अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
फेसबुकका प्रमुख कार्यकारी अधिकारी मार्क जुकरबर्गलाई संरा अमेरिकी संसदीय समितिमा लिइएको स्पष्टोक्ति सामाजिक सञ्जाल र गोपनीयताको प्रश्नको अध्ययनको लागि लामो समयसम्म सन्दर्भ सामग्री बन्नेछ । संसारभर २ अर्ब प्रयोगकर्ता रहेको फेसबुक र अन्य सामाजिक सञ्चारमाध्यम आफैमा कति शक्तिशाली छन् भन्ने कुरा पछिल्लो दशकमा विश्व राजनीतिमा आएका उथलपुथलमा त्यसको प्रभावको अध्ययनबाट प्रष्ट हुनसक्छ । सामाजिक सञ्जालले मानिसको जीवनशैली, सामाजिक जीवन र चिन्तनमा पारेको प्रभाव प्रष्ट महसुस गर्न सकिने विषय हो । अर्थात् आजको समाजमा सामाजिक मिडियालाई शक्तिको रुपमा लिनुको विकल्प छैन ।
पूँजीवादी व्यवस्थाको एउटा सकारात्मक पक्ष भनेको त्यसले मानवीय जीवनमा रहेका भावुक सम्बन्धलाई च्यातेर यर्थाथको धरातलमा झारिदिने गरेको छ । परिणामतः पूँजीवादी बन्दोबस्त धेरै वैज्ञानिक आविष्कारको लागि मलिलो माटो बन्दै गएको मानव इतिहास छ । तर पूँजीवादी बन्दोबस्तले ती सबै आविष्कारलाई मानव जीवनलाई उच्चतातिर लान भन्दा अर्थोपार्जन र नाफाआर्जनसँग जोड्ने गरेको पाइन्छ । अर्को शब्दमा पूँजीवादी बन्दोबस्तले मानवीय दिमागको उच्चतम सृजनात्मकतालाई नाफा नोक्सानको लेनदेनमा दुरुपयोग गर्ने गरेको छ । अल्बर्ट आइन्स्टाइनजस्ता प्रतिभाशाली वैज्ञानिकले आविष्कार गरेको परमाणु वमलाई पूँजीवादी बन्दोबस्तले कसरी दुरुपयोग गरेको थियो भन्ने इतिहास सर्वविदित हो ।
पैसाका लागि पूँजीपतिहरुले आफूमाथि गरिएको इमान्दार विश्वासलाई समेत किनबेच गर्ने गर्दछ । मार्क जुकरबर्ग प्रतिभाशाली व्यक्ति भएर पनि पूँजीवादी बजारमा उनको फेसबुक पनि संसार र आफ्ना प्रयोगकर्ताप्रति इमान्दार बन्न सकेन ।
सामाजिक सञ्जाल आफैमा आधुनिक विज्ञानको अनुपम उपहार र मानव दिमागको उच्चतम सृजनात्मकताको परिणाम हो । तर फेसबुकले आफ्ना प्रयोगकर्ताहरुको निजी गोपनीयतालाई बेचेर वा दुरुपयोग गर्न छुट दिएर मानिसको आधारभूत अधिकारमा आक्रमण गरेको छ । विज्ञानको विकासमा पूँजीवादको लगानी भनेको नाफा नोक्सानकै लागि भएको र अर्थोपार्जन मात्र हुने भए पूँजीवादका हिमायतीहरु कतिसम्म तल झर्न सक्छन् भन्ने सत्यको दृष्तान्त फेसबुकको पछिल्लो डाटा विक्री वा दुरुपयोग भएको छ ।
फेसबुकले अमेरिकी गुप्तचर संस्था सीआईए र एफबीआईलाई डाटा ओसार्ने गरेको कसैबाट लुकेको छैन । अझ सामाजिक सञ्जालका सूचना संरा अमेरिकामा हुन सक्ने सम्भावित विद्रोह रोक्ने हतियारको रुपमा समेत प्रयोग भएका धेरै उदाहरण छन् । हालै भारतको जवाहरलाल नेहरु विश्वविद्यालयमा भएको विद्यार्थी आन्दोलन दबाउन सामाजिक सञ्जाल ट्वीटरको दुरुपयोग भएको थियो । संसारका अरु देशहरुमा पनि यस्ता मनग्य उदाहरण छन् ।
सारमा फेसबुकले डाटा बेचेको घटनाले पूँजीवाद विश्वासमा नभई नाफा–नोक्सानमा चल्ने बन्दोबस्त भएको प्रमाणित गरेको छ । पैसाका लागि पूँजीपतिहरुले आफूमाथि गरिएको इमान्दार विश्वासलाई समेत किनबेच गर्ने गर्दछ । मार्क जुकरबर्ग प्रतिभाशाली व्यक्ति भएर पनि पूँजीवादी बजारमा उनको फेसबुक पनि संसार र आफ्ना प्रयोगकर्ताप्रति इमान्दार बन्न सकेन । उनले फेसबुक आफैलाई गुप्तचरीको लागि प्रयोग गर्ने छुट दिए । यो पूँजीवादको कुरुप अनुहारको अर्को आयाम मात्र हो ।
मजदुर दैनिकबाट
Leave a Reply