भर्खरै :

विदेशी घुसपैठ बुझ पचाउनेहरू

विदेशी घुसपैठ बुझ पचाउनेहरू

कम्युनिस्टको ‘क’ नसम्झनेहरू
समाजवादको ‘स’ नबुझ्नेहरू
माक्र्सवादको ठेली पढेर के गर्नु ?
नेता दाबी गरेर के गर्नु ?
प्रधानमन्त्री बनेर के गर्नु ?
वर्षौँ जेल बसेर के गर्नु ?
कैदीहरूको पीडा नबुझ्नेहरू ।

फलफूल फलेको रुख झुक्ने
यथार्थ बुझ्न नसक्नेहरू
कार्यकारीमा पुगेर के गर्नु ?
दुईतिहाइको दम्भ गरेर के गर्नु ?
जनतासामु झुक्न नजानेहरू
सिंहदरबारमा पुगेर के गर्नु ?
गाडीमा झन्डा फहराएर के गर्नु ?

देश बनाउने दाबी गरेकाहरू
खरानी बनाएर भाग्नेहरू
बहुदल र गणतन्त्रवादी भन्नेहरू
पैतीस वर्ष भाङ खाएर बस्नेहरू
सिद्धान्तहीन चुनावी मोर्चा गर्नेहरू
अनैतिक सत्ता गठबन्धन गर्नेहरू
खरानीको इतिहास रच्नेहरू ।

वाइडबडी, भुटानी शरणार्थी,
सहकारीमा भ्रष्टाचार गर्नेहरू
ललिता निवास, गिरीबन्धु, पतञ्जली,
सरकारी जग्गा मास्नेहरू
विदेशी घुसपैठ बुझ पचाउनेहरू
देश सम्हाल्न नसक्नेहरू
नयाँ पुस्तालाई दोष दिने किन ?
(२०८२ असोज १४ गते)

Leave a Reply

Your email address will not be published. Required fields are marked *