भर्खरै :

शासक दलहरूले पहिले नै आफ्ना युवा–विद्यार्थीहरूको समस्यालाई किन समाधान गर्न अगुवाइ गरेनन् ?

शासक दलहरूले पहिले नै आफ्ना युवा–विद्यार्थीहरूको समस्यालाई किन समाधान गर्न अगुवाइ गरेनन् ?

काठमाडौँ उपत्यका, १४ असोज, २०८२
प्रिय तृप्ति,
सम्झना !
धेरै दिनदेखि तिमी आएनौ । तर, तिम्रो याद आइरहन्छ । केही हराएजस्तो, केही बिर्सेजस्तो मलाई अनुभव भइरहेछ । अस्तिको एक महिना पुरानो तिम्रो चिट्ठीको उत्तर आज दिँदै छु ।
आज मलाई विश्वास भयो, उमेर बढेको सहयोगीको घर जाने मन सा¥है व्यग्र हुने हुँदा कलमको मसी नभएको, सुकेको र पानी हाल्नसमेत बिर्सने रहेछ† हिजोका अखबार र पत्र–पत्रिकाको ‘सुरक्षित राख्नुपर्ने’ या सँगालिनुपर्ने भागहरू (कटिङहरू) फाइलमा राख्न बिर्सने, हिजोका समाचार पत्रहरू एक ठाउँमा मिलाउनुपर्ने, छरिएका पुस्तकहरू पुनः व्यवस्थित राख्नुपर्ने आदि हेर्दा स–साना कुराहरू बिर्सने रहेछ । किन ?
पुँजीवादी विश्वविद्यालयको स्नातक भए पनि पश्चिमी देशका पाठ्यपुस्तकहरूकै खोटपूर्ण निष्कर्षले भरिएका पाठकहरूले नयाँ स्नातकले आफ्ना देश बिर्सने, आचार्य र एम.ए. उत्तीर्ण गरेपछि विदेश हानिने शैक्षिक ‘कोरोना’ को रोग लाग्ने छाँटकाँट देखियो । त्यसकारण, स–साना संस्थाहरूदेखि लिएर सिंहदरबार, नेपाल बैङ्क र सर्वाेच्च अदालतसम्मका कार्यालयहरू ‘पोइल जाने केटीहरू’ जस्तै अस्थिर मनको हुँदोरहेछ ।
सहयोगीलाई सम्झाउँदा बडा फरासिली भएर तिनले भनिन्, कार्यकर्ताले नयाँ पुस्तालाई तालिमै दिन आउँदैन । किन र कसरीको प्रश्नमा उनी भन्छिन्, “तालिम दिने शिक्षक र कार्यकर्तालाई नै भाषाको ज्ञान छैन† आफ्नो सुदूर आजु थाहा छैन । उनीहरू तत्कालीन उद्देश्यसमेत धमिलो देख्छन् । उठेर भाषण गर्न जाने पनि ‘संस्कृति’ र ‘सांस्कृतिक जीवन’ का केही शब्द र वाक्य पैँचो लिन जाने पनि तिनीहरू आफ्नै विषयवस्तुबारे ‘कुहिरोको काग’ जस्तै हुन्छन् ।
तिमी भविष्यमा के गर्ने उद्देश्य राख्छौ भन्ने प्रश्नमा तिनको उत्तर थियो, म त एक जना बैङ्क मेनेजरसँग विवाह गर्न चाहन्छु† हरेक दिन एक एक नयाँ नयाँ रेस्टुराँमा जान चाहन्छु† हरेक बिदाको दिन उपत्यकाको रमाइला ठाउँहरूमा मोटरसाइकल र कारमा सयर गर्न चाहन्छु र वर्षको एक दुईपटक नयाँ नयाँ मुलुकमा घुमफिर गर्न मनपराउँछु – हवाई सेवाका कर्मचारीहरूजस्तै । देशका ठुलाबडाहरू सबै आनन्दको जीवन बिताउने, साधारण जनताको २०–३० दोब्बर बढी तलब खाएर तातोचिसो नहुने कोठा र मोटरमा डुलेर पसिना नबगाउने हामी जनताले मात्रै किन कम तलब खाएर देशको ‘माया र सेवा’ को नाममा दुःख गर्ने ? जसले बढी काम गर्छ उसले मात्रै बढी तलब पाउनुपर्छ, कागज पत्रहरूमा हस्ताक्षर मात्र गरेर लाखौँ पैसा किन दिने ? यस्तो असमानता किन सहने ?
आश्चर्य छ, तृप्ति ¤ तिनका असन्तोषमा सत्य कुरा हुँदाहुँदै तिनले अत्यन्त बहुमत जनतालाई सँगै लाने कुरा गर्दैनन् बरु एक्लै शोषकहरूकै नक्कल गर्न खोज्छन् । यहीँनिर तिनको खोट भेटिन्छ ।
तृप्ति, एउटा कुरा तिमी पनि ध्यान देऊ – नेवार केटाकेटीहरू अहिले न नेवारी भाषामा आफ्नो मनको भावना प्रस्ट अभिव्यक्ति दिन सक्छन्, न त नेपाली भाषामा । तर, महँगा कलेजका छात्रछात्राहरू भने अङ्ग्रेजीमा मात्रै आफ्नो अभिव्यक्ति दिन सक्छन् जहाँका बहुमत जनता त्यो भाषा बुझ्दैनन् । यसबाट थाहा हुन्छ – हाम्रा विश्वविद्यालय, कलेज, शिक्षा मन्त्रालय र सरकारले कसको निम्ति र कुन देशको निम्ति हाम्रा नयाँ युवाहरू तयार गरेका हुन् ? विश्वविद्यालयका प्राध्यापकहरू हाकाहाकी विदेशमा बिक्ने शिक्षा चाहिन्छ र विदेशमा गएर काम गर भनी विद्यार्थीहरूलाई उत्साहित र प्रेरित गर्छन् । के ती प्राध्यापक र शिक्षकहरू विदेशी ‘दलाल’ होइनन् ? हाकाहाकी विश्वविद्यालयका कक्षाकोठामा छात्रछात्राहरूलाई विदेशभक्ति बन्न प्रेरित गर्ने प्राध्यापकहरूलाई किन कारबाही गर्दैनन् – भीसी (उपकुलपति) र अन्य माथिल्ला अधिकारीहरू ?
परीक्षा नै नदिलाई विद्यार्थीहरूलाई उत्तीर्ण गर्ने शिक्षाले देशको शैक्षिक बन्दोबस्तमा आगो लाग्नेछ । त्यस्ता मन्त्री र कर्मचारीहरू के शैक्षिक स्तर कमजोर भएका छात्रछात्रा तयार गरेर विदेशमा सस्तो ज्यामी पठाउने षड्यन्त्रका ‘मतियार’ होइनन् ? के तिनीहरू देश निकाला गर्नुपर्ने अपराधीहरू होइनन् ?
तृप्ति ¤ यस्ता गम्भीर विषय बुझेपछि नयाँ पुस्तालाई के असन्तोष हुँदैन ? तर, अफसोच ¤ शासक दलहरू र शासनका पदाधिकारी आफैँ विदेशभक्त भएर के देशमा नयाँ पुस्तालाई उकुसमुकुस पारेका होइनन् ?
प्रेसरकुकरमा समेत ग्याँस फाल्ने बन्दोबस्त (सेफ्टी भल्भ) नभएमा वा बिग्रेमा विस्फोट हुन्छ । त्यस्तै, देशमा भइरहेको अनियमितता र असमानताबारे जनता र नयाँ पुस्तामा भइरहेको असन्तोषबारे जरुरै गुप्तचर विभाग, प्रहरी र सेनालाई थाहा भएकै हुनुपर्छ† सरकारका अनेक अङ्गहरूमा बुद्धिजीवी र सल्लाहकारहरू छन् तर खोइ तिनीहरूले सल्लाह दिएर देश र जनतालाई जोगाएको ? यसकारण, ती सबैको नाम बाहिर ल्याउनु आवश्यक छ र तिनीहरूमाथि मुद्दा चलाउनु जरुरी छ ।
अभिव्यक्ति स्वतन्त्रता प्रजातन्त्रको एक महत्वपूर्ण अधिकार हो । नयाँ पुस्ताको आन्दोलनको गाइँगुइँ एक दिनको पक्कै होइन, त्यसको सम्भावनाको निम्ति ‘सेफ्टी भल्भ’ को उपाय वा चित्तबुझाउने काम किन भएन ? सरकारको कामै बुद्धिले काम गर्ने हो डाक्टरले रोगीलाई औषधि दिएर रोग निको पार्ने काम गरेजस्तै ! त्यस्तो काम किन भएन ? सरकारमा बस्ने नेका, एमाले र अन्य सहभागी दलका युवाहरूले सम्भावित आन्दोलनबारे किन अभिव्यक्ति दिएनन् ? शासक दलका युवा–विद्यार्थीहरूको काम के हो ? ती शासक दलहरूले पहिले नै आफ्ना युवा–विद्यार्थीहरूको समस्यालाई किन समाधान गर्न अगुवाइ गरेनन् ?
प्रिय तृप्ति, यी सबैका कारण छन् । एकपटक पुँजीपतिवर्गकै छोरो फ्रेडरिक एङ्गेल्सले आफ्नो बाबुबाट पाएको कारखानाको सम्पत्ति भाग बेचेर माक्र्सलाई मासिक रूपमा चाहिने खर्च हरेक वर्ष ब्याजले पुग्ने गरी बैङ्कमा रकम जम्मा गरे तथा आफ्नो परिवारलाई चाहिने रकम राखेर जीवनभर उनले कामदारवर्ग र समाजको मौलिक परिवर्तन गर्ने उद्देश्यले समता समाजको निम्ति सबै रकम (संसारका समाजवाद र साम्यवादको स्थापनाको उद्देश्यको निम्ति) समर्पित गरे ।
उनले त्यसको निम्ति अनेक आन्दोलन तथा सङ्घर्षको अगुवाइ गरे, धेरै साथीहरूलाई अगाडि बढाउन अनगिन्ती बैठक, पर्चा–पुस्तक प्रकाशन गरे । तर, पछि एकपटक भने, “हामीले ड्रागनको बीउ छ¥यौँ तर स–साना विषालु सर्प (पिस्युज) मात्रै भए ।” अर्थात्, हामीले अनेक आन्दोलन, सङ्घर्ष र क्रान्तिबारे काम ग¥यौँ तर ती सब परिश्रमको फल खेर गयो ।
त्यसबारे बुझेरै होला, तिमीले लेखेका पत्रहरूमा तलका प्रश्नहरू छन् । प्रिय तृप्ति, तिमीमार्फत पठाएका पत्र र प्रश्नहरू पाएँ । त्यसको उत्तर दिँदै छु – नेवारहरूको ‘कुछी भ्वय्’ पर्वको बधाईसँगै पहिले धन्यवाद दिन चाहन्छु ।

१. नेमकिपाले तयार गरेका कार्यकर्ताहरू सबै के नेमकिपामै छन् र ?
पहिले पहिले मेसिनबाट चल्ला काढ्ने इन्कुभेटर भन्ने यन्त्रजडित साधन नहुँदा कुखुरीलाई फुलहरूबाट चल्ला पार्न ओठारो राख्ने चलन थियो । त्यसबेला अण्डामा बीउ छ, छैन भन्ने हेर्ने प्रविधि थिएन । केही अण्डाबाट चल्ला निस्कन्थे, केही निस्कँदैनथे । बीउ नभएको अण्डाबाट चल्ला निस्कँदैन । यहाँ बीउको अर्थ व्यक्तिभित्रको कम्युनिस्ट बन्ने दृढ विचार हो । तिनीहरू भित्रैदेखि समाजमा आमूल परिवर्तन गर्न चाहनेहरू आज पनि हामीसँगै छन् र ज–जसको भित्री मनमा पुँजीवादी भावना अर्थात् पद र पैसाको लोभ थियो तिनीहरू भागे । जात, भाषा, क्षेत्र र भेगीय भावना भएका पुराना विचारले गाँजेकाहरूले बाटो फेरे ।

२. त्यसका कारणहरू के के हुन् ?
देश र जनताको निःस्वार्थ रूपमा सेवा गर्ने भावना भएका साथीहरू आज पनि नेमकिपामै रही सङ्घर्षरत छन् ।

३. के तिनीहरू नेमकिपाको विरोध गर्छन् ?
नेमकिपा छोडेर गएकाहरूले भेट्दा अभिवादन गर्छन्, पछुतो मानेको बताउँछन् र थोरै भने डर र लाजले हामीलाई देखेर भाग्छन्, मन्त्री भएका र ठुलो पदमा पुगेकाहरू एक्लै ‘हामी आज पनि नेमकिपा नै हौँ, दाइ’ भनेर सामान्य सदाचार देखाउँछन् ।

४. तपाईँका आफ्ना मित्रहरू अहिले कहाँ छन् ?
मेरा केही मित्रहरू आ–आफ्ना पद भएसम्म पद खोसिने डरले हामीसँग टाढा बस्थे, अब अगाडि आएर नेमकिपाकै सिद्धान्तअनुसार काम गरेँ भन्दै साखुल्य हुन्छन् । केहीले आन्दोलन र सङ्घर्षमा चन्दा दिन्थे, केहीले सहयोगीहरू पठाउँथे र केहीले साहित्य पढ्छन् र अरूलाई पनि पढाउँछन् । तर, तिनीहरू उत्साहित कार्यकर्ताजस्ता छैनन् ¤
तृप्ति, आफैले पालेको र हुर्काएका छोराछोरी त आफ्ना आमाबाबु छोडेर जान्छन् भने सङ्गठन र साथीहरू छोडेर गएकोमा के आश्चर्य ? नेपालमा आज पनि अत्यधिक जनता राजनीतिक र सैद्धान्तिकरूपले अशिक्षित छन्† गरिबी, जातजाति, भाषाभाषी र हिमाल, पहाड, तराई र अनेक विभेदबाट पीडित भएको कारण कुनै एउटै दलमा दृढतापूर्वक लाग्ने परिवेश कमजोर छ ।
प्रिय तृप्ति, आज कलम यही रोक्छु । तिमी बरोबर आउँदै गर्नू र पत्र पनि लेख्दै गर्नू ।
तिमीलाई सधैँ पर्खिरहने स्नेही दाजु

Leave a Reply

Your email address will not be published. Required fields are marked *