भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा प्रवचन कार्यक्रम
- असार ३०, २०८३
भक्तपुर, २८ चैत्र । ३८ औं शिक्षक दिवस एवं नयाँ वर्ष २०७५ को अवसरमा नेपाल राहत शिक्षक संघर्ष समितिको आयोजनामा शिक्षकहरुको एक भेलाका बीच शुभकामना आदान प्रदान कार्यक्रम आज सम्पन्न भयो ।
सो अवसरमा नेपाल राहत शिक्षक संघर्ष समिति, जिल्ला समिति भक्तपुरका अध्यक्ष जगनाथ सुजखुले वि.सं २०३६ सालको शिक्षक आन्दोलनबाट सम्पूर्ण शिक्षकहरुले पाठ सिक्नुपर्ने वताउँदै शिक्षकहरुको निरन्तरको संघर्षले संगठन खोल्न पाउने र आफ्नो पेशागत हक हितको पक्षमा संघर्ष गर्ने वातावरण वनेको वताउनुभयो । शिक्षकहरुका मागहरु पूरा गर्न सरकार उदासिन रहेकोमा चिन्ता व्यक्त गर्दै वहाँले राहत शिक्षकहरुलाई सामान्य प्रक्रिया पुर्याएर स्थायी दरबन्दीमा लग्न सरकार र सम्वन्धित निकायलाई दबाब दिन शिक्षकरुको एकता र संघर्ष आवश्यक भएको पनि बताउनुभयो ।
संघर्ष समितिका सुन्दर राजचलले राज्यले सबै प्रकारका शिक्षकहरुमाथि समान अवधारणा वनाउनुपर्ने बताउँदै संघर्षशील भावना कायम हुनुपर्ने वताउदै वहाँले राहत शिक्षकहरुले आज उपभोग गर्दै गरेका उपलब्धीहरु विगतका आन्दोलनहरुकै परिणाम भएको वताउनुभयो । त्यस्तै शिक्षक मधुराम थापाले शिक्षकहरुको हितका बारेमा नयाँ ऐन नियमावलीमा उल्लेख गर्न जोड दिनुपर्ने बताउनुभयो । साथै वहाँले शिक्षकहरु फुटेर होइन जुटेर अगाडि बढ्नुपर्ने खाँचो औंल्याउनुभयो ।
सो भेलामा शिक्षकहरु इश्वरीप्रसाद लामिछाने, गौरीशंकर केसी, मिलन कोजू लगायतले शिक्षकहरुलाई राज्यले फुटाउन खोजेकोमा गुनासो गर्दै नयाँ वर्ष २०७५ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको थियो ।
Leave a Reply