भर्खरै :

लगातार वर्षा जनजीवन कष्टकर

लगातार वर्षा जनजीवन कष्टकर

धेरै भएपछि अन्न पनि विष हुन्छ, कपास पनि ग¥हौँ हुन्छ । लगातारको अति वर्षाले देशमा धनजनको ठुलो क्षति पु¥यायो । देशैभरि भारी वर्षा भएको कारण ठुलो क्षति भएको हो । वर्षाको कारण बाढी आयो; पहिरो गयो । राजमार्ग तथा अन्य सडक अवरुद्ध भयो । बस्ती बगाइयो । स्थानीय जनताको ज्यान गयो । जग्गा डुवानमा प¥यो । बालीनाली क्षति भयो । विद्युत् आपूर्ति बन्द भयो । सरकारले काठमाडौँबाट उपत्यका बाहिर र उपत्यका बाहिरबाट काठमाडौँ उपत्यका चल्ने यातायातको साधन बन्द ग¥यो । अन्तर्राष्ट्रिय विमानस्थल पनि बन्द गरियो । सारमा, देशको जनजीवन कष्टकर मात्र होइन दुःखदायी बन्यो । सबैजसो पत्रिका र सञ्चारमाध्यम बाढी, डुवान, पहिरो, जलमग्न, बेपत्ता, मृत्यु, सडक बन्दजस्ता खबरले भरियो ।
असोज २० गतेको विभिन्न पत्रिकाहरूमा लेखियो, ‘देशैभरि बाढी पहिरो’, ‘इलाममा ३७ जनाको मृत्यु’, ‘पानीको बहाब बढेपछि सप्तकोसी व्यारेजमा खतरा’, ‘खोलिए सबै ढोका’, ‘बीपी राजमार्ग फेरि ध्वस्त’, ‘मध्य पहाडी पनि अवरुद्ध’, ‘अविरल वर्षाले कोसीसहित तीन राजमार्ग जोखिममा’, ‘सुनसरीमा १ हजार ३ सय बढी घर डुवानमा’ ‘नवलपरासीका चार पालिका बाढीको अति उच्च जोखिममा’, ‘महोत्तरीका १०२ जनालाई सुरक्षित स्थानमा सारियो’, ‘बाढीले १ सय १२ मेगाबाट विद्युत् आयोजनामा क्षति’, ‘मधेसमा अधिकांश भाग जलमग्न’, ‘मेची राजमार्ग पूर्णरूपमा बन्द’, ‘सिर्सियाको बाढीले दर्जनौँ बस्ती डुबानमा’ ‘मोरङका सयौँ परिवार डुबानमा, ‘एक हजार तीन सय घरधुरी खानेपानीबाट वञ्चित’, ‘मेची कोरिडोरका तीन बेलिब्रिज बगायो’, ‘इलाममा मात्रै ३७ जनाको ज्यान गयो’, ‘३४ जिल्ला प्रभावित, करिब ६ हजार विस्थापित, विभिन्न राजमार्ग अवरुद्ध हुँदा थप सास्ती, उद्धार र राहत वितरणमा नेपाली, सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायत सक्रिय’, ‘मनसुनी विपद्मा कम्तीमा ४७ को मृत्यु’ । यी समाचारका शीर्षकले दुई दिनको लगातार वर्षाले धेरै धनजनको क्षति पु¥यायो भन्ने कुरा प्रस्ट हुन्छ ।
वर्षाको मौसम असार, साउन र भदौ महिना हो । तर, असोजको तेस्रो हप्तासम्म पनि दिनरात लगातार वर्षा भयो । दसैँको समयमा भएको यो वर्षा र वर्षाको क्षतिले जनतामा पीडा थप्यो† दुःखको आँसु पिएर जीवन बिताउन बाध्य भयो । यातायात बन्द गरेको कारण लासको व्यवस्था गर्न पनि समस्या भयो । जेन–जी आन्दोलनको नाउँमा भएको तोडफोड र क्षतिको सम्पूर्ण विवरण आइनसकेको र ७६ जनाको ज्यान जाँदाको आँसु सुक्न नपाउँदै वर्षाको कारण जनतामा अर्को पीडा थप्यो । कहिले अतिवृष्टि, कहिले अनावृष्टि, कहिले बाढी पहिरो, कहिले डुवान, कहिले प्राकृतिक प्रकोप, कहिले भूकम्प, कहिले कोरोना, कहिले बर्ड फ्लु त कहिले डेङ्गु आदि कारण सर्वसाधारण जनताले सन्तोषको सास फेर्न पाएनन् । त्यस्तै कहिले महँगी, पेट्रोलियम पदार्थ र रासायनिक मलको कमीले पनि जनजीवनमा असर पारेको छ ।
कमजोर भूमि प्रयोग योजना, हरियाली क्षेत्रको अभाव र योजनाबिना बनाइएका सहरहरूको विकासले पनि बढी क्षति भएको योजनाविद्हरूको भनाइ रहेको छ । उचित योजनाको अभावमा सहर या बस्तीबाट पानीको सहज निकास हुँदैन । अनियन्त्रित सहरीकरणले पानी नियन्त्रण असम्भव हुन्छ । कमजोर ढल निकास प्रणाली, फोहर व्यवस्थापन पर्याप्त नहुनाले पनि समस्या निम्तिएको छ । तराईमा डुवानको एउटा कारण नेपाल–भारत सीमामा भारतीय पक्षले अन्तर्राष्ट्रिय मान्यताविपरीत एकतर्फी रूपमा तटबन्ध तथा बाँध बनाउनु पनि हो । भारतीय पक्षले एकतर्फी बाँध तथा तटबन्ध बनाए पनि नेपाल सरकार बोल्दैन या बोल्ने आँट गर्दैन । सीमामा रहेको सीमास्तम्भ सारे पनि सरकार बोल्दैन । अतिक्रमित भूमिकै कारण नेपाल साँगुरिँदै गएको छ । आफ्नो भूमि मिचे पनि, अतिक्रमण गरे पनि, सीमा स्तम्भ सारे पनि, तराई डुवानमा परे पनि नेपाल सरकारले भारतीय सरकारलाई किन खबरदारी गर्दैन ? के सरकारले नेपालको भूमि संरक्षण गर्नु पर्दैन ? के भूमि संरक्षण गर्नु सरकारको दायित्व होइन ? सरकारको आफ्नो दायित्व किन निर्वाह गर्दैन ? यसबारे वर्तमान सरकार पनि चनाखो हुनुपर्छ । सरकार विदेशीको इसारामा चल्नु हुँदैन । यो सरकार पनि विदेशी दलाल नहोस् ।
सरकार जिम्मेवार र दूरदर्शी नहुँदा बेथिति, भ्रष्टाचार र अनियमितता बढेको पाटो छुट्टै छ । अझ सङ्कटको यस्तो घडीमा खाद्यान्न या राहत सामग्री समयमा नपुग्ने, कति बिचमै चुहावट हुने, बस्ने बन्दोबस्त नहुने, औषधि नपुग्ने, पक्षपात हुने घटनाले पीडित जनताको मन पोलेको हुन्छ । सङ्कटको यस्तो घडीमा सरकार जहिल्यै गम्भीर हुनुपर्छ† तत्काल गर्नुपर्ने काम गर्न सरकार अग्रसर हुनुपर्छ । विगतमा सरकारप्रति जनताको असन्तोष बढ्नुको कारण जनताको समस्या नबुझेरै भएको हो† जनताको पीडा सम्बोधन नभएरै हो । जनताको पीडा शासकहरूले नबुझेपछि या समस्या समाधान गर्ने प्रयास नगरेपछि अझ जनताको पीडामा मलमपट्टि लगाउनुको सट्टा नुन खोर्सानी छरेपछि या सरकार गैरजिम्मेवार भएपछि कसको मन पोल्दैन ? अनि सरकारको विरोध गरिएकोमा के आश्चर्य ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *