ति १९ गुणाले बढेको छ । त्यही अवधिमा संरा अमेरिकाको मध्यम धन (मेडियन वेल्थ) भने जम्मा ५.३७ प्रतिशतले मात्र बढेको छ । संरा अमेरिकाको तीतो सत्य भनेको त्यहाँ धनी झन्झन् धनी भइरहेका छन् भने गरिब अझ गरिब ।
फेड (Fed) नामको संस्थाले सन् २०२१ को अक्टोबरमा सार्वजनिक गरेको तथ्याङ्कअनुसार मध्यम आय भएका ६० प्रतिशत मध्यमवर्गले यो वर्षको जूनसम्ममा आफ्नो कुल सम्पत्तिमा राष्ट्रिय धनको २६.६ प्रतिशतले कम भएको देखे । बितेका तीन दशकमा यो सबभन्दा न्यूनतम अवस्था हो । सबभन्दा धनी एक प्रतिशत मानिसको हातमा भने कुल राष्ट्रिय धनको २७ प्रतिशत छ । त्यो एक प्रतिशत धनीहरूले सिङ्गो ‘मध्यमवर्ग’ लाई धन वितरणमा उछिनेका छन् ।
युसी बर्कलेका अर्थशास्त्री इमानुएल सैजको अध्ययनअनुसार औसत वार्षिक आम्दानीको आधारमा अमेरिकाका सबभन्दा धनी दस प्रतिशत मानिसले सबभन्दा गरिब ९० प्रतिशत मानिसको तुलनामा नौ गुणाले बढी धन कमाउँछन् । सबभन्दा धनी १ प्रतिशत मानिसले उनीहरूभन्दा गरिब ९० प्रतिशत अमेरिकीको तुलनामा झन्डै चालीस गुणा बढी कमाउँछन् । त्यस्तै, अमेरिकाका अति धनी ०.१ प्रतिशत अमेरिकीहरूले उनीहरूभन्दा गरिब ९० प्रतिशत अमेरिकीहरूको तुलनामा १९६ गुणा बढी धनार्जन गर्छन् ।
कोभिड–१९ महामारीपछि संरा अमेरिकाले जारी गरेको प्रोत्साहन नीतिले सेयर बजारलाई उकासेको छ । जसले धनी र गरिबबिचको खाडललाई अझै फराकिलो बनाएको छ । संरा अमेरिकी अर्बपतिको धन १.७६३ त्रिलियन डलर पुगेको छ । अर्थात्, संरा अमेरिकामा कोभिड फैलिए यताका १६ महिनामा उनीहरूको सम्पत्ति ५९.८ प्रतिशतले बढेको छ । सबभन्दा धनी १० प्रतिशतसँग अहिले संरा अमेरिकाका सबै सेयरको ८९ प्रतिशत छ । यो नयाँ ऐतिहासिक उत्कर्ष हो ।
संरा अमेरिकामा धनको केन्द्रीकरण त्यहाँको राजनीतिक व्यवस्था र त्यहाँको सरकारले प्रतिनिधित्व गर्ने पुँजीको हितमा अन्तरनिहित छ । ‘वाल स्ट्रिट कब्जा गर आन्दोलन’ देखि हालैको ‘वाल स्ट्रिटको रिसाएको साँढेलाई हराम्बी तोलाएर बस्छ’ सम्म भनेर अमेरिकी जनताले फराकिलो बन्दै गएको धनको विभेदलाई सराप्न कहिल्यै छोडेनन् । तर, परिवर्तन भने केही पनि भएन ।
संरा अमेरिकामा शासन चलाइरहेकाहरूले केही गर्दैनन्, आर्थिक असमानताको खाडल बढाउने काम मात्र गर्छन् । महामारीले अमेरिकी समाजको शासनलाई थप उदाङ्ग्याइदिएको छ । सबभन्दा पहिला धन, सबभन्दा पहिला धनी ।
ङ) नाममात्रको “अभिव्यक्ति स्वतन्त्रता”
संरा अमेरिकामा सञ्चारमाध्यमलाई कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासँग दाँजेर ‘राज्यको चौथो अङ्ग’ भनिन्छ । पत्रकारहरूलाई ‘श्रीपेच नभएका राजाहरू’ भनिन्छ । सञ्चारमाध्यमहरूले पनि आफूलाई राजनीतिबाट स्वतन्त्र दाबी गर्छन् । स्वतन्त्रता र सत्यको पक्ष लिने भन्छन् । तर, खासमा उनीहरू धनीमानीको सेवा र दलीय राजनीतिको सेवा गरिरहेका हुन्छन् ।
मुट्ठीभर व्यापारिक सञ्चार समूहले संरा अमेरिकी सञ्चारमाध्यमहरूमाथि नियन्त्रण जमाएको छ । उनीहरूले नै ठुलो प्रभावसहित राजनीतिक शक्तिको भूमिका खेल्ने गर्छन् ।
सन् १९९६ को दूरसञ्चार ऐनअनुसार संरा अमेरिकाको सङ्घीय सरकारले सञ्चारमाध्यमका मालिकहरूलाई निश्चित नियममा छुट दिनुपर्छ । त्यो प्रावधानको कारण संरा अमेरिकी सञ्चारमाध्यमहरूमा एकआपसमा मिल्ने (मर्जको) अभूतपूर्व उभार उठ्यो र सञ्चारमाध्यमको विविधता एवम् स्वाधीनतामा ठुलो क्षयीकरण भयो । सञ्चारमाध्यमको सङ्ख्यामा ठुलो कटौतीको कारण केही निश्चित सङ्ख्याका कम्पनीले आफ्नो एकाधिकार कायम गर्न सफल भए ।
संरा अमेरिकामा ९० प्रतिशत सञ्चारमाध्यमहरू केही व्यापारिक सञ्चार समूहहरूको नियन्त्रणमा छन् । ती सञ्चार समूहले वार्षिकरूपमा कमाउने खुद नाफा केही विकासशील देशहरूको कुल गार्हस्थ उत्पादनभन्दा बढी छ ।
यी सञ्चार समूह आफ्नो व्यापारको प्रभाव अझ फैलाउने क्रममा अमेरिकी राजनीतिभित्र पनि पसेका छन् । उनीहरू दबाब, जनसम्पर्क अभियान वा राजनीतिक चन्दामार्फत राजनीतिक प्रक्रियालाई प्रभावित बनाउन खोज्छन् । संरा अमेरिकी सञ्चार एकाधिकारहरू नागरिक तथा राजनीतिक अधिकारका ‘अदृश्य हत्यारा’ बनिसकेका छन् ।
अर्बाना–स्याम्पेनको इलिनिओस विश्वविद्यालयका प्राध्यापक र सञ्चार क्षेत्रको राजनीतिक अर्थशास्त्र अध्ययनका संरा अमेरिकी विद्वान् रोबर्ट मेचान्सले आफ्नो पुस्तक ‘रिच मिडिया, पोर डेमोक्रेसी’ (धनी सञ्चार क्षेत्र, गरिब प्रजातन्त्र) मा नाफामुखी सञ्चार कम्पनीहरूले मानिसहरूलाई मनोरञ्जनात्मक कार्यक्रममा कैद बनाएर विविध सूचनाको पहुँचबाट वञ्चित गरेको लेखेका छन् । उनले सार्वजनिक मामिलाबाट जनताको ध्यान अन्यत्र पठाउने, के ठीक र के बेठीक भन्ने कुरा निक्र्योल गर्ने क्षमतामा ¥हास ल्याउने र सामाजिक नीतिको निर्णय प्रक्रियामा जनताको आवाज दबाउने काम सञ्चारमाध्यमले गरिरहेको बताए । सञ्चारमाध्यमको कथनीको प्रभाव हाबी रहने अमेरिकी समाजमा नागरिक र राजनीतिक सक्रियताको पुरानो मान्यता क्षीण बन्दै गएको छ । राजनीतिबाट नागरिकलाई अलग राख्ने प्रक्रिया (डिपोलिटिसाइजेसन) ले राजनीतिलाई नागरिकबिनाको खेल बनाएको छ ।
मायामीको ‘न्यु हेराल्ड’ मा प्रकाशित समाचारमा सञ्चारमाध्यममा सबै धनीमानी र व्यापारिक समूहहरूले नियन्त्रण जमाएको अवस्थामा सर्वसाधारण जनताले तथ्य र राजनीतिक प्रचारबाजीबिच भेद छुट्याउन नसकेको बताइएको छ ।
संरा अमेरिका अब प्रजातन्त्रको ‘पहरेदार’ रहेन । संरा अमेरिकी सञ्चारमाध्यममा वामपन्थी र दक्षिणपन्थीबिचको राजनीतिक रस्साकसीले दुई दलबिचको भिडन्त र विभाजनलाई अझ गहिरो बनाएको छ । धनी र सर्वसाधारणबिचको दूरी अझ बढाएको छ । त्यस्ता झगडाले संरा अमेरिकामा राजनीतिक ध्रुवीकरण अझ फराकिलो बनाएको छ । वामपन्थीहरूलाई अझ बायाँ धकेलेको छ भने दक्षिणपन्थीलाई अझ दायाँ धकेलेको छ । फलतः संरा अमेरिकामा अतिवादी विचारधारा र लोकप्रियतावाद (पपुलिज्म) अझ फैलाउन टेवा पु¥याएको छ ।
कोरिया गणतन्त्रका चिन्तन संस्था सेजोङ प्रतिष्ठानले गरेको अध्ययनअनुसार संरा अमेरिकामा ८० प्रतिशतभन्दा बढी अनुदारपन्थी मतदाताहरूले मूलधारका सञ्चारमाध्यमहरू, जस्तै– न्यु योर्क टाइम्सका समाचारलाई झूटा सूचना वा पूर्वाग्रही समाचारको रूपमा हेर्ने गर्छन् । मतदाताहरू केही सीमित सञ्चारमाध्यमकै समाचारमा विश्वास गर्छन् । राष्ट्रिय तहमा भइरहेको सूचनाप्रति उनीहरू बेवास्ता गर्छन् । गहन बहस र सहमति बनाउने प्रयासलाई चर्को राजनीति एवम् नकारात्मक दलगत विभाजनले विस्थापन गरेको छ ।
अक्सफोर्ड विश्वविद्यालय र रोयटर्स प्रतिष्ठानले सार्वजनिक गरेको सन् २०२१ को डिजिटल न्युज रिपोर्टले ४६ वटा सहरमा ९२ हजार अनलाइन समाचारका उपभोक्ताबिच गरिएको सर्वेक्षणले संरा अमेरिकामा समाचारप्रतिको विश्वास सबभन्दा न्यून अर्थात् २९ प्रतिशत मात्र रहेको देखाएको छ ।
आजको सूचनाको युगमा पुराना सञ्चारमाध्यम क्रमशः ओरालो लागिरहेका छन् । सामाजिक सञ्चारमाध्यम (सोसिएल मिडिया) सर्वसाधारण जनताको लागि नयाँ लोकप्रिय माध्यम बनेका छन् । तथापि, पुराना सञ्चारमाध्यमजस्तै सामाजिक सञ्चारमाध्यम पनि ठुला पुँजी र स्वार्थ समूहको नियन्त्रणमा छन् । आफ्नो वेबसाइट हेर्ने मानिसको सङ्ख्या बढाउन सामाजिक सञ्चारमाध्यमहरू ‘सूचनाको घर’ बनाउने नारा प्रयोग गर्छन् । तर, उनीहरूले सम्प्रेषण गर्ने सूचनाको कुनै परीक्षण पनि हुँदैन र त्यसमा नियन्त्रण पनि हुँदैन । त्यसले प्रयोगकर्तालाई उनीहरूसँग पहिला नै रहेको विचारलाई अझ प्रबल बनाउन मद्दत गर्छ । पहिचानको राजनीतिलाई अझ बलियो बनाउँछ र जनमत अझ विभाजित गर्छ ।
सन् २०२१ को अक्टोबरमा फेसबुक कम्पनीका पूर्वकर्मचारी फ्रान्सिस हौजेनले फेसबुकसँग भएका दसौँ हजार धमाकेदार गोप्य दस्ताबेज सार्वजनिक गरिन् । उनले कोलम्बिया प्रसारण प्रणाली (सीबीएस) मार्फत फेसबुकले प्रयोगकर्तालाई आफूप्रति आकर्षित बनाइराख्न र नाफा कमाउन व्यापक जनताको हितलाई समेत तिलाञ्जली दिन नहिच्किचाउने वास्तविकताको पर्दा खोलिदिइन् । फेसबुक सामाजिक अतिवादीको प्रमुख दबु बन्दै आएको छ । झूटा अभिव्यक्ति एवम् गलत र भ्रामक सूचना दिन फेसबुकको व्यापक प्रयोग हुने गरेको छ । यस्ता घृणामा आधारित अभिव्यक्तिमध्ये ३–५ प्रतिशतमाथि मात्र कारबाही हुने गरेको छ । त्यस्तै, फेसबुकमार्फत हुने हिंसा वा दुरुत्साहनका दोषीमध्ये ०.६ प्रतिशतलाई मात्र कारबाही हुने गरेको छ ।
३) संरा अमेरिकी प्रजातन्त्रको “ब्रान्ड” निर्यातका ध्वंसात्मक परिणाम
संसारभरका देशहरूको भिन्न–भिन्न आर्थिक विकासको चरण र ऐतिहासिक एवम् सांस्कृतिक पृष्ठभूमिको ठुलो अन्तरलाई बेवास्ता गर्दै संरा अमेरिकाले अन्य देशमा आफ्नो राजनीतिक प्रणाली र मूल्य थोपर्न खोज्यो । ती देशहरूमा संरा अमेरिकाले उसकै शब्दमा ‘प्रजातान्त्रिक रूपान्तरण’ गर्नुका साथै ‘रङ्गीन क्रान्ति’ थोपर्न खोज्यो ।
संरा अमेरिकाले अन्य देशका आन्तरिक मामिलामा मनपरी हस्तक्षेप गर्नुका साथै ती देशका सरकार अपदस्थ गरेर ध्वंसात्मक परिणाम निम्त्यायो । अर्को शब्दमा भन्दा, संरा अमेरिकाले संसारका अन्य देशलाई पनि आफ्नै आकारमा ढाल्न खोज्नुका साथै प्रजातन्त्रको ब्रान्ड नै निर्यात गर्न चाह्यो । यस्तो प्रयास आफैमा अप्रजातान्त्रिक हो । यो प्रजातन्त्रका आधारभूत मूल्य मान्यताभन्दा विपरीत छ । अमेरिकी शैलीको प्रजातन्त्रको प्रत्यारोपणले अपेक्षित परिणाम दिन सकेन । त्यस अर्थमा त्यो ‘असफल प्रत्यारोपण’ पुष्टि भयो । जसले धेरै क्षेत्र र देशलाई अस्थिरता, द्वन्द्व र युद्धतिर धकेल्यो ।
क) “रङ्गीन क्रान्ति” ले क्षेत्र र देशमा अस्थिरता निम्त्यायो
‘प्रजातन्त्र’ को नाममा अरू देशका आन्तरिक मामिलामा हस्तक्षेप गर्ने संरा अमेरिकाको नानीदेखि लागेको बानी हो । उसले संसारका अरू देशमा आफू पक्षधर सरकार स्थापना गर्न सत्ता परिवर्तन गर्न खोजिरहन्छ ।
संरा अमेरिकाको केन्द्रीय गुप्तचर विभाग सीआईएका एकजना पूर्ववरिष्ठ अधिकारीले मानिसहरूलाई ‘हामीले उनीहरूलाई बनाउन चाहेजस्तो बनाउने’ र ‘हाम्रा निर्देशन मान्ने बनाउने’ कुरा गरेका थिए । उनले मानिसको दिमागलाई अलमलमा पारेर, उनीहरूले बोकेका मूल्यमान्यता परिवर्तन गराएर उनीहरूलाई नयाँ मूल्य मान्यताका सबै कुरा बुझ्नुअघि नै त्यसमाथि विश्वास गर्न लगाउने सम्भावनाबारे चर्चा गरेका थिए ।
संरा अमेरिकाका पूर्वविदेश सचिव माइक पम्पेओले खुलारूपमै स्वीकारेका छन्, “म सीआईएको पूर्वनिर्देशक थिएँ । त्यत्तिबेला हामी झूट बोल्थ्यौँ; झुक्याउँथ्यौँ र हामी चोरी पनि गथ्र्यौँ । हामीलाई त्यसको निम्ति तालिम दिइन्थ्यो । त्यो तालिमले अमेरिकी प्रयोगको गौरवको स्मरण गराउँथ्यो ।”
संरा अमेरिकाले ‘शान्तिपूर्ण विकासक्रम’ को रणनीति र कार्यनीतिको प्रणाली विकास गरेको छ । त्यो प्रणालीको सुरुआत कुनै पनि देशसँग ‘सांस्कृतिक सम्बन्ध’ र ‘आर्थिक सहायता’ बाट हुन्छ । अनि, त्यसपछि त्यो देशमा ‘रङ्गीन क्रान्ति’ को लागि उपयुक्त वातावरण बनाउन जनमत सिर्जना गरिन्छ । जनताको असन्तोष र सरकारविरोधी भावना पैmलाउन उसले त्यहाँको सरकारका गल्ती र कमजोरीलाई अतिरञ्जनापूर्ण ढङ्गले प्रचार गर्छ ।
त्यहीबिच उसले अमेरिकी मूल्यमान्यताको साबुनले त्यो देशका जनताको दिमाग धुन्छ । उनीहरूलाई अमेरिकी आर्थिक ढाँचा र राजनीतिक व्यवस्थाप्रति सकारात्मक बनाउँछ । अमेरिकाले आफ्ना पक्षधर गैरसरकारी संस्थालाई फैलिन दिन्छ । उसले निशाना बनाएको देशका विपक्षी दलका नेताहरूलाई सबै खालको तालिम दिन्छ । निशाना बनाएका सरकारलाई असफल बनाउन सडकबाट राजनीतिक गतिविधि गरी मुख्यतः चुनाव वा आपत्कालका अवसरलाई उसले मज्जाले छोप्छ ।
पछिल्लो इतिहास अध्ययन गर्दा संरा अमेरिकाले ‘प्रजातन्त्र प्रवद्र्धन’ को नाममा ल्याटिन अमेरिकामा नवमुनरो सिद्धान्त अघि सारेको छ । युरेसियाली क्षेत्रमा ‘रङ्गीन क्रान्ति’ उछालेको छ । पश्चिम एसिया र उत्तर अफ्रिकामा ‘अरब वसन्त’ चर्कायो । त्यस्ता कदमले धेरै देशमा अराजकता र सङ्कट निम्त्यायो । जसले विश्व शान्ति, स्थायित्व र विकासलाई ओझेलमा पा¥यो ।
ल्याटिन अमेरिका र क्यारिबियाली क्षेत्रका जनता ‘अमेरिकी शैलीको प्रजातन्त्र’ बारे भ्रममुक्त भएको लामो समय बितिसकेको छ । संरा अमेरिकी शैलीको कुनै पनि प्रजातन्त्रको ढाँचा प्रवद्र्धन गर्ने उसको प्रयास ती क्षेत्रमा पराजित र अपमानित हुने गरेको छ ।
सन् १८२३ मा संरा अमेरिकाले मुनरो सिद्धान्तको घोषणा ग¥यो । सो सिद्धान्तअन्तर्गत ‘अमेरिका अमेरिकीहरूको हुनुपर्ने’ भन्दै सिङ्गो अमेरिका एक हुनुपर्ने तर्क गरिएको छ ।
त्यसपछिका दशकहरूमा ‘प्रजातन्त्र फैलाउने’ नाममा संरा अमेरिकाले बारम्बार ल्याटिन अमेरिका र क्यारिबियाली क्षेत्रमा राजनीतिक हस्तक्षेप, सैनिक हमला र सरकारलाई अपदस्थ गर्ने काम गर्दै आएको छ ।
संरा अमेरिकाले बितेका झन्डै ६० वर्षदेखि समाजवादी देश क्युवामाथि निर्मम व्यवहार गर्नुका साथै नाकाबन्दी पनि थोपरेको छ । चिलीमा साल्भाडोर एयेन्डेको सरकारलाई संरा अमेरिकाको चाँजोपाँजोमा अपदस्थ गरियो । यी सबै प्रभुत्ववादका आक्रामक काम हुन् । ‘मेरो बाटो हिँड्ने भए हिँड, नभए अर्को बाटो हिँड्न पाउँन्नौ’ संरा अमेरिकाको तर्क यही हो ।
सन् २००३ यता पूर्वी युरोप र मध्य एसियाअन्तर्गत जर्जियामा ‘गुलाब क्रान्ति’, युक्रेनमा ‘सुन्तला क्रान्ति’ र कीर्गिस्तानमा ‘घण्टी फूल (टुलिप) क्रान्ति’ देखियो । संरा अमेरिकी विदेश विभागले ती सबै ‘सत्ता परिवर्तन’ मा आफ्नो ‘केन्द्रीय भूमिका’ खुलारूपमा स्वीकारिसकेको छ ।
सन् २०२० को अक्टोबरमा रूसी वैदेशिक गुप्तचर सेवाले मोल्दोभामा ‘रङ्गीन क्रान्ति’ को षड्यन्त्र गर्ने संरा अमेरिकी योजनाको खुलासा ग¥यो ।
सन् २०१० मा सुरु भएको ‘अरब वसन्त’ ले सिङ्गो मध्यपूर्वमा भूकम्प निम्त्यायो । संरा अमेरिकाले पर्दा पछाडि बसेर त्यहाँका राजनीतिक परिवर्तनमा प्रमुख भूमिका खेल्यो । सन् २०११ मा ‘द न्युयोर्क टाइम्स’ ले संरा अमेरिकी सरकारको पैसाले चलाएका केही सङ्गठनहरूको एउटा सानो समूहले ‘तानाशाही’ अरब देशहरूमा प्रजातन्त्र प्रवद्र्धन गरिरहेको रहस्य खोल्यो । ‘अरब वसन्त’ मा प्रत्यक्ष रूपमा संलग्न केही समूह र व्यक्तिहरूले संरा अमेरिकाका अन्तर्राष्ट्रिय रिपब्लिकन प्रतिष्ठान, राष्ट्रिय प्रजातान्त्रिक प्रतिष्ठान र स्वतन्त्रता गृहजस्ता संरा अमेरिकी सङ्गठनबाट तालिम र पैसा पाएका थिए ।
इथियोपियाका अफ्रिका तथा अन्तर्राष्ट्रिय मामिलाका विशेषज्ञ मुस्ताफा अहमेदीले अहराम अनलाइनमा ‘वचनबद्ध भूमि’ शीर्षकको एउटा लेख प्रकाशित गरेका थिए । त्यसमा उनले ओबामाको एउटा प्रसिद्ध वाक्य, ‘अहिले भनेको अहिले तत्कालै’ ले इजिप्टका आक्रोशित प्रदर्शनकारीहरूलाई मुबारकको सरकारको विरोधमा उठ्न ठुलो भूमिका खेलेको बताएका छन् । त्यो राजनीतिक परिवर्तनको इजिप्टका जनताले ठुलो मूल्य चुकाउनु परेको थियो ।
संरा अमेरिकाको काम देखेर अरबका जनताले आफूहरूको चाहनाको कुनै पर्वाह नै नगरी संरा अमेरिकाले आफ्नो देशमा ‘पुरानो चल्ती ढाँचाको प्रजातन्त्र’ थोपर्न खोजेको बुझ्न थालेका छन् । संरा अमेरिकी मूल्य मान्यताको अन्ध नक्कल गर्न बाध्य बनाइएका देशहरूमा साँचो प्रजातन्त्र, वास्तविक स्वतन्त्रता वा सही मानव अधिकारको कुनै सङ्केत पनि छैन । ती देशमा केही कुरा छोडिएका छन् भने ती अहिले विद्यमान अराजकता, गतिरोध र मानवीय सङ्कटका दृश्यमात्र हुन् ।
संरा अमेरिकाको मूल्यमान्यताको निर्यातले मिचाइमा परेका देशहरूका सहज विकास प्रक्रिया बिथोलिएको छ, आफ्नो देशको परिस्थितिलाई सुहाउने विकासको बाटो खोज्ने काम रोकिएको छ । राजनीतिक, आर्थिक र सामाजिक अस्थिरता निम्त्याएको छ र एकपछि अर्को गर्दै ती देशका जनताको सुन्दर मातृभूमि ध्वस्त भएका छन् । त्यस्ता अस्थिरताले आतङ्कवाद र अन्य दीर्घकालीन चुनौतीहरू जन्मायो । जसले क्षेत्रीय र अझ विश्वव्यापी सुरक्षालाई जोखिममा पार्नुका साथै भद्रगोल अवस्था निम्त्यायो ।
फ्रान्सको वेबसाइट ‘ला ग्रान्ड सोएर’ ले भनेजस्तै संरा अमेरिकाको लागि प्रजातन्त्र भनेको लामो समयदेखि फरक सोचाइ बोक्ने देशहरूमाथि हमला गर्ने आमविनाशकारी हतियार बन्दै आएको छ ।
संरा अमेरिकाले आफ्नो देश र अन्य देशमा प्रजातन्त्रको मूल्याङ्कन गर्न अलग अलग मापदण्ड प्रयोग गर्ने गरेको छ । उसले मनपराएकालाई हुरुक्कै भएर प्रशंसा गर्छ अनि मन नपरेकोलाई भित्तो पुग्ने गरी खेदो खन्छ । सन् २०२१ को जनवरी ६ मा क्यापिटोलमा भएको हमलापछि एक जना अमेरिकी राजनीतिक नेताले त्यो घटनालाई ९/११ को आतङ्कवादी हमलासँग तुलना गरे । उनले क्यापिटोलमाथिको हमलालाई संरा अमेरिकाको व्यवस्थापिका, संविधान र प्रजातन्त्रमाथिको ‘लज्जाजनक हमला’ को संज्ञा दिए । उही नेताले सन् २०१९ को जूनमा हङकङको व्यवस्थापिका भवनअघि भएको हिंसात्मक प्रदर्शनलाई ‘अनुकरणीय सुन्दर दृश्य’ भने र त्यो प्रदर्शनमा सहभागीहरूको ‘साहस’ को कदर गरे । यो कस्तो नकच्चरो दोहोरो मापदण्ड !
स्रोत : संरा अमेरिकाको प्रजातन्त्र
Leave a Reply