भिजिट भिसाका नाममा सरकारले नै मानव बेचबिखन गरिरहेको किन होइन ?
- श्रावण २५, २०८३
आफूलाई एमाले दाबी गर्ने भक्तपुर गुण्डुका एक व्यक्तिले गत भदौ २४ गते आफ्नो घरमा भएको आगजनीबारे भदौ ३० गते सामाजिक सञ्जालमा लेखे, “केही भनपाका नेमकिपासमेत संलग्न छन् ।” यसबारे ‘mero post’ ले पनि समाचार प्रकाशित ग¥यो ।
नेमकिपा अराजकतावादविरुद्ध सङ्घर्ष गर्दै आएको पार्टी हो । नेमकिपाले भदौ २४ गतेको वक्तव्यमा ३५ वर्षयता सरकारमा गएका नेताहरू भ्रष्टाचार, नातावाद र पक्षपातमा लागेको कारण नेकाको समर्थन प्राप्त एमालेको ओली सरकार पतन भएको स्पष्ट उल्लेख ग¥यो ।
पार्टीले भदौ २८ गते अर्काे विज्ञप्ति प्रकाशित गरी भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने र ठुला भ्रष्टाचारीहरूलाई मृत्युदण्डको सजायसमेत हुनुपर्नेमा पुनः जोड दियो । विज्ञप्तिमा नेमकिपाले साम्राज्यवाद र विस्तारवादको हस्तक्षेपविरुद्ध देशभक्त नेपाली एकजुट हुन आह्वान ग¥यो ।
काठमाडौँ उपत्यका र देशका मुख्य–मुख्य सहरमा भएको विध्वंसमा शासक दलका कार्यकर्ता स्वयम् संलग्न भएका खबरहरू, तस्बिर र भिडियो सार्वजनिक भइरहेको यथार्थलाई ढाकछोप गर्न नेमकिपाविरुद्ध हिलो छ्याप्न खोजिएको बुझ्न सकिन्छ ।
नेमकिपाले स्थापनाकालदेखि नै अराजकतावादको विरोध गर्दै असल राजनीतिक चरित्र अनुसरण गर्दै आएको यहाँ उल्लेख गर्नु सान्दर्भिक हुनेछ ।
प्रतिक्रियावादीहरूले नेमकिपाविरुद्ध झूटा आरोप लगाउने गरेको घामजतिकै छर्लङ्ग विषय हो । नेमकिपाबारे भ्रमपूर्ण समाचार प्रकाशित नगर्न सबैमा अनुरोध गरिन्छ ।
Leave a Reply