यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
(भक्तपुर नगरपालिका र जनवादी गणतन्त्र चीनको सिचाङ स्वशासित क्षेत्रअन्तर्गतको शान–नान नगरपालिकाबिच भगिनी सम्बन्ध नवीकरण सम्झौता समारोहमा शान–नान सहरका उपमेयर चाङ वेईले व्यक्त गर्नुभएको मन्तव्यको सम्पादित अंश)
शान–नान सहर र भक्तपुर नगरपालिकाबिच २० सेप्टेम्बरमा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा हामीले दुवै पक्षबिच गहिरो आदानप्रदान गर्यौँ । त्यस्तै दुई नगरबिच मैत्री सम्बन्ध नवीकरण सम्झौता पत्रमा पनि हस्ताक्षर भयो । भक्तपुर नगरपालिकाका उपमेयर रजनी जोशीले हामीबिचको मित्रताको परिचय दिँदै अझ गहिरो भविष्यको रूपरेखा प्रस्तुत गर्नुभयो ।
२०१९ मा राष्ट्रपति सी चिनफिङले नेपालको ऐतिहासिक राजकीय भ्रमण गर्नुभयो र दुवै देशबिच सम्बन्धलाई विकास र समृद्धितर्फ उन्मुख युगीन मैत्रीपूर्ण रणनीतिक साझेदारीको स्तरमा पु¥याउनुभयो । यस वर्ष अगस्टमा राष्ट्रपति सी चिनफिङले नेपाललाई पठाएको बधाई सन्देशमा भन्नुभयो, “गत ७० वर्षमा अन्तर्राष्ट्रिय वा क्षेत्रीय परिस्थितिमा जस्तोसुकै परिवर्तन आए पनि चीन–नेपाल सधैँ आपसी सम्मान, समान व्यवहार र पारस्परिक सहयोगमा अडिग रहेका छन् ।” यस वर्ष चीन–नेपाल कूटनीतिक सम्बन्धको ७० औँ वर्ष हो, साथै शान–नान र भक्तपुर नगरबिच मैत्री सम्बन्ध स्थापना भएको नवौँ वर्ष पनि हो ।
७० वर्षको इतिहासमा, दुवै देशबिचको स्थानीय सहकार्यले चीन–नेपाल पारम्परिक मित्रताको आधारलाई मात्र होइन, क्षेत्रीय सहकार्य र विश्वव्यापी शासनमा सकारात्मक योगदानलाई पनि उजागर गरेको छ । यो दुई देशका नेताहरूको सहमतिको कार्यान्वयन मात्र होइन, ‘बेल्ट एन्ड रोड’ पहललाई अगाडि बढाउने र मानव जातिको भविष्यको निम्ति साझा समुदाय निर्माण गर्ने व्यावहारिक अभ्यास पनि हो ।
शान–नान तिब्बती सभ्यताको उद्गमस्थल हो । शान–नान सहर लामो इतिहास र समृद्ध संस्कृतिले भरिपूर्ण छ । यहाँ तिब्बतको पहिलो खेतीयोग्य जमिन, पहिलो दरबार, पहिलो मन्दिर रहेको छ । यालोङ संस्कृतिले यहाँ जन्म लिएको हो । अहिले यो आधुनिक सहरको रूपमा तीव्र गतिमा विकास हुँदै छ । देशभरिको सहयोग र समर्थनका कारण शान–नानको अर्थ–सामाजिक क्षेत्रमा ठुलो प्रगति भएको छ । पठार कृषि, स्वच्छ ऊर्जा, सांस्कृतिक पर्यटन र हरित उद्योगलाई प्राथमिकता दिँदै आर्थिक संरचना निरन्तर सुदृढ भएको छ । यालोङ सांस्कृतिक पर्यटन महोत्सवलाई ब्रान्डको रूपमा विकसित गर्दै पर्यटकहरूको आकर्षण बढाइएको छ । यातायात, ऊर्जा र सञ्चार पूर्वाधारमा ठुलो सुधार भएको छ, ग्रामीण–सहरी स्वरूप बदलिएको छ, जनजीवनको स्तर बढेको छ । वातावरण संरक्षणमा हामीले हिमाल, नदी, ताल र घाँसे मैदानलाई जोगाउने अग्रसरता लिएका छौँ ।
चीन–नेपाल सधैँ दुःखसुखमा साथ दिने साथी बनेका छन् । चाहे २०१५ को भूकम्प होस् वा कोभिड महामारी, दुवै देशले एक–अर्कालाई सहयोग गरेका छन् । यसै वर्ष, राष्ट्रपति सी चिनफिङले भन्नुभएको छ, “छिमेकी हाम्रो शान्ति, सुरक्षा, समृद्धि र मित्रताको आधार हो, मानव जातिको भविष्यको निम्ति साझा समुदाय निर्माणको कुन्जी हो ।” यसै अवधारणाअनुसार, चीन–नेपाल दुवै पक्षले आपत्कालीन सहायतामा भाइचारा सम्बन्ध देखाएका छन् ।
भविष्यमा, शान–नानले राष्ट्रपति सी चिनफिङको भनाइअनुसार विकासमा एकीकरण, उच्चस्तरीय सम्पर्क, आपूर्ति श्रृङ्खला सहकार्यलाई अगाडि बढाउँदै, भक्तपुर नगरपालिकासँग अझै नजिक सहकार्य गर्नेछ । आफन्त जस्तै, दुवै नगरबिचको सम्बन्ध झन् प्रगाढ हुनेछ । विज्ञान, कृषि, वातावरण संरक्षणलगायतका क्षेत्रमा नयाँ अवसर र साझेदारी खोज्नेछौँ । हामी विश्वास गर्छौँ, दुवै पक्षले सहकार्यलाई अझ बलियो बनाएर भविष्यमा अझ उज्ज्वल परिणाम हासिल गर्नेछौँ ।
सधैँ बगिरहने हिमालको पानीले चीन–नेपाल मित्रतालाई अनन्त रूपमा पोषण गर्नेछ ।
अन्तमा, चीन–नेपाल मित्रता चिरस्थायी र अटुट रहोस् भन्ने शुभकामना व्यक्त गर्दछु । भक्तपुर नगरपालिकाको प्रतिनिधिमण्डलको भ्रमण सफल होस् भन्ने हार्दिक शुभेच्छा व्यक्त गर्दछु । भविष्यमा दुवै नगरबिच अझ फलदायी सहकार्य होस् भन्ने अपेक्षा गर्दछु ।
Leave a Reply