वागीश्वरी कलेज र कन्फ्युसियस इन्स्टिच्युटबिच सम्झौता
- कार्तिक २१, २०८२

भक्तपुर, २० असोज । नेपाल मजदुर किसान पार्टी भनपा – १ वडा समितिका पूर्वसदस्य एवम् अग्रज किसान कार्यकर्ता बुद्धिनारायण राजलवटको निधन भएको छ ।
देश र जनताप्रति निःस्वार्थरूपले समर्पित भएर लाग्नुपर्छ भन्ने पार्टीको सिद्धान्तबमोजिम उहाँ विभिन्न आन्दोलन तथा सङ्घर्षमा सक्रिय रूपमा लाग्नुभयो ।
किसान आन्दोलन, सुस्ता बचाउ आन्दोलन, भ्रष्टाचारविरोधी आन्दोलन, बाली काट्ने आन्दोलन, भर्पाई आन्दोलन तथा साँढे धपाउने आन्दोलनलगायतका विभिन्न आन्दोलनहरूमा उहाँ सरिक हुनुभयो ।
उहाँको जन्म वि.सं. १९९६ जेठ ४ गते एक गरिब किसान परिवारमा भएको थियो । तीन छोरीका पिता राजलवटको असोज १९ गते आइतबार ८६ वर्षको उमेरमा निधन भयो ।
किसान कार्यकर्ता बुद्धिनारायण राजलवटको योगदानलाई स्मरण गर्दै नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवालले उहाँको पार्थिक शरीरमा नेक्राकिसङ्घको झन्डा ओढाई श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।
Leave a Reply