भर्खरै :

चे, फिडेलको संस्मरणमा – २

चे, फिडेलको संस्मरणमा – २

पाठ २
बोलिभियामा चेको मृत्युको विरोधाभासपूर्ण समाचारपछि फिडेल क्यास्ट्रोले क्युवाली टेलिभिजनमा अक्टोबर १४, १९६७ मा दिनुभएको वक्तव्य :
बोलिभियाबाट अक्टोबर ९ देखि प्राप्त भइरहेका समाचारहरू विगत केही दिनदेखि हाम्रो प्रेसमा छापिएका समाचारहरूको कारण यो सम्बोधन आवश्यक भएको छ । अर्नेस्टो चे ग्वेभाराको मृत्युसँग सम्बन्धित समाचार दुःखद सत्य भएको कुरामा हामी विश्वस्त भएका छौँ । पहिले पनि उनको मृत्युको बारेमा समाचारहरू प्रकाशित भएका थिए तर त्यस्ता जानकारीहरू प्रायः झूटो हुने कारण विश्वास गर्न लायक थिएनन् ।
अक्टोबर ९ मा उनको मृत्युको विषयमा लाएको समाचारको चरित्र तथा परिस्थितिले त्यो समाचारलाई चासोको विषय बनायो तथापि केही पनि कुरा निश्चित भएन । १० अक्टोबरमा पनि त्यस्तै समाचार आयो त्यसमा पनि धेरै विरोधाभासहरू थिए । उदाहरणको लागि तिनीहरूले उनको बायाँ हातमा दाग भएको उल्लेख गरे तर अर्नेस्टो चे ग्वेभाराको बायाँ हातमा दाग भएको कुरा कसैको स्मरणमा थिएन । उनको घाँटी र खुट्टामा दाग भएको हाम्रो स्मरणमा थियो । युद्धमा गोलीले भएको घाउको दाग, एउटा दुर्घटनाले उनको अनुहारमा एउटा दाग छोडेको थियो तर त्यस्ता विवरणहरू उल्लेख थिएनन् । केही विरोधाभासहरू उल्लेख गरियो । त्यसबाहेक बोलिभियाबाट आइरहेका समाचारहरूमा अविश्वासको वातावरण थियो । अक्टोबर १० को दिउँसोसम्म पनि हामी सबैले जानकारीको सत्यतामाथि गम्भीर शङ्का व्यक्त ग¥यौँ । अन्य केही सङ्केतहरू जस्तो फोटो प्राप्त हुन थाल्यो । अक्टोबर १० कै राती प्राप्त पहिलो फोटो प्रस्ट थिएन । हामीमध्ये धेरैजसोले सो फोटो चेको हो भन्ने कुरालाई अस्वीकार गर्ने खालको थियो । यदि यो झूटो खबर फैलाउने प्रयास वा गल्ती भएको भए फोटोको प्रवृत्ति अर्कै हुनुपर्ने हामीले अनुमान ग¥यौँ । केही समानता भएको हुँदा हामी सचेत थियौँ । त्यो फोटो चेको हुन नसक्ने सम्भावना थियो तर होइन नै भन्ने अवस्थामा हामी थिएनौँ । यो फोटो (हातमा बोकेको फोटो औँल्याउँदै) लाई टी. भी. क्यामेराले पनि प्रस्टसँग देखाउन सक्तैन र यो प्रस्ट फोटो पनि होइन । तथापि केही घण्टापछि अर्को एउटा फोटो प्राप्त भयो जसमा उनको अनुहार प्रस्ट थियो । त्यो फोटो पनि अँध्यारो थियो । हामीमध्ये धेरैले यो फोटो हेर्दा समाचार सत्य हुन सक्ने कुरा सोच्न थाल्यौँ । पहिलोपटक हामी सो समाचार सत्य हुनसक्ने कुरामा विश्वस्त भयौँ । सो फोटो यही हो ।
त्यसपछि तेस्रो फोटो प्राप्त भयो, जसमा उनको सम्पूर्ण शरीर देखिएको थियो । त्यो फोटोबाट पनि निश्चित हुनसक्ने अवस्था थिएन । त्यो फोटो अँध्यारो थियो ।
अर्को दिन धेरै फोटो प्राप्त भए र तीमध्ये एउटा फोटो धेरै प्रस्ट थियो । यो फोटो धेरै प्रस्ट छ र पत्रिकामा छाप्दा पनि प्रस्ट आउनेछ ।
यो फोटोलाई एउटा ठोस प्रमाणको रूपमा स्वीकार गर्ने मात्र विषय होइन, फोटोलाई सम्पूर्ण परिस्थितिले एउटा भागको रूपमा प्रस्तुत गर्ने विषय थियो ।
पछिका दिनहरूमा विदेशबाट पनि धेरै फोटो भएको पत्रिका आउन थाल्यो । यो पनि एउटा फोटो हो– (फोटो देखाउँदै) । यो फोटो पत्रिकाबाट लिइएको हुनाले टेलिभिजनमा राम्रोसँग देखिन गा¥हो छ, यसका साथै धेरै विवरणहरू भेटिएका छन् ।
फोटोका साथै अन्य धेरै सूचनाहरू प्राप्त हुन थाल्यो । शङ्काको लागि कुनै ठाउँ बाँकी नराखी निष्कर्षमा पुग्न हामीले तथ्यहरू सङ्कलन गर्न थाल्यौँ । सम्पूर्ण प्रमाण, फोटो (प्रत्यक्षरूपमा प्राप्त तथा विदेशी पत्रिकामा प्रकाशित) सङ्कलन गरियो र सबै समाचार ध्यानपूर्वक अध्ययन गरियो ।
केही दिनपछि हामीले कब्जा गरेको भनिएको चेको बोलिभियाली दैनिकको फोटो प्राप्त ग¥यौँ । यहाँ डायरीका केही फोटोहरू छन् । (फोटो देखाउँदै), यी दुई फोटो पहिले नै देखिएका हुन् ।
सम्पूर्ण उपलब्ध तथ्यहरू प्राप्त नगरेसम्म हामी केही निश्चित विचार राख्न चाहँदैनथ्यौँ ।
चेको परिवारको पनि प्रश्न थियो । जानकारी आएअनुसार उनका पिता र भाइ बोलिभियामा जाने तयारीमा हुनुहुन्थ्यो । उहाँहरूले नै पहिले अवलोकन गर्ने अवसर पाउनुपर्ने हाम्रो धारणा थियो । हामीले उहाँहरूको विचारलाई पर्खियौँ । यात्रा सम्पन्न भयो, धेरै घटनाबाट तपाईँहरू अवगत हुनुहुन्थ्यो । उहाँहरूलाई शरीर हेर्ने अवसर दिइएन । तथापि, हामीले अप्ठेरो परिस्थितिको सामना गर्यौँ । चेको अर्जेन्टिनी नातेदारहरूबाट उनको शव गाडेको समाचार आयो । यसले लगत्तै शव जलाइएको जस्ता समाचार आयो । यस्तो परिस्थितिमा कुनै पनि नातेदारले समाचारलाई झूटो ठान्छ । यो स्वाभाविक र तार्किक तथ्य हो । हामी सो समाचारको सत्यताप्रति विश्वस्त थियौँ । तथापि, उनका नातेदारलाई सूचित नगरी हामीले आफ्नो धारणा प्रकट गर्न चाहेनौँ । उनका पिता र अन्य नातेदारहरूको पनि सो समाचारलाई झूटो ठानिएको कुरा हामीले थाहा पायौँ ।
यदि यो व्यक्तिगत विषय भएको भए हामी यसमा त्यति जोड दिने थिएनौँ । उहाँहरूको भन्दा भिन्नै धारणा सार्वजनिकरूपमा राख्ने थिएनौँ । तर, यो प्रश्न विश्वभर ठुलो महत्वको थियो तथा यसका अतिरिक्त यो प्रश्नले जनतालाई गहिरो असर पार्यो । यसर्थ, हामीले आफ्नो धारणा राख्न आफ्नो कर्तव्य ठान्यौँ ।
हामीलाई त्यसमा अलिकति पनि शङ्का लाग्यो भने त्यसलाई व्यक्त गर्नु हाम्रो कर्तव्य हुने थियो । हाम्रो निष्कर्षमा यो समाचार सत्य भए उठाउनुपर्ने विभिन्न प्रश्नहरू बाँकी नै थियो ।
प्रथमतः एउटा प्रतिगामी र अल्पतन्त्रको सरकार, क्रूर सरकार, आफ्ना जनतामाथि दमन गर्ने, साम्राज्यवादको गुमास्ता, क्रान्तिका शत्रु सरकारबाट प्राप्त भएको जानकारीमा आधारित भएर आफ्नो धारणा व्यक्त गर्नु हाम्रो लागि दुःखद छ । तथापि, सो समाचारको सत्यतालाई मान्नुपर्ने अवस्थामा हामीले आफूलाई पायौँ । कुनै पनि क्रान्तिकारीलाई यस्तो परिस्थिति दुःखद हुन्छ जस्तो मलाई लाग्छ । सो सूचनामा शङ्का जनाउन मिल्ने केही ठाउँ छ कि भन्ने विषयमा पनि सोचियो । सो समाचारको विषयमा शङ्का रहेमा कुनै पनि किसिमको हित हुने अनुमान गरिए तापनि यस्तो सोचको महत्वले हामीलाई सत्य बोल्नबाट टाढा राख्दैन । यस्तो काम कुनै प्रकारको हित हुनेछ भन्ने हामी सौच्दैनौँ । यसलाई म एउटा धारणाको रूपमा मात्र लिन्छु ।
यस विषयलाई शङ्कामा राख्नु फाइदाजनक हुनसक्ने भए तापनि क्रान्तिले कहिल्यै झूट प्रयोग गरेको छैन, त्यो सत्यबाट डराएको छैन तथा झूटलाई आफ्नो हतियार बनाएको छैन । हामी कुनै पनि परिस्थितिमा यसो गर्न सक्दैनौँ । हाम्रो सत्यतामाथि विदेशका क्रान्तिकारीहरूले मात्र नभई हाम्रा आफ्नै जनताले पनि विश्वास गरे । तिनीहरूलाई कहिले झूटो नबोलिएकोमा तिनीहरू निश्चिन्त थिए तथा जब एउटा सत्यलाई सार्वजनिक रूपमा बोलिनुपर्ने हुन्छ, त्यसरी नै बोलिने कुरामा तिनीहरू विश्वस्त थिए ।
जनताले समाचार पढे पनि धेरैजसो क्रान्तिकारी सरकार र पार्टीले आफ्नो पार्टीले के सही र के झूट हो भनी बताउँछ भन्नेबारे पर्खिबसे । तसर्थ, परिस्थिति जे भए तापनि आफ्नो धारणा प्रकट गर्नुलाई हामीले आफ्नो कर्तव्य ठान्यौँ । अर्जेन्टिनामा रहेका कमान्डर अर्नेस्टो चे ग्वेभाराका नातेदारहरूले सार्वजनिकरूपमा व्यक्त गरेको धारणाले हामीलाई यो धारणा प्रस्तुत गर्न केही नम्र बनाएको छ । हामीलाई यो वक्तव्य दिन कति पीडादायी छ भन्ने कुरा उहाँहरूले बुझ्नुपर्ने हाम्रो आशय छ । त्यसमा शिष्टाचारको कमी छैन र त्यसको महत्वमा कुनै कमी छैन ।
हामी यो निष्कर्ष खाली शब्द र फोटोको आधारमा पुगेका होइनौँ । फोटो धोखा दिन पनि प्रयोग गर्न सकिन्छ तर ती फोटोहरू सरकारबाट प्राप्त फोटोहरू थिएनन् । ती बोलिभियामा रहेका धेरै पत्रकारहरूले लिएका थिए । उनको शव भएको ठाउँमा पनि फोटो लिइएको थियो । तसर्थ, झूटो फोटोको कुनै सम्भावना थिएन । झूटो फोटोको सिद्धान्तलाई स्वीकार गर्न सकिँदैन ।
यो शव मैनले बनाइएको हुनसक्ने पनि सम्भावना व्यक्त गरियो । त्यो सत्य हुन गा¥हो छ र त्यति सजिलो पनि थिएन । अन्य तत्वहरूको साथै यसलाई विश्लेषण गरियो र सम्भव साबित भयो । आइरहेका विभिन्न समाचार र अन्य तथ्यहरूका साथ यसको पनि विश्लेषण हुनुपर्दथ्यो ।
उदाहरणको लागि दैनिकीमा लेखिएका अक्षरहरू चेको भएको हामीले पायौँ । यो निश्चय नै चेको अक्षर हो । यदि कसैको हस्तलेखन नक्कल गर्न सम्भव भए वा सजिलो भए तापनि चे जस्तो व्यक्तिको बानीको नक्कल गर्नु असम्भव छ । उनलाई राम्रोसँग जान्ने तथा उनीसँग लामो समयसँगै बिताइसकेकाहरूले बाहेक अन्य कसैले उनको हरेक वाक्यहरू, उनको लेखनशैली, कुनै पनि कुरालाई व्यक्त गर्ने उनको शैली, हरेक घटनाप्रति उनको प्रतिक्रिया आदिको मूल्याङ्कन गर्न असम्भव छ । यसबाहेक उनको लेखन, लेखमा सामेल कुरा, शैली र प्रतिक्रियाहरूको नक्कल गर्नु असम्भव छ । यी सबै कुरा नक्कल गर्नु असम्भव नै छ ।
स्वाभाविकरूपमा एउटा दैनिकीले कुनै पनि योद्धाको मृत्यु भएको प्रमाणित गर्दैन । दैनिकी बाटोमा हराउन सक्छ, खस्न सक्छ वा सुरक्षाको लागि अन्यत्र कतै राख्न सकिन्छ । यो दैनिकी अक्टोबर ७ सम्म, जनसङ्घर्षमा उनको मृत्यु भएको ठानिएको थियो, सो दिनभन्दा एकदिन अगाडिसम्म नियमितरूपमा लेखिएको छ । सङ्घर्षभन्दा केही घण्टा अगाडिको कुरा त्यसमा लेखिएको छ । यदि दैनिकी हराएको भए तापनि सङ्घर्षकै दिनमा, अक्टोबर ८ मा हराउनु सम्भव छैन ।
ध्यान दिनुपर्ने अन्य तथ्यहरू पनि छन् । बोलिभियामा चेको उपस्थितिको विभिन्न फोटोहरू प्राप्त भइरहेको थियो र विश्वभरका विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित भएको थियो । केही पत्रिकाहरूले यो फोटो प्रकाशित गरेको छ (फोटो देखाउँदै) जसमा उनले सधैँ लाउने गरेको पहिरन र दुईवटा राइफलका साथ देखिएका छन् । यहाँ अर्को फोटो छ, जसमा उनी खच्चडमा चढेका छन् र या निश्चय नै चे हुन् । सायद सो समयमा उनी फोटो लिने व्यक्तिसँग ठट्टा गरिरहेको हुनुपर्दछ । यीमध्ये केही फोटोहरू शत्रुले खोसे । अर्को शब्दमा भन्नुपर्दा उनी बोलिभियामा रहेको कुरालाई स्वीकारिएको थियो ।
अन्य तथ्यहरूका अनुसार बोलिभियामा पछिल्लो हप्ताहरूमा छापामारहरूको खोजीमा ठुलो सङ्ख्यामा सेना परिचालन गरिएको थियो । ती सेनाहरूमा साम्राज्यवादद्वारा छापामारविरुद्ध सङ्घर्षमा प्रशिक्षित एजेन्टहरू सामेल थिए ।
चेको मृत्यु कसरी भयो भन्ने विषयमा यी केही तथ्यहरूको विश्लेषण हुनुपर्दछ ।
हाम्रो धारणामा दैनिकी र फोटोहरू विश्वसनीय छन् । यी सबैलाई झूट साबित गर्न हाम्रो लागि हरेक रूपमा, प्राविधिक रूपमा, यथार्थतामा असम्भव छ । सबै तत्वका सबै विवरण, पक्ष, दैनिकी, फोटो, समाचार, प्रचारमा आएको समाचारहरूको तरिका, विभिन्न तथ्यहरू विश्लेषण गरेपछि हामी ती प्रमाणलाई झूटो ठह¥याउन असम्भव भएको निष्कर्षमा पुग्यौँ ।
अलि गहिराइमा सोचौँ । बोलिभियाली सरकारमाझ यति धेरै विरोधाभासहरू, यति धेरै प्रतिस्पर्धी समस्याहरू छन् कि एउटा झूट बोल्नमा पनि सहमतिमा पुग्न असम्भव छ । तिनीहरू केही झूट बोल्न सक्छन् । केही समाचार वितरण गर्न सक्छन्, केही भएको जानकारी दिन सक्छन्, केही छापामारहरू मारिएको जानकारी दिन सक्छन् । तर, शव देखाइँदैन । प्रतिगामी सरकारहरू यस्तो समाचार प्रचार गर्न अभ्यस्त छन् तथा यसको कुनै ठुलो महत्व छैन । यो एउटा कुरामा ध्यान दिनुपर्दछ ।
दोस्रो, प्राविधिक दृष्टिकोणबाट तिनीहरूलाई स्रोत र अनुभव चाहिन्छ जुन त्यहाँ छैन ।
तेस्रो, सरकारले किन यस्तो झूट समाचार प्रकाशित गर्छ ? १०, १५ र २० दिनभित्र झूट साबित हुने प्रतिवेदनलाई किन सरकारले गलत रूपमा प्रस्तुत गर्छ ?
यसबाहेक तिनीहरू सावधानीपूर्वक काम गरिरहेको जस्तो देखिन्थे । १० र १२ दिन अगाडि तिनीहरूले एउटा त्यस्तै प्रतिवेदनलाई किन सरकारले गलत रूपमा प्रस्तुत गर्छ ?
१० वा १२ दिन अगाडि तिनीहरूले एउटा त्यस्तै प्रतिवेदन जारी गरेका थिए । तर, त्यो केही घण्टासम्म मात्र कायम रह्यो । केही घण्टापछि, भोलिपल्ट तिनीहरूले त्यसलाई अस्वीकार गरे । तर, यो पछिल्लो समाचार निरन्तर आइरह्यो तथा तिनीहरूले अन्य कुनै वक्तव्य जारी गरेनन् । पछिल्लो हल्ला विभिन्न स्रोत र पत्रकारहरूबाट आयो । तिनीहरू प्रमाण जुटाउने प्रयासमा थिए जसबाट बिना कुनै त्रास औपचारिक वक्तव्य जारी गर्न सकियोस् । हामीले यी सबै कुराहरूमा ध्यान दियौँ ।
यस्ता समाचारहरूको विश्लेषण गर्ने तरीकामा हामीले केही अनुभव प्राप्त गरिसकेका थियौँ । हामीले हरेक दिन धेरै खबरहरू पठायौँ तथा हरेक सरकारको सरकारी अधिकारीहरूको प्रवृत्ति र चरित्रको मूल्याङ्कन गर्नमा केही अनुभव प्राप्त गरिसकेका छौँ । ती सबै तथ्यले हामीलाई यो समाचारको मूल्याङ्कन गर्न मद्दत गर्यो । तिनीहरू सावधानीपूर्वक काम गरिरहेका थिए ।
सबभन्दा मूर्ख र सबभन्दा मूढ सरकारहरूले पनि गर्न नसक्ने कुरा बोलिभियाको जस्तो मूर्ख सरकारले यो जस्तो असंवेदनशील, बेकारको सरकारले असम्भव घटनाको सृजना गर्नेछ र त्यसलाई साबित गर्ने काम गर्न सम्भव छैन । यो पूर्णरूपले बुद्धिहीनताको काम हो ।
बोलिभियाको छापामार आन्दोलन त्यस्तो चरणमा थियो जहाँ छापामारहरूको जीवन निर्वाह, तिनीहरूको क्षमता, स्रोतमा भरपथ्र्यो । आन्दोलन सङ्कटमा पुगेको अवस्थामा आइपुगेको थिएन । जहाँ सरकारको एउटा झूटले ८, १० दिन वा एक हप्ता प्राप्त होस् । परिस्थिति यस्तो थिएन ।
छापामारहरू त्यस्तो कालखण्डमा थिए जहाँ तिनीहरू आफै शक्तिमाथि मात्र भर पर्न सक्थे । छापामार योद्धाहरू जब यस्ता खबरहरू सुन्थे, झूटो भए हाँस्थे । तसर्थ, त्यस्ता समाचारहरूको छापमारहरूमाथि कुनै असर हुँदैनथ्यो । तर, त्यसको विपरीत ती सरकारहरूको बाँकी रहेको थोरै प्रतिष्ठा र विश्वसनीयतामा असर पर्दथ्यो ।
यस्ता समाचारहरू फैलाउनु कसैको लागि पनि अतार्किक हुने कुरामा विश्वास दिलाउन म यो कुरा भनिरहेको छु । यस्ता समाचारहरूको उद्देश्य के हुनसक्छ म सोचिरहेको छु । कुनै सम्भव मनसाय भएको जस्तो मलाई लाग्दैन ।
दैनिकीमा लेखिएका कुराहरू, दैनिकीमा उल्लेखित क्षेत्र सरकारबाट नभई पत्रकारहरूबाट प्राप्त फोटोहरू विभिन्न घटनाक्रमले हामीलाई यो तीतोसत्य साँचो भएको निष्कर्षमा पुग्न मद्दत गर्छ ।
तर्कको आधारमा, आफ्नो एकदम नजिक रहेको व्यक्तिको विषयमा सुनिने कुनै पनि नराम्रो समाचारलाई अस्वीकार गर्नु स्वाभाविक प्रक्रिया हो । पहिले हामीले पनि यस्तै गरेका थियौँ । जनता, विश्वभरिका क्रान्तिकारीहरू पनि यस्तो समाचार अस्वीकार गर्ने मनस्थितिमा छन् ।
यसका अतिरिक्त सरकारको थोरै विश्वसनीयता, प्रतिष्ठाको अभावले पनि यस्ता समाचारमा शङ्का गर्ने ठाउँ रहन्छ ।
बोलिभिया सरकार कति अविश्वसनीय थियो भने त्यसका धेरै मित्रहरू, अमेरिकी साम्राज्यवाद तथा बोलिभिया सरकारजस्तै अन्य धेरै सरकारहरूले समेत त्यो समाचार पढेर आफूहरू निश्चिन्त र विश्वस्त नभएको बताए तथा सावधानी प्रवृत्ति अपनाए । समाचारको सत्यताको प्रमाणहरू पाएपछि तिनीहरूले भिन्नै प्रवृत्ति अपनाए । तर, प्रमाण नभएसम्म तिनीहरू सबैले बोलिभियाबाट आएको समाचारमा विश्वास गरेनन् ।
यस विषयमा बहस भइरहेको छ र शङ्का पनि बाँकी छ तर हामीसँग रहेको शङ्का उनको मृत्युसँग सम्बन्धित नभई उनी कसरी मरे ती परिस्थितिहरूसँग सम्बन्धित छ ।
अर्नेस्टो ग्वेभारालाई राम्ररी चिन्ने सबैसँग उनको चरित्र र व्यवहारको पर्याप्त अनुभव छ । चेजस्तो महत्वपूर्ण, प्रतिष्ठित व्यक्तित्वका छापामार सेना र सेनाबिचको भिडन्तमा मारिएको कल्पना गर्नु कठिन भए पनि यो असाधारण कुरा होइन । हामीले उनलाई जानेसम्म उनी असाधारण साहस, खतरासँग खेल्न इच्छुक तथा हरेक खतरनाक र कठिन काम गर्न चाहने व्यक्ति हुन् ।
हाम्रो सङ्घर्षको दौरानमा उनले धेरैपटक यस्तो उदाहरण देखाएका छन् । सियरा मायस्ट्रा (Sierra Maestra) र लास भिलास (Las Villas) मा पनि उनले त्यस्तै गरेका थिए ।
धेरैपटक उनलाई बचाउन हामीले विभिन्न कदमहरू चाल्नुपर्यो । धेरैपटक उनले गर्न चाहेको कामको हामीले विरोध गर्नुपर्यो । उनी एक असाधारण योद्धा भएको कुरा हामीले बुझेपछि, क्रान्तिमा रणनीतिक महत्वका काम र अभियानमा उनको ठुलो योगदान रहने कुरा बुझेपछि हामीले उनलाई थोरै रणनीतिक महत्वका सङ्घर्षहरूमा मारिने खतराबाट बचाउने प्रयास ग¥यौँ । लास भिलास प्रान्तमा आक्रमण गर्ने कठिन कामको लागि उनलाई कमान्डर बनाइँदा पनि यस्तै एउटा क्षण आएको थियो । उनलाई चिन्नेहरूले धेरै अभियानहरूमा उनले कसरी काम गरे भन्ने कुरा जानेका छन् । उनको यो व्यवहार, खतरासँग नडराउने उनको प्रवृत्तिले कुनै पनि सङ्घर्षमा उनको मृत्यु हुनसक्ने सम्भावनाप्रति हामी सधैँ चिन्तित थियौँ । सुरक्षाका न्यूनत्तम सावधानी पनि उनले अपनाउने छन् भन्ने कुरामा कोही निश्चित हुन सक्दैनथ्यो । धेरैपटक उनी गस्तीमा आइरहेको सेनाहरूको अगाडि गएका थिए ।
अर्कोतर्फ आफूले लिएको अभियानको महत्वप्रति उनी धेरै सचेत थिए । सदाझैँ मानवीय भावना तथा उदाहरणको अतुलनीय मूल्याङ्कनको विषयमा उनले सोचिरहेको हुनसक्ने कुरा सम्भव छ । यो उनको व्यक्तित्वको एक भाग थियो ।
हामी उनलाई जनताको महान् विजयको एक अग्रदूतको रूपमा भन्दा त्यस्ता विजयको एक सर्जकको रूपमा हेर्न चाहन्थ्यौँ । तर, त्यस्तो स्वभाव भएको व्यक्ति, व्यक्तित्व र चरित्र विशेष परिस्थितिहरूमा प्रतिक्रिया दिइरहने व्यक्ति यस्ता विजयहरू सर्जकभन्दा अग्रदूत हुने सम्भावना धेरै हुन्छ । तथापि विजयहरूका अग्रदूतहरू पनि विजयहरूको सबभन्दा ठुला सर्जकहरू हुन् ।
यस्तो कुराबाट चे विचलित हुनसक्थ्यो । तर, उनीप्रति गहिरो स्नेह राख्ने हामी सबैको लागि उनलाई अग्रदूतको रूपमा मात्र बुझ्नसक्नु गा¥हो छ । उनको यो उदाहरण धेरै महान् भएको कुरामा कुनै शङ्का छैन । उनको जस्तो चरित्र, विचार र इमानदारी भएको व्यक्ति शारीरिक रूपमा बिलाउनु कुनै पनि मानिसको लागि दुःखको कुरा हो ।
स्रोत : चे, फिडेल क्यास्ट्रोको संस्मरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *