‘व्यवसायिक सुरक्षा चुनौती’ विषयक अन्तरक्रिया सम्पन्न
- आश्विन ९, २०८२
भक्तपुर, ३ असोज । कानुन अध्ययन समाज भक्तपुर जिल्ला समितिको आयोजनामा संविधान दिवसको अवसरमा शुक्रबार अन्तरसंवाद कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य, भक्तपुर नगरपालिकाका प्रमुख एवं समाजका संस्थापक अध्यक्ष सुनिल प्रजापतिले नेपालको संविधानभन्दा बाहिरबाट गठित अन्तरिम सरकार संविधानसम्मत नभएको धारणा स्पष्ट पार्नुभयो ।
उहाँले सुशीला कार्कीको सरकारले आगामी फागुन २१ गते भनिएको निर्वाचनको बारेमा आफ्नो धारणा राख्दै नेपाललाई भुटानजस्तै उपनिवेश बनाउन चाहेको हुँदा हामी सचेत हुनुपर्ने बताउनुभयो ।
उहाँले भारत र संयुक्त राज्य अमेरिकाले धेरै समय अगाडिदेखि नेपालमा हस्तक्षेप र चीनविरोधी गतिविधि गर्दै आएको बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष एवं अधिवक्ता राजु कैतीको सभापतित्वमा भएको कार्यक्रममा समाजका केन्द्रीय अध्यक्ष रामप्रसाद प्रजापतिले पनि देशको समसामयिक राजनीतिक स्थितिबारे चर्चा गर्नुभयो ।
Leave a Reply